सोमबार, १५ पुष २०८१

बडीमालिकामा सामाजिक विभेद विरुद्ध किशोर किशोरीका लागि रुपान्तरण कक्षा

रुपान्तरण कक्षाले किशोर किशोरीलाई मात्रै सचेत गराएको छैन् । अभिभावक समेत सचेत र जिम्मेवार बनेका देखिन्छन् । कम्तीमा पालिका भित्रका १ सय ५० बढी परिवारका सदस्यले पनि रुपान्तरण कक्षामै सहभागि भएर परिवर्तनका लागि वचन दिएका छन् । धेरैले व्यवाहारमा समेत उतारिसकेका छन् ।

बुधबार १९, मङि्सर २०८१ ११:४१

बडीमालिकाको रनिङ शिल्डका अतिथीलाई रजालीमा कृषिबालीका मालाको सम्मान

शिल्डमा पुग्ने सबैजसोका लागि स्थानीय सयपत्री बाहेक टमाटर, खुर्सानी, कागती, आलु, गाजर, मुला, सुन्तला, मौसमी, बन्दा, रायो सहीतका बालीका मालाले स्वागत सम्मान गरेका छन् । स्थानीय उत्पादनको प्रवद्र्धन र प्रचारका लागि रजानी बासी कृषिबालीका मालाले स्वागत गरेको चोयाकोट माविका विव्यस अध्यक्ष कृष्णबहादुर खड्काले बताएका छन् ।

बुधबार १९, मङि्सर २०८१ ०६:३३

बडीमालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड रजालीको चायाकोटमा सञ्चालन

पालिका स्तरीय रनिङ शिल्डको नगर प्रमुख अमर खड्काले औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । तीदिनसम्म चल्ने शिल्डमा पालिका भित्रका नौ वटा माध्यमिक विद्यालय सहभागि छन् । मालिका नमुना माविमा आयोजना हुदै आएको रनिङ शिल्ड यो वर्ष चायोकोट मावि रजालीमा आयोजना गरिएको हो ।

बुधबार १९, मङि्सर २०८१ ०६:३६

नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो

यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमान्डु विरुद्ध नै ५ विकेट लिएका थिए । नरेन यू१९ एसिया कप खेलेर हिजो मात्रै काठमाडौं आइपुगेका हुने र भोलीपल्ट एनपीएलमा डेब्यु गर्दै सानदार प्रदर्शन गर्दै ३।५ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए ।

बिहिबार २०, मङि्सर २०८१ ०६:१५

गौमुलमा मंसिर २७ देखि राष्ट्रपति रनिङ शिल्ड हुने

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताबाट नै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने पालिकाको उद्देश्य रहेको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् । प्रतियोगीताले बालबालिकाहरुमा खेलकुद प्रतिको रुचि बढाउनुका साथै शारीरिक शिक्षालाई प्राथमिकता दिने रहेको बताएका छन् ।

बिहिबार २०, मङि्सर २०८१ ०६:१९

मार्तडी कोल्टी बस सञ्चालन गर्न बाजुरा प्रशासनको अनुमति, मौसमजन्य प्रकोपको पूर्व तयारी थाल्ने निर्णय

बाजुराको सदरमुकाम मार्तडीसम्म मात्रै बस सेवा सञ्चालन हुने गरेको छ । कर्णाली करिडोरको बाटो भएर पीलुचौर, धुलाचौरसम्म बस सञ्चालन भइरहेपनि मार्तडी कोल्टी सडकमा अझै सेवा सञ्चालन भएको छैन् । केही बसहरु संस्थागत प्रयोजनका लागि सञ्चालन गरिएपनि यातायात समितिले बाटोको जोखिम देखाएर सञ्चालन गरेका छैनन् ।

बिहिबार २०, मङि्सर २०८१ ०७:११

पशुपति माविले मनायो, आफ्नो ५७ औं बार्षिक उत्सव

बार्षिक उत्सव समारोहको नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्व प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले उद्घाटन गरेका हुन् । शिक्षक मनीराम जैशीले सञ्चालन गरेको उद्घाटन समारोहमा नगर प्रमुख रामबहादुर बाँनीया, एमाले नेता गणेश थापा, बुढीगंगा २ का वडा अध्यक्ष पदम भण्डारी, काँग्रेका जयराज जैशी, तिलक शाह सहीत सहभागि थिए ।

बिहिबार २०, मङि्सर २०८१ ०७:१५

पार्टी खोल्ने तयारीमा भीम रावल, भेटे कर्ण मल्ल र तारा जोशी

एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् ।  ‘बुधवार पत्रकार सम्मेलन गर्ने मोटामोटी तय भएको छ । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ’, दुवालले भने, ‘ १७ गते १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुन्छ ।’

सोमबार १५, पुष २०८१ ०२:०६

सुदूरका पहाडमा सामाजिक एकता र सद्भाव बाँड्ने जीतको पर्व भुवाको रौनक

सामाजिक सद्भाव, आपसी एकता र जीतको खुसी बाड्ने पर्वका रुपमा यहाँका स्थानीयले भुवा पर्वलाई परापूर्व कालदेखि नै मनाउने गरेका छन् । जात, धर्म र भाषाका कारण प्राय गाउँहरु अलग र फरक जस्ता देखिन्छन् । मान्छेका मन जोड्न, समाजलाई एकतावद्ध बनाइ राख्न जरुरी हुन्छ । तीनै गाउँहरुलाई जोड्न सामाजिक मेलापर्व र सँस्कृतिले भूमिका खेलेको हुन्छ ।

सोमबार १५, पुष २०८१ ०३:२७

त्रि–चन्द्र क्याम्पस कमिटी अनेरास्ववियुको अध्यक्षमा बाजुराका राजेन्द्र रावत

पहिलो पटक सुदूरपश्चिम प्रदेश बाजुराबाट प्रतिनिधित्व गर्दै रावतको नेतृत्वमा ९ सदस्यीय कमिटी गठन गरिएको हो । जसमा अध्यक्ष राजेन्द्र रावत, उपाध्यक्ष प्रमित बिष्ट, सचिव मनिषा चापागाई रहेका छन् ।

सोमबार १५, पुष २०८१ ०३:३३