बुधबार, २३ माघ २०८१

एमाले बुढीगंगा नगर कमिटीमा थापा र त्रिवेणीमा रावल चयन

बाजुरा : नेकपा एमाले बाजुराले बुढीगंगा र त्रिवेणी नगरक मिटी चयन गरेको छ । पालिका अधिवेशन मार्फत दुबै पालिकाले नयाँ नेतृत्व चयन गरेको हो । बुढीगंगा नगर कमिटीको दोस्रो अधिवेशनले राकेश थापा अध्यक्ष रहने गरी नगर कमिटी सर्वसम्मत चयन गरिएको छ । 

३९ सदस्यीय नगर कमिटीमा उपाध्यक्ष भक्त नेपाली, सचिव सुशिला कुमारी मिजार, उप सचिव धीरचन्द्र गिरी र सर्पजित सार्की चयन भएका छन् । सर्वसम्मत नगर कमिटी चयन गरिएको निर्वाचन समिति संयोजक हंशबुढ थापाले जानकारी दिएका छन् ।

यसैगरी त्रिवेणी नगर कमिटीमा पनि लोग बहादुर रावल सर्वसम्मत अध्यक्ष भएका छन् । कमिटीको उपाध्यक्षमा जित बहादुर बुढा, सचिव जयबिर साउँद, उपसचिव डम्मरा देवी बुढा र प्रकाश बुढा सहीत ३१ सदस्य सर्वसम्मत चयन गरिएको छ । नेकपा एमाले यतिबेला आफ्ना नगर अधिवेशनमा केन्द्रीत बनेको छ । 

Pode ser uma imagem de 14 pessoas, templo e texto

प्रतिक्रिया दिनुहोस