बाजुरा : हिमाली गाउँपालिका वडा नम्बर ५ बोर्तामा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थिहरुलाई झोला बितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बिच हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बिद्यालयमा अध्ययनरत ६० जना छात्राहरुलाई झोला वितरण गरेका हुन् ।
गाउँपालिकाको आर्थिक सहयोगमा बिद्यालयमा अध्ययनरत ६० जना छात्राहरुलाई पढाईमा सहज होस् भन्ने उदेश्यका साथ झोला वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष मल्लले बिद्यालयमै पुगेर बिद्यार्थीको पढाईमा सहज होस् भन्ने उदेश्यका झोला वितरण गरिएको बताएका छन् ।बिद्यार्थीहरुले झोला पाउँदा खुसी भएका छन् ।
झोलाले हातमा किताब बोकेर बिद्यालय जाने बिद्यार्थीको लागी राहत मिल्ने भएको छ । गरिव तथा विपन्न परिवारका बिद्यार्थीहरुको लागी झोला वितरणले सहयोग पुग्ने भएको हो । झोला वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल लगायत बिद्यालयका शिक्षक,बिद्यार्थी र अभिभावकको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस