बुधबार, २३ माघ २०८१

आर्थिक अभावले अस्पतालको विरामी शैयामै अस्ताइन विष्णुमाया

अस्पताल पुर्याए लगत्तै चिकित्सकले बाहिर लिन सुझाव सहीत रिफर गरिदिए । तर आफन्तले आर्थिक अभावको कारण देखाएर सकेको उपचार गर्न आग्रह गरे । स्वास्थ्य कर्मीले जोखिम मोल्न नसक्ने जानकारी दिदा पनि आफन्तले नमानेपछि उपचार जारी राखे । अन्तत उपचारका लागि भर्ना भएको तीनदिन पछि विष्णुमायाको अस्पतालको विरामी शैयामै मृत्यु भएको छ ।

सोमबार २९, पुष २०८१ ०१:३६

चिलगाडी उड्ने कोल्टीमा पुग्यो शिलान्यासको २५ वर्षपछि बस, स्थानीयले गरे बस पुग्दा बाजागाजाको स्वागत

२५ वर्षपछि बस पुगेपनि स्थानीय भने हर्षविभोर थिए । बाजागाजा सहीतको भव्य स्वागत । रंगरोगन सहीतको खुसीयाली । सिंगो बुढीनन्दा नगरपालिकाका तर्फबाटको हर्षबढाई निकै ठूलो उत्साह र खुसीयाली देखिएको थियो । विश्व खाद्य कार्यक्रम अन्र्तगत सडक निर्माणको काम थालिएको थियो । काम गरेवापत खाद्यन्न उपलब्ध गराउने र सडक निर्माण गर्ने उदेश्य अनुरुप सडकको अवधारणा गरिएको तत्कालिन जिल्ला विकास समिति सभापति लालबहादुर थापा स्मरण गर्छन् ।

सोमबार २९, पुष २०८१ ०१:४०

रास्वपाले सुदूरपश्चिममा वडा र पालिका अधिवेशनलाई तीव्रता दिने

राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष ईन्जिनियर प्रकाश विष्टको सभापतित्वमा सम्पन्न भएको बैठकमा केन्द्रिय विभाग, प्रदेश विभाग र पालिका सभापति समेत सहभागी थिए । बैठकमा पार्टी संगठन विस्तार अभियान अन्तर्गत प्रदेशका नौ वटै जिल्लाका भेला समीक्षा गर्दै जिल्ला सभापतिले प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

सोमबार २९, पुष २०८१ ०१:५६

भूमि समस्या समाधान आयोगले पूर्णता पायो, बाजुरामा जनक बहादुर रोकाया बने अध्यक्ष

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीस्तिरीय निर्णय गर्दै आयोगलाई पूर्णता दिनुभएको छ । आयोगका जिल्ला अध्यक्षमा नियुक्त भएकाहरूको सपथ ग्रहणको कार्यक्रम सोमबार दिउँसो ३ बजे सहकारी प्रशिक्षण केन्द्र नयाँबानेश्वरमा राखिएको छ । कतिपय जिल्लामा पार्टी भित्रका आन्तरिक समस्याका कारण अध्यक्षको नाम टुंगिएर पनि आएको छैन । उनहरू पनि सपथग्रहण समारोहमा सहभागी हुनेछन ।

सोमबार २९, पुष २०८१ ०२:२९

त्रिवेणीको १६ औं नगरसभाबाट ६ वटा कार्यविधि पारित

नगर सभा तथा १६ औं अधिवेशनमा पेश गरिएका ६ वटा कार्यविधि पारित भएको सूचना तथा सञ्चार प्रविधि अधिकृत नरेशराज पन्तले जानकारी दिएका छन् । उनका अनुसार त्रिवेणी नगरपालिकाको वन सम्बन्धी ऐन २०८१, आपतकालीन कार्य सञ्चालन केन्द्र विधि २०८१, कृषक समुह गठन तथा व्यवस्थापन कार्यविधि २०८१, विपद् कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि २०८१ र सामुदायिक वन संञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ नगर सभाबाट पारित भएका छन् ।

सोमबार २९, पुष २०८१ ०२:३७

उद्योगमन्त्री भण्डारी भन्छन्- कुनै नागरिकले खाद्य अभाव झेल्नु पर्दैन

‘संविधानप्रदत्त अधिकार आज आम नेपालीहरुले खाद्य अभावमा बाच्न नपरोस् । खाद्य संप्रुभुत्ता संवैधानिक अधिकार हो । त्यसलाई पूरा गर्ने परिभाषित जिम्मा सरकारले लिएको छ,’ उनले भने, ‘सरकारले खाद्यान्न ढुवानीमा केही अनुदान दिएको छ । चाडपर्वलक्षित सहुलियत मूल्यमा अनुदान दिएको छ । दुर्गम भुगोलमा पनि अनुदान दिँदै आएको छ ।’

सोमबार २९, पुष २०८१ ०७:४३

बझाङकी राधिकाको ढुङ्गा पल्टिदा गयो ज्यान, ४० दिनकी छोरी बनिन् टुहुरो

सोमबार दिउँसो करिब १ बजेको समयमा गाउँ नजिकै रहेको भगवती आधारभूत विद्यालय नजिकै घर पोत्ने माटो खन्ने ढुङ्गाले च्यापिएर घटना स्थलमै मृत्यु भएको हो । यहाँका गाउँमा सुत्केरी भएकै समयमा पनि काम गर्नु पर्ने र घरको काममा सघाउनु पर्ने बाध्यता छ ।

सोमबार २९, पुष २०८१ ०८:११

बाजुुराको दुर्गम गाउँ पाडीमा फोरजी चलेपछि गाउँमा खुसियाली

यस्तै खुसीयाली हिमाली गाउँपालिका ६ पाडीका स्थानीय पनि मनाएका छन् । गाउँमा सामान्य फोन सेवा बाहेक थिएन्, सोमबार देखि गाउँमा फोन सहीतको भरपर्दो फोरजी इन्टरनेट सेवा समेत सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । गाउँमा इन्टरनेट सेवा सञ्चालन पछि उत्सव मनाएका छन् ।

मङ्गलबार ०१, माघ २०८१ ०२:५१

ब्राजिलका विद्यालयमा स्मार्ट फोन प्रतिबन्ध, भेटिए कारबाही गरिने

उता, शिक्षा मन्त्री क्यामिलो सान्टानाले सोमबार राजधानी ब्रासिलियामा पत्रकारहरूलाई भने, ‘बच्चाहरू सानै उमेरमा अनलाइन जान्छन्, आमाबाबुलाई उनीहरूले के गरिरहेका छन् भनेर हेर्न गाह्रो बनाइरहेका थिए, अब स्कूलमा स्मार्टफोन प्रतिबन्धले अभिभावकलाई सजिलो बनाउनेछ।’

मङ्गलबार ०१, माघ २०८१ ०२:५८

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटमा सुदूरपश्चिमको विजयी सुरुवात

गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रनको योगदान दिए । यसैगरी, निरुता जीटीले ७ रन जोड्दा श्रीया शाहीले ३ र सलिना सेनले २ रन जोड्दा धन क्षेत्री र अपेक्षा बुढाथोकी समान १ रनमा अविजित रहे ।

मङ्गलबार ०१, माघ २०८१ ०३:१०

उद्योग मन्त्री भण्डारी भन्छन्– दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणको काम छिट्टै सुरु हुन्छ !

‘नेपाल र भारतका वाणिज्य सचिवस्तरीय संयन्त्र आईजीसीको बैठकमा नेपालले रुख कटानको काम सम्पन्न गरेपछि लगत्तै भारतीय पक्षले ठेक्का आह्वान गर्ने सहमती भएको छ,’ भण्डारीले भने, ‘हामीले रुख कटानको आदेश पाइसकेकाले चाडै काम सुरु हुन्छ । त्यसपछि भारतले ठेक्का लगाएर सुख्खा बन्दरगाह निर्माणको काम अघि बढाउँछ ।’

मङ्गलबार ०१, माघ २०८१ ०७:३४

मातृभूमि जागरण अभियानमा बालेनलाई समेट्ने भीम रावलको चाहना

रावल र थापा विमानस्थलमा एकसाथ ओर्लिएपनि पुरानो रावलको मावल भने देखिएको थिएन् । एमालेका सिनियर नेताहरु मध्ये प्रदेश पूर्व मन्त्री कृष्ण सुवेदीमात्रै स्वागतका लागि विमान स्थल पुगेका थिए । रावलले पत्रकारहरुको भेटमा देशभक्तहरुबीचको एकता र सहकार्य बलियो पार्नुको विकल्प नरहेको र त्यसका लागि मातृभूमि जागरण अभियान सञ्चालन गरिएको बताए ।

शुक्रबार ०४, माघ २०८१ १२:१०

कर्ण थापा भन्छन्– भीम रावलसँग संयोगले सिट एउटै परेको हो, भ्रममा नपर्नु होला !

रावल र थापा बसेको फोटो सार्वजनिक भएलगत्तै एकाएक भाइरल बने लगत्तै थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस नै लेखेका छन् । थापा गृह जिल्ला बाजुराको बुढीगंगा नगरकमिटीको नगर अधिवेशनमा भाग लिन बाजुरा आउन लागेका हुन् । संयोजकले एउटै जहाज र एउटै सिट मिलेपछि दुबै जनाको फोटो समेत खिचेका थिए ।

शुक्रबार ०४, माघ २०८१ ०१:२४

रित्तियो समाजवादी प्रेस संगठन, अध्यक्ष महासचिव सहीत टिमले एस छोड्नै माने बेश

सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका छन् ।

शुक्रबार ०४, माघ २०८१ ०२:५५

समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य धनकृष्ण विक प्रेस चौतारीमा प्रवेश

न्यू मिसन दैनिक पत्रिका सञ्चालन गर्दै आएका विक बीचमा समाजवादी प्रेस संगठनमा आवद्ध भएका छन् । पत्रकार महासंघ बाजुरा शाखा सदस्य समेत रहेका विक स्वामिकात्र्तिक खापर गाउँपालिका ५ का स्थानीय हुन् ।

शुक्रबार ०४, माघ २०८१ ०६:५८

नेकपा एमाले बाजुरालाई पालिका अधिवेशनको चटारो, बुढीगंगामा माघ ५ मा हुने

बाजुराका नौ वटा पालिका मध्ये यस अघि गौमुल, स्वामिकात्र्तिक, जगन्नथ र खप्तड छेडेदह गाउँपालिकाको अधिवेशन भइसकेको छ । भने बुढीगंगा नगरपालिकाको नगर अधिवेशन माघ ५ गते हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी भइसकेको कार्यबहाक नगर कमिटी अध्यक्ष हरिकेशे नेपालीले जानकारी दिएका छन् ।

शुक्रबार ०४, माघ २०८१ ०७:३६

गृहजिल्लामा रावलको रोदन : ओलीको एमाले बामाले भयो, ५१ वर्ष बोकेको झण्डा त्याग्नु पर्दा खुसी लागेको छैन

अछामको रामारोशन गाउँपालिकाले आयोजना गर्ने कार्यक्रममा भाग लिने गरि गृह जिल्ला पुगेका रावलले गृहपालिका साँफेबगरमा औपचारिक रुपमा पहिलो संवोधन गरेका हुन् । रावलले अछामी जनताको भाग्य र भविष्यको जिम्मेवारी बोकेर हिँडेको यात्रा रोक्ने ताकत कसैसँग नभएको जिकिर गर्दै मातृभूमि जागरण अभियानबाट साकार पार्ने धारणा राखे ।

शनिबार ०५, माघ २०८१ ०१:४०

एमाले बुढीगंगा नगर कमिटीमा थापा र त्रिवेणीमा रावल चयन

त्रिवेणी नगर कमिटीमा पनि लोग बहादुर रावल सर्वसम्मत अध्यक्ष भएका छन् । कमिटीको उपाध्यक्षमा जित बहादुर बुढा, सचिव जयबिर साउँद, उपसचिव डम्मरा देवी बुढा र प्रकाश बुढा सहीत ३१ सदस्य सर्वसम्मत चयन गरिएको छ । नेकपा एमाले यतिबेला आफ्ना नगर अधिवेशनमा केन्द्रीत बनेको छ ।

सोमबार ०७, माघ २०८१ १०:१६

त्रिवेणी नगरपालिकामा नसर्ने रोग व्यवस्थापन शिविर सञ्चालन

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख रंगबहादुर कार्कीले गाउँघर क्लिनिकसँगै भान्सा सुधार र जेष्ठ नागरिक रसायन तथा स्तनपायी आमाका लागि दुग्घवद्र्धक औषधि वितरण गरिएको बताएका छन् । उनका अनुसार गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रममा वडा भरीका एक सय ८९ जनाले सेवा लिएका छन् । त्यस्तै कार्यालय प्रमुख कार्कीले शनिवारबाट सुरु गरिएको शिविर प्रत्येक महिनाको दोस्रो र चौथो शनिवार गरी महिनाको दुई पटक सञ्चालन चिकित्सकिय आयुर्वेद उपचारात्मक सेवा प्रदान गरिने हुँदा वडा तथा नगरबासीलाई आग्रह गरेका छन् ।

आइतबार १३, माघ २०८१ ०९:४०

अमर रोकाया बने निजामती कर्मचारी संगठन बाजुराको अध्यक्ष

समितिको उपाध्यक्षमा गोकर्ण देवकोटा, प्रमिला थापा र सचिवमा रामप्रसाद पाण्डे सह सचिवमा रमेश विक कोषाध्यक्षमा भरतराज जैशी निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।

आइतबार १३, माघ २०८१ ०९:४४