बुधबार, २० चैत २०८१

बडीमालिकामा सामाजिक विभेद विरुद्ध किशोर किशोरीका लागि रुपान्तरण कक्षा

रुपान्तरण कक्षाले किशोर किशोरीलाई मात्रै सचेत गराएको छैन् । अभिभावक समेत सचेत र जिम्मेवार बनेका देखिन्छन् । कम्तीमा पालिका भित्रका १ सय ५० बढी परिवारका सदस्यले पनि रुपान्तरण कक्षामै सहभागि भएर परिवर्तनका लागि वचन दिएका छन् । धेरैले व्यवाहारमा समेत उतारिसकेका छन् ।

बुधबार २०, मङि्सर २०८१ ११:४१

बडीमालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड रजालीको चायाकोटमा सञ्चालन

पालिका स्तरीय रनिङ शिल्डको नगर प्रमुख अमर खड्काले औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । तीदिनसम्म चल्ने शिल्डमा पालिका भित्रका नौ वटा माध्यमिक विद्यालय सहभागि छन् । मालिका नमुना माविमा आयोजना हुदै आएको रनिङ शिल्ड यो वर्ष चायोकोट मावि रजालीमा आयोजना गरिएको हो ।

बुधबार २०, मङि्सर २०८१ ०६:३६

पशुपति माविले मनायो, आफ्नो ५७ औं बार्षिक उत्सव

बार्षिक उत्सव समारोहको नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्व प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले उद्घाटन गरेका हुन् । शिक्षक मनीराम जैशीले सञ्चालन गरेको उद्घाटन समारोहमा नगर प्रमुख रामबहादुर बाँनीया, एमाले नेता गणेश थापा, बुढीगंगा २ का वडा अध्यक्ष पदम भण्डारी, काँग्रेका जयराज जैशी, तिलक शाह सहीत सहभागि थिए ।

बिहिबार २१, मङि्सर २०८१ ०७:१५

सुदूरका पहाडमा सामाजिक एकता र सद्भाव बाँड्ने जीतको पर्व भुवाको रौनक

सामाजिक सद्भाव, आपसी एकता र जीतको खुसी बाड्ने पर्वका रुपमा यहाँका स्थानीयले भुवा पर्वलाई परापूर्व कालदेखि नै मनाउने गरेका छन् । जात, धर्म र भाषाका कारण प्राय गाउँहरु अलग र फरक जस्ता देखिन्छन् । मान्छेका मन जोड्न, समाजलाई एकतावद्ध बनाइ राख्न जरुरी हुन्छ । तीनै गाउँहरुलाई जोड्न सामाजिक मेलापर्व र सँस्कृतिले भूमिका खेलेको हुन्छ ।

सोमबार १६, पुष २०८१ ०३:२७

त्रि–चन्द्र क्याम्पस कमिटी अनेरास्ववियुको अध्यक्षमा बाजुराका राजेन्द्र रावत

पहिलो पटक सुदूरपश्चिम प्रदेश बाजुराबाट प्रतिनिधित्व गर्दै रावतको नेतृत्वमा ९ सदस्यीय कमिटी गठन गरिएको हो । जसमा अध्यक्ष राजेन्द्र रावत, उपाध्यक्ष प्रमित बिष्ट, सचिव मनिषा चापागाई रहेका छन् ।

सोमबार १६, पुष २०८१ ०३:३३

सुपका १२ विद्यालयले एउटै फोटो पेश गरेर रकम असुली गरेपछि...

सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले यस्तो विषय बाहिर ल्याएको हो। प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री सन्तोष कुमारी शर्मा थापा संयोजक रहेको बेरुजु अध्ययन उपसमितिले विद्यालयहरुको ट्रस निर्माणको विषयमा अध्ययन गरेको थियो। २०८१ भदौ २५ गते गठन गरिएको उक्त समितिले सोही दिनबाट जिम्मेवारी पाएको थियो।

बिहिबार १९, पुष २०८१ ०९:०८

धामी र अधिकारीसँगै बाजुराकी सीता बनिन् ‘शी लिड्स आइकन’को विजेता

तीनै जना विजेतालाई प्रधानमन्त्री केपीशर्मा ओलीद्धारा सम्मान एवं प्रशंसापत्र प्रदान गरिएको हो । आइकन घोषित हुने उपाध्यक्षद्धय थापा र धामी नेकपा एमाले र अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । विजेता तीन जना मध्येकी सीता थापा तीनै व्यक्ति हुन्, जस्ले ५ वर्ष भारतको दिल्लीमा भाँडा माँझेर राजनीति सुरु गरेकी थिइन् ।

शुक्रबार २०, पुष २०८१ ०६:२१

विकासको लय सम्हाल्दै बुढीनन्दा : शिक्षा र स्वास्थ्यमा सुधार

सुरुको वर्ष नयाँ नेतृत्वले पनि त्यो आलोचना र आरोप खेप्नु पर्यो । केही हुदैन्, की भन्ने धेरैमा निराशा समेत देखियो । तर समयसँगै आलोचना र विरोधको श्रृखला कम हुदै गएको छ । कोल्टीमा विजुली नियमित जस्तै छ । त्यसैमा केन्द्रीय प्रशारण लाइन जडानको काम तिब्र पारिएको छ । त्योभन्दा अघि जगन्नाथबाट नै विद्युत ल्याएर थप सहज पार्ने योजनामा पालिका लागि परेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले बताएका छन् ।

सोमबार २३, पुष २०८१ ०३:४६

बुढीगंगाका तीन विद्यालयले तह घटाउन र समायोजन गर्न नपर्ने, उच्च अदालतले गर्यो विद्यालयको पक्षमा रिट जारी

बुढीगंगा नगर कार्यपालिकाको बैठकले २०८१ बैशाख २५ गते ७ वटा विद्यालयको तह घटाएर कक्षा समायोजन गर्ने निर्णय गरेको थियो । जनप्रभात, कुडीकोट, बजेडी, कुँडीकोट, बसालीकोट, सत्यवादी आधारभुत विद्यालयलाई कक्षा समायोजना र तह घटाउने गरि निर्णय गरेपछि जनप्रभात, बजेडी र राजेन्द्र आधारभुत विद्यालयले उच्च अदालतमा उजुरी गरेका थिए ।

मङ्गलबार २४, पुष २०८१ ०७:५६

बाजुुराको दुर्गम गाउँ पाडीमा फोरजी चलेपछि गाउँमा खुसियाली

यस्तै खुसीयाली हिमाली गाउँपालिका ६ पाडीका स्थानीय पनि मनाएका छन् । गाउँमा सामान्य फोन सेवा बाहेक थिएन्, सोमबार देखि गाउँमा फोन सहीतको भरपर्दो फोरजी इन्टरनेट सेवा समेत सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । गाउँमा इन्टरनेट सेवा सञ्चालन पछि उत्सव मनाएका छन् ।

मङ्गलबार ०२, माघ २०८१ ०२:५१

ब्राजिलका विद्यालयमा स्मार्ट फोन प्रतिबन्ध, भेटिए कारबाही गरिने

उता, शिक्षा मन्त्री क्यामिलो सान्टानाले सोमबार राजधानी ब्रासिलियामा पत्रकारहरूलाई भने, ‘बच्चाहरू सानै उमेरमा अनलाइन जान्छन्, आमाबाबुलाई उनीहरूले के गरिरहेका छन् भनेर हेर्न गाह्रो बनाइरहेका थिए, अब स्कूलमा स्मार्टफोन प्रतिबन्धले अभिभावकलाई सजिलो बनाउनेछ।’

मङ्गलबार ०२, माघ २०८१ ०२:५८

मेरा गाउँको खड्क्या मन्त्री !

उता सुप्रभाको माइतीबाट काठमाडौ लैजान आएका दाजु भाउजुहरुलाई पारिवारिक कुरा लुकाउँदै काल्पनिक घटना बनाई प्रेमको मानसिकता गुमाएको प्रसङ्गले पारिवारिक गोपनियताको रक्षा सुप्रभाले गरेकोले पारिवारिक तिक्तता हुन नदिएको पाइन्छ । वृद्ध सासुलाई समेत पशुपतिनाथको दर्शन गराउने र काठमाडौ सँगै बस्ने योजना बनाउने बुहारीको मायाले छोराबुहारीको प्रेममा आफूले भाडो हालेको पश्चाताप गरेको पाइन्छ । पशुपतिनाथको दर्शन गर्न गएका बेला प्रेमलाई बाबाहरुको हुलबाट सुप्रभाले प्रेमलाई पहिचान गर्नु र पुनः मिलन भएको प्रसङ्गबाट उपन्यासको कथावस्तुको अन्त्य भएको छ ।

बुधबार २४, माघ २०८१ ०५:२१

हिमालीले गर्यो नेपाल राष्ट्रिय आधारभुत विद्यालयका ६० जना छात्रालाई झोला सहयोग

गाउँपालिकाको आर्थिक सहयोगमा बिद्यालयमा अध्ययनरत ६० जना छात्राहरुलाई पढाईमा सहज होस् भन्ने उदेश्यका साथ झोला वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष मल्लले बिद्यालयमै पुगेर बिद्यार्थीको पढाईमा सहज होस् भन्ने उदेश्यका झोला वितरण गरिएको बताएका छन् ।बिद्यार्थीहरुले झोला पाउँदा खुसी भएका छन् ।

बुधबार २४, माघ २०८१ ०७:३७

कीर्तिचौरको शैक्षिक गुणस्तर सुधार नहुनुमा शिक्षक अभिभावकले देखाए विद्यार्थीको कमजोरी

गरिबी र अभावका कारण शैक्षिक गुणस्तर सुधार भएन भन्ने कथन गल्ती भएको भन्दै शिक्षक अभिभावकले विद्यार्थीमा कमजोरी देखाइएको छ । स्थानीय सरकारदेखि विभिन्न साझेदार संघसंस्थाहरु समेत शैक्षिक गुणस्तरमा केन्द्रीत भएको भएपनि समग्र अवस्थामा सुधार नहुनुमा दोष विद्यार्थीको रहेको पाईएको छ ।

बिहिबार २५, माघ २०८१ ०७:५४

पढ्दै सिक्दै उद्यमशिलता तालिम मार्तडीमा सकियो

स्वदेशी उत्पादन अभियान  ः उद्यमशीको सम्मान भन्ने नाराका साथ उद्यमशीलता विकास सम्बन्धी तालिम गत माघ २३ गतेबाट सञ्चालन भएर सोमबार सकिएको हो । स्थानीय पाठ्यक्रम अनुसार रैथाने राडीपाखीको संरक्षण गर्नका लागि जिल्लाका केही स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुने गरी सुरुवात गरिएको हो ।

सोमबार २९, माघ २०८१ ०६:०१

बडीमालिकालाई छाउगोठ मुक्त नगर घोषणा गर्ने तयारी

यो भन्दा अघिल्लो कार्यकालमा पनि ३ वटा वडालाई छाउगोठ मुक्त घोषणा गरिएको थियो । बडीमालिका नगरपालिका ३ रजालीलाई पहिलो वडाका रुपमा नगर प्रमुख पदम बडुवाल र उपप्रमुख कविता विष्ट हुँदा घोषणा गरिएको थियो । अमर खड्का र नन्दा थापा नेतृत्वको टीमले सिंगो पालिकालाई नै घोषणा गर्ने अभियान थालेका छन् ।

मङ्गलबार ३०, माघ २०८१ ०७:१३

बाजुराबाट यो वर्षको एसइइमा ३ हजार बढी सहभागि हुने, १७ वटा परीक्षा केन्द्र तोकिए

शिक्षा विकास तथा समन्वय इकाई बाजुराले सोमवार एसईईमा सहभागी हुने विद्यार्थी संख्या र परीक्षा केन्द्र सार्वजनिक गरेको छ । शिक्षा इकाई प्रमुख टिकाराम जोशीका अनुसार एसईई परीक्षामा साधारणतर्फ नियमित २ हजार २ सय १५ र ग्रेडवृद्धिका ६ सय ४२ विद्यार्थी सहभागी हुनेछन् ।

मङ्गलबार ३०, माघ २०८१ ०७:१६

दिर्घ उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रह विमोचन

उपाध्यायको कवितामा प्रेम, सद्भाव र समाजमा भएका विकृतिमाथि चोटिलो प्रहार गरिएको उनको भनाइ थियो । कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक सीताराम भट्टले उपाध्यायका कवितामा कोभिडमा नागरिकले भोगेको पीडा, राज्यको अकर्मयण्यता, राजनीतिका विसंगति र प्रेमको समिश्रण रहेको बताए । विमोचित कविता सङ्ग्रह उनको चौथो कृति हो ।

मङ्गलबार ३०, माघ २०८१ ०७:३२

मलामी विनै २४ घण्टापछि उठ्यो प्रकाशकी आमाको शव, ट्याक्टरमा पुर्याइयो मसानघाट

सिगासनजिकका जिप तथा ट्याक्टर व्यवसायीहरूले समेत लास बोक्न नमानेपछि पाटनबाट ट्याक्टर बोलाएर शब उठाइएको हो । सिगास– १ का वडासदस्य धनीराम भट्ट राति १२ बजेसम्म प्रकाशकै घरमा शव कुरेर बसेको थिए । ती बाहेक कसैले पनि सहानुभूति समेत दिएनन् ।

आइतबार ०५, फागुन २०८१ ०२:१५

अनेसास पुरस्कारका लागि पुस्तक आह्वान

पाण्डेयले दिनुभएको जानकारीअनुसार दुई हजार डलर राशीको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार एक जनाले प्राप्त गर्नेछन् । डायस्पोरामा प्रदान गरिने उक्त पुरस्कार सर्वाधिक रााशीमध्येको एक हो । आफैँ पनि विभिन्न विधामा पुस्तक प्रकाशित गरिसक्नुभएका पाण्डेयले लेखकलाई आफूले लेखेको पुस्तकलाई अन्तर्राष्ट्रिय रुपमा पुर्‍याउने माध्यम पुरस्कारले गर्नेगरेको बताउनुभयो । यसैगरी पुरस्कार छनाेट कमिटीले विभिन्न १० वटा विधामा पनि पुरस्कार प्रदान गर्नेछ ।

आइतबार १२, फागुन २०८१ ०५:२९

सुदूरपश्चिमको प्रदेश सभा अगाडि स्थानीय तह करार सेवाका कर्मचारीले गरे विरोध प्रदर्शन

‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ हुबहु पास गर्नुपर्ने माग उनीहरूको छ । विरोध प्रर्दशनमा प्रदेश भित्रका सबैजसो स्थानीय स्थानीय तहमा कार्यरत अस्थायी, करार र ज्यालादारीका कर्मचारी सहभागि थिए ।

शुक्रबार २४, फागुन २०८१ ०५:३३

सुदूरपश्चिम सुन्दर मात्रै होइन्, संभावनाको प्रदेश हो : प्रधानमन्त्री ओली

दीक्षान्त समारोहलाई संवोधन गर्दै ओलीले सुदूरपश्चिमलाई सुन्दर मात्रै नभई सम्भावनाको प्रदेशका रुपमा ब्याख्या गरेका छन् । यो सुन्दर मात्रै होइन सम्भावनाले भरिएको समृद्ध बन्न सक्ने प्रदेश हो । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ दीक्षित हुँदै गरेका विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, ‘नयाँ पुस्ताले देशमा सम्भावनाको खोजी गर्नु पर्छ ।’

आइतबार २६, फागुन २०८१ ०५:२३

खापरदेव क्याम्पस बझाङको स्ववियू निर्वाचन स्थगित

खापरदेव क्याम्पसमा विद्यार्थीहरूले समयमै भर्ना नगरेपछि स्ववियू निर्वाचनको तयारी पूरा हुन नसकेको सिंहको भनाइ छ । क्याम्पस व्यवस्थापन समितिको फागुन २४ गतेको बैठकमा स्ववियू निर्वाचनलाई वैधानिक र नियमअनुसार सम्पन्न गर्न अर्को सूचना प्रकाशित नगरी निर्वाचनको कुनै कार्यक्रम अगाडि बढाउन नसकिने जनाएको छ ।

सोमबार २७, फागुन २०८१ ०९:४९

सुदूरपश्चिमका ११ क्याम्पसमा निर्विरोध नेतृत्व चयन , ६ क्याम्पसमा अनेरास्ववियु

सुदूरपश्चिमका निर्विरोध बनेका ११ क्याम्पस मध्ये ६ मा अनेरास्ववियु, ३ मा नेपाल विद्यार्थी संघ (नेविसंघ) र २ मा अखिल (क्रान्तिकारी) का उम्मेदवार निर्विरोध सभापति चुनिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा चैत्र ५ गते स्ववियु निर्वाचन हुने हुदैछ ।

बुधबार २९, फागुन २०८१ ०६:२१