शुक्रबार, ३० फागुन २०८१

‘मिसन–८४’ को लक्ष्य लिएर एमाले बाजुराद्धारा जिल्ला व्यापी ‘जरा अभियान’

अहिले वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ । यो अभियान आगामी १५ वैशाखसम्म सकिने नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । अभियान अन्र्तगत पालिका र वडा अधिवेशन गरेर नयाँ नेतृत्व स्थापित गर्ने, कमिटी बनाउँदा युवालाई कम्तीमा एक तिहाइ समेट्ने, पार्टी सदस्यता विस्तार र नवीकरण गर्ने जस्ता कामहरू अगाडि बढाइएका छन् । पार्टीसँग जनसंगठनहरूलाई समेत सहकार्य गरि कार्यजिम्मेवारी दिइएको छ ।

शनिबार ०३, फागुन २०८१ ०३:५६

बाजुराका मन नेपाली जसले द भ्वाइसमा चारैजना कोचको मन जिते

पविन्द्र यस अघि लोकस्टारको टप सेभेनमा पर्न सफल भएका थिए । सांगीतीक दुनियाँमा बाजुराले राम्रो उपस्थिति देखाइरहेको छ । पछिल्लो समय नेपालको ठूलो फ्रेन्चाइच ’रियालिटी शो’ द भ्वाइस अफ नेपालमा बाजुराका मनबहादुर नेपालीले आफ्नो प्रस्तुतीले सबैको मन जितेका छन् ।

शनिबार ०३, फागुन २०८१ ०४:२१

नागरिक उन्मुक्तिका दुख : न पार्टी मिल्यो, न परिवार नै

२०८० जेठ १४ गते गणतन्त्र दिवसको अवसर पाएर रेशमले आम माफी पाएका हुन् । आम माफीका लागि पनि रन्जिताले हरेक पटक संसदमा दबाद बढाइन्, भने सत्ता टिकाउने खेलको बार्गेनिगमा पनि लागिन् । रेशम छुटेपछि संरक्षकको रुपमा रेशमलाई र अध्यक्षको रुपमा रन्जितालाई स्वीकार्ने सहमति भयो । त्यो पनि लामो रस्साकस्सीपछि । सुरुमा केही कार्यकर्ताहरूले रेशमलाई नै कार्यकारी अध्यक्षको रुपमा देख्न चाहे । त्यहीबाट रेशम रन्जिताको शक्ति सङ्घर्ष सुरु भयो र पार्टीको तल्लो तहसम्म प्रभाव देखियो ।

शनिबार ०३, फागुन २०८१ ०९:१२

सुदूरपश्चिममा संसदीय समितिका चारै जना सभापति निर्विरोध

आधिकारिक घोषणा भने आइतबार मात्रै हुने प्रदेशसभा सचिवालयले जनाएको छ । लामो समय ज्येष्ठ सदस्यको भरमा रहेका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा एक एक जनाको उम्मेदवारी परेको हो । त्यस्तै नयाँ गठन गरिएको विशेषाधिकार समितिमा पनि एक जनाको मात्रै उम्मेदवारी दर्ता गरेका छन् ।

शनिबार ०३, फागुन २०८१ ०९:४५

मानवता नभएका छिमेकी : बैतडीकी मानाले पाइनन् मलामी

प्रकाशकी आमा माना दमाईको शव दुईदिन देखि आँगनमा छ । औपचारिकताका लागि खबर सोध्न, आमाको शव हेर्न र साक्षी बन्न छिमेकी आए । तर उनीहरु मलामी बन्न तयार भएनन् । गाउँमा दमाइ परिवार प्रकाशको मात्रै छ । आङडेगाडामा अरु झन्डै ६५–७० घरधुरी छन् । दलित पनि गैरदलित पनि गाउँमा बस्छन् । प्रकाश एक्लो दमाइ परिवार भएकै कारण छिमेकीले आमाको शव उठाउन साथ दिएनन् । मलामी हुन तयार भएनन् ।

आइतबार ०४, फागुन २०८१ ०८:४८

कर्णाली करिडोर : ५० किलोमिटर सडक कालोपत्रे गर्न चार अर्बको ठेक्का

हुम्लाको हिल्सासम्म सडक पुर्‍याउने लक्ष्य राखिएको कर्णाली करिडोर राष्ट्रिय गौरवको आयोजना हो । यो सडक तयार भएपछि नेपाल–भारत सीमा बाँकेको जमुनाहाबाट नेपाल–चीन सीमा हिल्सा जोडिनेछ ।

आइतबार ०४, फागुन २०८१ १२:१६

मलामी विनै २४ घण्टापछि उठ्यो प्रकाशकी आमाको शव, ट्याक्टरमा पुर्याइयो मसानघाट

सिगासनजिकका जिप तथा ट्याक्टर व्यवसायीहरूले समेत लास बोक्न नमानेपछि पाटनबाट ट्याक्टर बोलाएर शब उठाइएको हो । सिगास– १ का वडासदस्य धनीराम भट्ट राति १२ बजेसम्म प्रकाशकै घरमा शव कुरेर बसेको थिए । ती बाहेक कसैले पनि सहानुभूति समेत दिएनन् ।

आइतबार ०४, फागुन २०८१ ०२:१५

बाजुरामा बसको ठक्करबाट छोराको मृत्यु आमा घाइते : आफन्तले गरे साँफे–मार्तडी सडकखण्ड बन्द

बसको ठक्करबाट बुढीगंगा नगरपालिका–१ अम्कोटका अर्जुन प्रसाद पाध्यायका ८ वर्षीया छोरा नयन पाध्यायको मृत्यु भएको छ । भने मृतककी आमा ३५ वर्षीया बिस्ना पाध्याय घाइते भएकी हुन् । बस रोकेर राखेको र फेरि सञ्चालन गर्ने क्रममा ब्रेक नलागेर छेउमै रहेको आमा र छोरालाई बसले ठक्कर दिएको हो ।

आइतबार ०४, फागुन २०८१ ०२:५३

बडीमालिकाकी पूर्व नगरउपप्रमुखको सुझाव : सल्लेना, रजातोली र रतुडा केन्द्रीत अभियान गरे, छाउगोठ मुक्तनगर घोषणा गर्न सकिन्छ

बडीमालिकामा २०७२ सालदेखि नै छाउगोठमुक्त अभियान सुरु गरिएको हो । २०७४ पछि आएको पदम बडुवाल र कविता विष्ट नेतृत्वको जनप्रतिनिधीको टोलीले त्यसलाई निरन्तरता दिएर ९ मध्ये ६ वटा वडा घोषणा भइसकेका छन् । बाँकी वडा घोषणामा सकस देखिएको छ । निश्चित बस्ती र समुदायकै कारण समस्या उत्पन्न भएको देखिन्छ ।

आइतबार ०४, फागुन २०८१ ०२:५८

बाजुरा पत्रकार महासंघका संस्थापक अध्यक्ष पण्डितलाई पीतृशोक

बडीमालिका नगरपालिका–७ जिल्ली स्थायी घर भएका पण्डित विगत लामो समयदेखि दम रोगका कारणले ग्रसित थिए ।

आइतबार ०४, फागुन २०८१ ०३:०२

मंगलसेन आक्रमणको २३ वर्ष : ध्यस्त संरचना अझै अधुरा

माओवादी हातहतियार सहीत मंगलसेन र साँफेबगर पस्न थाले । जब रातको १० बज्यो । एकैपटक सबैको होस उड्ने परिस्थिति बन्यो । मस्त निन्द्रा सुतेका स्थानीय बिउझिए । कोकाहल र रुवाबासीको आवाज अनि बन्दुकको दोहोरो फाइरिङ मात्रै चल्यो । घरबाहिर निस्कीने अवस्था थिएन्, जीवन सकिएको भन्दै स्थानीय घरभित्रै रातभर त्रासपूर्ण अवस्थामा जागराम बसेका थिए ।

आइतबार ०४, फागुन २०८१ ०६:३९

बाजुराको भानुदय माविका विद्यार्थी बोकेको बस कर्णाली राजमार्गमा दुर्घटना, २ जना विद्यार्थी घाइते

प्रहरी चौकी बड्डिचौरका अनुसार घाइते हुनेमा बाजुराको बुढीगंगा नगरपालिका ६ बस्ने १८ वर्षीय हेमराज जैशी र सुनिलराज उपाध्याय रहेका छन् । उनीहरूलाइ उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।

आइतबार ०४, फागुन २०८१ ०७:१६

हिमाली पुगेर एमाले नेताहरुले भने– जिल्लाको विकास र पार्टी निर्माणमा ध्यान दिन्छौं !

नेताहरुले बाजुरा विकास र समृद्धिको अगुवाई एमालेले गरिरहेको दाबी गरेका छन् । २०५१ सालदेखि हालसम्म भएका उपलब्धी, गरिएका विकास निर्माण र अन्य समाज रुपान्तरणमा एमालेकै अगुवाई देखिएको दाबी नेताहरुको छ । उनीहरुले पार्टी संसदीय चुनावमा हार बेहोर्ने कुरा प्राविधिक विषय भएकोले विकास र समृद्धिमा अगुवाई गर्नु पर्नेमा जोड दिएका छन् ।

आइतबार ०४, फागुन २०८१ ०८:००

सडक दुर्घटनाका पीडितले बन्द फिर्ता लिएपछि साँफे मार्तडी सडक सुचारु

बस समितिका मान्छेसँग पीडक पक्ष समेत बसेर वार्ता गर्ने गरी धनगढीबाट समितिका व्यक्तिहरु हिडेपछि उनीहरु सहमति गर्न तयार भएका हुन् । 
बसको ठक्करबाट बुढीगंगा नगरपालिका-१ अम्कोट अर्जुन प्रसाद पाध्यायका ८ वर्षीया छोरा नयन पाध्यायको मत्युपछि सडक अवरुद्ध गरिएको हो ।

आइतबार ०४, फागुन २०८१ ०८:३१

सेतीका डाक्टरमाथि आक्रमण, एक जना पक्राउ

भट्टलाई रक्तचाप सम्बन्धी बिरामी भएर आइसीयूमा भर्ना भएका धनगढी उपमहानगरपालिका–१३ का रमतर रानाका कुरुवा बसेका छोराले आक्रमण गरेका हुन् । आक्रमणमा संलग्न २४ वर्षीय कृष्ण रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिएका छन् ।

सोमबार ०५, फागुन २०८१ १०:१२

एमालेमै फर्किए माओवादी नेता रामलाल कार्की

स्थानीय तह निर्वाचन पछि पार्टीसँग असन्तुष्ट देखिएका कार्कीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका थिए । पार्टी प्रवेशको २ वर्ष नबित्दै फेरि कार्की एमालेमै फर्किएका छन् ।

सोमबार ०५, फागुन २०८१ ०५:४२

कैलालीमा २ जना मृत भेटिए, घटनाबारे अनुसन्धान हुँदै

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कवीन्द्र सिंह बोहोराका अनुसार घोडाघोडी–१ को लक्ष्मीपुरको बागेश्वरी सामुदायिक वनमा डडेल्धुराको परशुराम नगरपालिका–९ का १८ वर्षीय करन कामी मृत भेटिएको जानकारी दिए ।

सोमबार ०५, फागुन २०८१ ०६:१७

कोल्टीबाट एमाले नेताको आग्रह–एमालेमा जोडिनुहोस्, भविष्य त्यसैमा छ !

नेकपा एमाले बुढीनन्दा नगरकमिटीको दोस्रो नगर अधिवेशन उद्घाटन समारोहमा नेताहरुले राजनीतिमा भविष्य खोज्ने र जनताको पक्षमा हुनेहरु सबैले रोज्ने पार्टी भनेकै एमाले मात्रै भएको दाबी गरेका छन् । विगतको गौरवलाग्दो इतिहास, वर्तमानको जनताको आकर्षण र समर्थन र भोलिको भविष्य एमालेसँग मात्रै भएको उनीहरुको भनाइ छ ।

सोमबार ०५, फागुन २०८१ ०७:०७

प्रचण्डलाई ओलीको चेतावनी– धेरै पर्दाफास गर्न नपरोस् !

दाङको घोराहीमा नेकपा (एमाले) जिल्ला कमिटीद्वारा आज सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आफ्नो नेतृत्वको सरकार केन्द्रित भएको स्पष्ट गर्दै आफूहरू कोही पनि नेपाली पछाडि नपरोस् भन्ने सोच बोकेर अघि बढेको बताए ।

सोमबार ०५, फागुन २०८१ ०७:१३

बाजुराका तुलाबहादुर थापा बने नेपाल शिक्षक महासंघको केन्द्रीय महासचिव

थापा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्य हुँदै, कोषाध्यक्ष, तत्कालिन शिक्षक युनियनको दुई कार्यकाल सचिव र राष्ट्रिय समिति पार्षद ३ पटक भएका थिए । भने संगठनको १२ औं महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष र १३ औं महाधिवेशनबाट सुदूरपश्चिम इन्चार्जको भूमिकामा छन् । थापा शिक्षकहरुका स्थापित नेता हुन् ।

सोमबार ०५, फागुन २०८१ ०८:३७

स्वास्थ्य सेवाको गुणस्तर र संरचनाले फेरिएको दुर्गमको कोल्टी अस्पताल

संघिय संरचनापछिका चारवर्ष बढी समय पनि अस्पताल चिकित्सक विहिन नै बन्यो । सामान्य चेकजाँच गराउने आउनेहरुले पनि निजि मेडिकल प्रति विश्वास गरे । अस्पताल जानेको संख्या नै घट्यो । त्यो बेला हालको आधारभुत अस्पताल कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा थियो । आएका स्वास्थ्य कर्मी माथि आक्रमण हुने र असुरक्षित ठानेर बस्नै नमान्ने गरेको आरोप समेत लाग्यो ।

बुधबार ०७, फागुन २०८१ ०३:३९

मन्त्री भण्डारी भन्छन्–अध्यादेश सहमति मै पारित हुन्छ, सरकार सस्तो लोकप्रीयतामा सीमित छैन्

सरकारको अर्ध वार्षिक समिक्षाको परिणामका आधारमा अहिले नै विषयगत मन्त्रालयका बारेमा धारणा बनाइहाल्नुपर्ने अवस्था नभएको पनि उनको भनाई थियो । फरक प्रसंगमा बोल्दै मन्त्री भण्डारीले सुदूरपश्चिमको विकासका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र अन्य नेताहरु एक ठाउँमा उभिएको बताए । मन्त्री भण्डारी विहिबार नै काठमाडौं फर्किने कार्यक्रम छ ।

बिहिबार ०८, फागुन २०८१ ०१:०२

सीपयुक्त युवा उत्पादन गर्न धनगढीमा सीप तथा रोजगार मेला

धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको प्राविधिक सहयोगमा आयोजना गरिएको मेलामा सुदूरपश्चिमका ९ जिल्लाका ३९ पालिकाका युवा सहभागी हुने आयोजकले बताएको छ । तालिको ४० दिने प्याकेज निर्माण गरिएको छ । ३० दिन सीपसिकाउने, ५ दिन अभ्यासमा सहभागि गराउने र बाँकी ५ दिन अवलोकन र परीक्षा दिने तालिका तय गरिएको छ ।

बिहिबार ०८, फागुन २०८१ ०४:४८

रीतादेवी जनएकता फाउन्डेसनको समन्वयमा विपन्न बिद्यार्थी स्टेशनरी, ब्याग र टोपी सहयोग

विगत लामो समय देखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको यो फाउन्डेसनले यो पटक पनि जिल्लाको विभिन्न बिद्यालयमा सहयोग गरेको छ । बुढिगंगा नगरपालिका वडा नम्बर चार र वडा नम्बर सातमा जयनेपाल फाउन्डेसन अन्तरगतको गोल्बल युथ नेटवर्कको आर्थिक सहयोगमा सहयोग हस्तान्तरण गरिएको थियोे भने बुढिगंगा दुई मा अष्ट्रेलिया बस्ने बुदिमाया शेर्पा को आर्थिक सहयोगमा र पशुपति उमाविमा काठमाडौ बस्नुहुने समाजसेवी मिङमा दोर्जे शेर्पाको आर्थिक सहयोग उक्त सामाग्री हस्तान्तरण गरिएको छ ।

शनिबार १०, फागुन २०८१ ०६:१९