बाजुरा : भीरबाट लडेर गम्भीर घाइते भएकै अवस्थामा घटमुना अस्पताल पुर्याइएको विष्णुमाया रोकायाको २ दिन पछि मृत्यु भएको छ । टाउको र छातीमा देखिएको गम्भीर चोट र नियमित बगिरहेको रगत कमीले अवचेत नै अवस्थामा रोकायालाई स्थानीय महिलाहरुले अस्पताल पुर्याएका थिए ।
अस्पताल पुर्याए लगत्तै चिकित्सकले बाहिर लिन सुझाव सहीत रिफर गरिदिए । तर आफन्तले आर्थिक अभावको कारण देखाएर सकेको उपचार गर्न आग्रह गरे । स्वास्थ्य कर्मीले जोखिम मोल्न नसक्ने जानकारी दिदा पनि आफन्तले नमानेपछि उपचार जारी राखे । अन्तत उपचारका लागि भर्ना भएको तीनदिन पछि विष्णुमायाको अस्पतालको विरामी शैयामै मृत्यु भएको छ ।
गौमुल गाउँपालिका ५ कोटकी १६ वर्षीया विष्णुमाया दाउरा लिन जंगल गएकी थिइन् । विद्यालय जानु पूर्व विहानै जंगल गएर दाउरा लिन गएकी रोकाया भीरबाट लडिन र गम्भीर घाइते भइन् । सँगै जंगल गएका आफन्तहरुले थाह पाए र उनीहरुले नै घटमुना अस्पताल ल्याए । टाउकोमा चोट लागेकी रोकाया अस्पताल पुग्नसम्म गम्भीर अवस्थामा पुगिसकेकी थिइन् ।
उपचारमा संलग्न डाक्टर कुश नेपालीका अनुसार सिटी स्केन पछि उपचार गर्न सहज हुने र विरामीको ज्यान जोखिने सुझाव दिएका थिए । सुरुमा आर्थिक अभावकै समस्या आफन्तले देखाए । स्थानीय र जनप्रतिनिधी सहीत केही कर्मचारीले लगत्तै १ लाख सम्म आर्थिक जोहो समेत गरिसकेका थिए । तर पछि विरामीसँगै जाने मान्छे समेत भेटिएनन् । बुबा भारतमा छन् । आमाले जान आँट गरिनन् । आफन्त कोही तयार भएनन् ।
घटमुना अस्पतालबाट माार्तडी पुर्याउन समेत नसकी विष्णुमायाले विरामी शैयामै उपचारकै क्रममा ज्यान गुमाइन् । गम्भीर चोट थियो । बाजुरामा उपचार संभव नै थिएन् । शनिबार नै अस्पतालबाट थप उपचारका लागि धनगढी रिफर गरिएको थियो । तर आफन्तले लिएनन् । हामीले सकेको गर्यौ, तर बचाउन सकिएन् डाक्टर कुश नेपालीले बताए ।
आकस्मीक हेलिकप्टर सेवाका लागि पनि पहल ढिला भयो । त्यत्रो पैसा तिर्न परिवारको आँट पनि भएन् । स्थानीय तह र वडा पालिकाका तर्फबाटपनि समयमै पहल नभएको गुनासो परिवारको छ । पैसा नभए ज्यान जोगाउन उपचार समेत नपाउने अवस्था नेपालीहरुका लागि दुखत विषय बनेको छ । दुर्गम गाउँमा यस्ता घटनाहरु वर्षेनी भइरहने गरेको अवस्था छ ।
प्रतिक्रिया दिनुहोस