बाजुरा : नेपाल निजामती कर्मचारी संगठन बाजुराको अध्यक्षमा अमरबहादुर रोकाया चयन भएका छन् । संगठनको दशौं जिल्ला अधिवेनशबाट रोकायाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा गोकर्ण देवकोटा, प्रमिला थापा र सचिवमा रामप्रसाद पाण्डे सह सचिवमा रमेश विक कोषाध्यक्षमा भरतराज जैशी निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।
जिल्ला कार्य समितिसंगै प्रदेश र केन्द्रीय पार्षद पनि चयन गरिएको छ । शनिबारबाट सुरु भएको दशौं अधिवेशनको समुद्घाटन नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस