बाजुरा : अखिल नेपाल महिला संघ बाजुराले पालिका अधिवेशन गरिरहेको छ । फागुन भित्रै जिल्ला अधिवेशन सकाउने गरि पालिका अधिवेशन सञ्चालन भइरहेका जिल्ला अध्यक्ष कोपीला सिंहले जानकारी दिएकी छन् ।
आजमात्रै एकै दिन त्रिवेणी र बडीमालिकाका पालिका अधिवेशन सकिएका छन् । त्रिवेणी नगरपालिकामा गीता थापा खत्री अध्यक्ष रहने गरी १३ सदस्यीय समिति गठन गरिएको छ । भने सुना विक अध्यक्ष रहने गरी बडीमालिकामा पनि १३ सदस्य समिति गठन गरिएको छ ।
त्रिवेणी नगर कमिटीमा उपाध्यक्ष रामप्यारी सार्की, सचिव मैनादेवी शाही, सहसचिव अनिता कुमारी बुढा र कोषअध्यक्षमा पुष्पादेवी साउँद सहीत रहेका छन् । यता बडीमालिका नगरपालिकामा अध्यक्ष सुना विक, उपाध्यक्ष निर्मला विक, सचिव नन्दा विक, उपसचिव निता थापा, कोषाध्यक्ष सुमन विक रहेका छन् ।
अनेमसंघ नेकपा एमालेमा आस्थावान महिलाहरुको छाता संगठन हो । त्रिवेणीको कार्यक्रममा अनेमसंघका केन्द्रीय सदस्य माया कुँवर खड्का प्रमुख अतिथी रहनु भएको थियो ।
बडीमालिका नगर कमिटीको अधिवेशन एमाले जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको हो । कार्यक्रममा अनेमसघका केन्द्रीय सदस्य बसुन्धरा रोकाया, एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली, सचिव काशी विक, अनमेसंघका नेतृहरु दुर्गा थापा, कल्पना साउँद, नन्दा थापा, माया खड्का सहीत अतिथी रहनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस