बाजुरा : नेकपा एमाले बाजुराले पालिका अधिवेशनलाई तिब्रता दिएको छ । गएको मंसिर मसान्त भित्र गरिसक्नु पर्ने गरि कार्यदिशा दिएपनि स्थानीय तहको उपनिर्वाचनका कारण १ महिना सारिएको थियो । माघ मसान्त भित्र सक्ने गरि सबै पालिकालाई अधिवेशन गर्न निर्देशन दिइ तयारी भइरहेको नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले जानकारी दिएका छन् ।
बाजुराका नौ वटा पालिका मध्ये यस अघि गौमुल, स्वामिकात्र्तिक, जगन्नथ र खप्तड छेडेदह गाउँपालिकाको अधिवेशन भइसकेको छ । भने बुढीगंगा नगरपालिकाको नगर अधिवेशन माघ ५ गते हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी भइसकेको कार्यबहाक नगर कमिटी अध्यक्ष हरिकेशे नेपालीले जानकारी दिएका छन् ।
नगर अधिवेशनको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गर्ने छन् । भने केन्द्रीय सदस्य लालबहादुर थापा, जिल्ला अध्यक्ष लालबहादुर ओली, लेखा समिति अध्यक्ष बृजनबहादुर शाही, सहीत प्रदेश कमिटीका नेताहरु सहभागि हुने बताइएको छ ।
बुढीगंगा नगरपालिकाको अधिवेशनको पछिल्लो दिन त्रिवेणी नगरपालिकाको अधिवेशन माघ ६ गते राखिएको छ । भने बडीमालिका नगरपालिकाको माघ १० गते तोकिएको छ । बाँकी रहेका हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकाको अधिवेशन माघ भित्र गरि सक्ने तयारीमा नेकपा एमाले देखिएको छ । नेताहरु अधिवेशन केन्द्रीत भएर जिल्लामा आइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस