शुक्रबार, २३ माघ २०८२

नेपाली काँग्रेसको निर्वाचन अभियानः जनतामा आशालाग्दो उत्साह

बाजुरा: प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । निर्वाचनका लागि उम्मेदवारी दर्तापछि सबै दलका नेताहरू अहिले चुनावी अभियानमा गाउँ( गाउँमा छन् । नेपाली काँग्रेस बाजुराले पनि आफ्ना उम्मेदवार जनकराज गिरीलाई बोकेर खप्तड छेडेदह गाउँपालिकाका सबै वडामा चुनावी अभियान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 

विकासवादी नेता जनक गिरीलाई लिएर मत माग्न गाउँ( गाउँ पुग्दा जनताहरूमा निकै आशालाग्दो उत्साह रहेको पाईएको छ। जनतामा प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन विकासको आशा सहितको उत्साह  रहेको देखिएकाे छ । प्रतिनिधि सभा उम्मेदवार गिरिले आफु बाजुराको विकासका लागि विगत देखि लागि परेको र आगामी दिनमा पनि युवाको चाहाना अनुसार युग सुहाउँदो विकास गर्नका लागि आफुलाई एकचोटी मौका दिन  सबैलाई आग्रह गरेका छन् । 
नेपाली काँग्रेस बाजुराले खप्तड छेडेदह गाउँपालिकाको सबैलवडामा चुनावी अभियान अन्तरगत घरदैलो कार्यक्रम सम्पन्न गरी बुढीगंगा नगरपालिकाके वडा नं १ बाट घरदैलो  भेटघाट कार्यक्रम सुरूवात गरेको छ । 
घरदैलो कार्यक्रममा प्रतिनिधि सधा उम्मेद्वार जनक गिरी, पुर्व समहामन्त्री बद्री पाण्डे, पुर्व सभापतिद्वय मान ब रावल, कबिराज पण्डित, सभापति रामिसंह रावल, पुर्व संविधान सभा सदस्य महा नेपाली,पाटी सचिव तिलक पुरी , युवा नेता चक्र शाह, योगेन्द्र रावल ,जगतज‌ग बम  लगायत नेता कार्यकर्ताको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस