आगलागीबाट पीडित भएका बुढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई मार्तडी बस्दै आएका पशुपति थापाको परिवारलाई राहत वितरण गरिएको हो । बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको नेतृत्वमा राहत वितरण गरिएको हो ।
बुधबार २३, माघ २०८१ १०:०७
पत्रकार महासंघ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुनियाँमै नभएको जनयुद्ध दिवस माओवादीको स्टन्टबाजीमात्र भएको र जनयुद्धलाई एकप्रकारको हिंसा नै भएको बताएका हुन् । बादल स्वयम माओवादी जनयुद्धका अगुवा मध्ये थिए । तत्कालीन समयमा माओवादीको तेस्रो वरीयतामा बादल थिए । बादल युद्धको आर्किटेक्ट भूमिका निर्वाह गर्ने मध्येका हुन् ।
बिहिबार २४, माघ २०८१ ०१:४५
हृदयचन्द्रसिंह स्मृति पुरस्कार प्रेस चौतारी नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार हो । नेपाली साहित्यका अग्रज साहित्यकार तथा कवि हृदयचन्द्र सिंह प्रधानको स्मृतिका स्थापित यो पुरस्कारबाट यसअघि नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले,बरिष्ठ पत्रकार शम्भु श्रेष्ठ,गोपाल बुढाथोकी,तीर्थ कोइराला,अखण्ड भण्डारीलगायत पुरस्कृत भइसकेका छन् ।
बिहिबार २४, माघ २०८१ ०१:५६
धनगढीमा भेला बारे पत्रकार सम्मेलन मार्फत नेता रावलले जानकारी गराएका हुन् । रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्ने बताएका छन् । मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माणको उद्घोष गरेका उनले भेलामा उपस्थितिको लागि अपिल गरेका छन् ।
बिहिबार २४, माघ २०८१ ०२:१४
जिल्लाका ९ पालिकामा रहेका सामुदायिक र निजी क्षेत्रका विद्यालयमा कक्षा ६ देखि १० सम्म पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षका किशोरीहरुलाई पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोप संचालन भइरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
बिहिबार २४, माघ २०८१ ०७:४८
गरिबी र अभावका कारण शैक्षिक गुणस्तर सुधार भएन भन्ने कथन गल्ती भएको भन्दै शिक्षक अभिभावकले विद्यार्थीमा कमजोरी देखाइएको छ । स्थानीय सरकारदेखि विभिन्न साझेदार संघसंस्थाहरु समेत शैक्षिक गुणस्तरमा केन्द्रीत भएको भएपनि समग्र अवस्थामा सुधार नहुनुमा दोष विद्यार्थीको रहेको पाईएको छ ।
बिहिबार २४, माघ २०८१ ०७:५४
उसो त चन्दलाई समेत उछिन्दै सुदूरपश्चिमबाटै शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । उनी २०५१, २०५७, २०६१, २०७३ र २०७७ गरी पाँच पटक प्रधानमन्त्री बने । कांग्रेस–एमाले सत्ता समिकरणको समझदारी कायम भए, फेरि अर्को पटक प्रधानमन्त्री हुने लाइनमा पनि तीनै देउवा छन् । तर सेती लोकमार्गले गति लिन सकेन ।
आइतबार २७, माघ २०८१ ११:१७
बयालपाटा अस्पताल अछामको साँफेबगर नगरपालिकामा पर्छ । वि.सं. २०३४ सालमा गाउँमा हैजा फैलिँदा उपचारका लागि अस्पताल बनाउन पहल थालिएको थियो । त्यसरी पहल थालिएको ३१ वर्षपछि बयालपाटामा अस्पताल खुल्यो । नेपाल सरकार र न्याय हेल्थ नेपालबीच सञ्चालन सहमतिपछि वि.सं. २०६५ भदौ ५ गते अस्पताल स्थापना गरिएको थियो ।
आइतबार २७, माघ २०८१ ११:३१
ती रावलले माघ ४ गते गृह जिल्ला अछाम पुगेर जागरण अभियानको सुरुवाद गरे । अछामको साँफेबगरमा औपचारिक कोण सभा मार्फत जागरण भेलामा जोडिन अपिल गरेका रावलले करिब महिनादिन अछाममै बिताए । विभिन्न कार्यक्रममा सहभागि भए । र साँफेबगर नगरपालिकामा जागरण अभियानका वडा कमिटी समेत गठन गर्न भ्याए । तीनै भीम रावलले शनिबार सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढीमा पनि मातृभूमि जागरण अभियानको जागरण भेला आयोजना गरेका छन् ।
आइतबार २७, माघ २०८१ ११:३४
किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् । आफन्तलाई जानकारी गराएपछि करणबारे जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन् ।
आइतबार २७, माघ २०८१ ११:३८
वर्षमा ८ महिना बढी भारतमै बस्छन् । भारी बोक्नु, मजदुरी गर्नु, भाँडा माझ्नु, चौकीदारी गर्नु र गाडी धुनु उनीहरूले पाउने प्रमुख काम हुन् । त्यही कामको आम्दानी परिवार पाल्ने श्रोत हो । दशैं-तिहारको विशेष खुसी किन्न उनीहरू प्रवास बस्छन् । असार र कात्तिकको खेती दशैं र नयाँ वर्षबाहेक उनीहरू गाउँ र परिवारसँग कमै भेटिन्छन् ।
आइतबार २७, माघ २०८१ ०४:४८
पत्रकार नारायणदत्त उपाध्यायका अनुसार ५ घण्टादेखि चालक सहीत तीन जना चढेको डोजर बीच कर्णाली नदीमा फसेको छ । प्रत्यक्ष स्थलमै रहेका पत्रकार उपाध्याय हाल उद्दार जारी रहेको बताए । यता बाजुरा छ । भने उता मुगु खत्याड गाउँपालिका रहेको छ । बीचमा कर्णाली नदी छ । डोजर हुम्ला लिन लागिएको थियो ।
आइतबार २७, माघ २०८१ ०५:५८
प्रहरीले घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डीएसपी कबिन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल बिक र १६ वर्षीय अर्का किशोर रहेका छन् ।
सोमबार २८, माघ २०८१ ०१:५०
कैलालीलाई नै राजनीतिको धरातल बनाउने गरि लागेकी राणाले दौडधुप पनि बाक्लै गरिरहेकी छन् । धनगढी, अत्तरिया सहीतका क्षेत्रमा कार्यक्रम भ्याएर राणा सोमबार मात्रै कैलालीको लम्की क्षेत्र पुगेकी छन् । लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्न मन्त्री राणा त्यही पुगेकी हुन् ।
सोमबार २८, माघ २०८१ ०२:०१
करिब ढेड घण्टाको पैदल दुरीमा स्वास्थ्य केन्द्र छ । सोही दिन गाउँपालिकाले अल्टासाउण्ड भिडियो सहीतको मेसिनले नियमित गर्भजाँच गर्ने संयोग मिल्यो । पालिकाबाट गएको सिअनमी रमा थापा नेतृत्वको टोलीले उनीसहीत १७ जनाको जाँच पनि गर्यो । उनले मापदण्ड अनुसार नियमित गर्भजाँच गरिरहेकी थिइन् । आइरन चक्की समेत खाँदै आएकी थिइन् ।
सोमबार २८, माघ २०८१ ०३:१४
तालिममा सहभागी विद्यार्थीहरुले जिज्ञासु स्वभावले सिकेको प्रति धन्यवाद दिदैं आगामी दिनमा परियोजना नै निर्माण गर्ने गरी पहल जारी रहेको उल्लेख गरेका छन् । नगर सरकारले भोलीको जनशक्ति कस्तो बनाउने भन्ने उद्देश्यका साथ स्वदेशी उत्पादनमा आफुहरुको ध्यान गम्भीर रुपमा गएकोमा जोड दिएका छन् ।
सोमबार २८, माघ २०८१ ०५:४४
स्वदेशी उत्पादन अभियान ः उद्यमशीको सम्मान भन्ने नाराका साथ उद्यमशीलता विकास सम्बन्धी तालिम गत माघ २३ गतेबाट सञ्चालन भएर सोमबार सकिएको हो । स्थानीय पाठ्यक्रम अनुसार रैथाने राडीपाखीको संरक्षण गर्नका लागि जिल्लाका केही स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुने गरी सुरुवात गरिएको हो ।
सोमबार २८, माघ २०८१ ०६:०१
जितका लागि ११९ रनका मध्यम स्कोर पछ्याउने क्रममा डडेल्धुरा १८ ओभरमा अलआउट हुँदै ८४ रन मात्रै बनायो । ११९ रनको लक्ष्य पछ्याउन क्रममा डडेल्धुराका गजेन्द्र बोहराले सर्वाधिक २४ रन बनाएका थिए । यस्त,ै कुशल भुर्तेलले २०, अशोक धामीले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहरो अङ्कको रन बनाउन सकेनन् ।
सोमबार २८, माघ २०८१ ०६:३४
प्रदेश सरकारमा सहभागी भएका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री बाहेककालाई दिन लागेको हो । दैनिक काम कारवाही चुस्त बनाउन र प्रविधीमैत्री काममा सांसदको भूमिका र जिम्मेवारी बढाउन महँगो ल्यापटप वितरण गर्न लागिएको प्रदेश सभाले बताएको छ । प्रदेशसभा सचिवालयले नयाँ ल्यापटप खरिदको प्रक्रिया समेत अगाडि बढाइसकेको छ ।
मङ्गलबार २९, माघ २०८१ ०३:२०
यो भन्दा अघिल्लो कार्यकालमा पनि ३ वटा वडालाई छाउगोठ मुक्त घोषणा गरिएको थियो । बडीमालिका नगरपालिका ३ रजालीलाई पहिलो वडाका रुपमा नगर प्रमुख पदम बडुवाल र उपप्रमुख कविता विष्ट हुँदा घोषणा गरिएको थियो । अमर खड्का र नन्दा थापा नेतृत्वको टीमले सिंगो पालिकालाई नै घोषणा गर्ने अभियान थालेका छन् ।
मङ्गलबार २९, माघ २०८१ ०७:१३
पौष १२ गते मार्तडीमा आयोजित सातौं जिल्ला सभाबाटै पारित गरि कार्यविधी निर्माणको काम सकिएको छ । जिल्ला भित्रका नौ वटै पालिकाले आफू अनुकुल निर्णय गर्ने गरि व्यवस्थापनका लागि कार्यविधी तयार पारिएको समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताएका छन् । नमुना कार्यविधी तयार भएर, सर्वपक्षिय र सर्वदलिय समीक्षा गरिएको छ, त्यसको अन्तिम रुप तयार पारेर कार्यान्वयनमा लैजाने रोकायाको भनाई छ ।
मङ्गलबार २९, माघ २०८१ ०७:१४
शिक्षा विकास तथा समन्वय इकाई बाजुराले सोमवार एसईईमा सहभागी हुने विद्यार्थी संख्या र परीक्षा केन्द्र सार्वजनिक गरेको छ । शिक्षा इकाई प्रमुख टिकाराम जोशीका अनुसार एसईई परीक्षामा साधारणतर्फ नियमित २ हजार २ सय १५ र ग्रेडवृद्धिका ६ सय ४२ विद्यार्थी सहभागी हुनेछन् ।
मङ्गलबार २९, माघ २०८१ ०७:१६
उपाध्यायको कवितामा प्रेम, सद्भाव र समाजमा भएका विकृतिमाथि चोटिलो प्रहार गरिएको उनको भनाइ थियो । कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक सीताराम भट्टले उपाध्यायका कवितामा कोभिडमा नागरिकले भोगेको पीडा, राज्यको अकर्मयण्यता, राजनीतिका विसंगति र प्रेमको समिश्रण रहेको बताए । विमोचित कविता सङ्ग्रह उनको चौथो कृति हो ।
मङ्गलबार २९, माघ २०८१ ०७:३२
कारवाहीमा परेपछि रावल माघ ३ गते गृह प्रदेश धनगढी पुगेका थिए । विमानस्थलबाटै उनी अछाम आए । माघ ४ गते विहान गृह जिल्लाको गृह पालिका साँफेबगरमा पहिलो कोणा सभा आयोजना गरे । त्यो पछि करिब महिनादिन रावलले अछाममै बिताए । राजनीतिक भेटघाट गरे । औपचारिक कार्यक्रममा अतिथी बने । साँफेबगर, मेल्लेख र चौरपाटीका वडाहरुमा संगठनका वटा र पालिका कमिटी पनि गठन गरे । यहि काममा रावलको व्यस्तता बढेको छ
बुधबार ३०, माघ २०८१ ०८:२६