बाजुरा : बाजुराको त्रिवेणी नगरपालिकाको नगर सभा तथा १६ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार “शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र वातावरण मैत्री पूर्वाधार, पर्यटन क्षेत्रको पहिचान त्रिवेणी नगरपालिका विकासको मुलधार” भन्ने मूल नाराका साथ सुरु भएको नगरसभा आइतवार सकियको हो ।
शनिवार नगर प्रमुख तथा सभा अध्यक्ष कर्ण बहादुर थापाले पेश गरेका चालू आर्थिक बर्षको अर्धबार्षिक प्रगति विवरण तथा विधेयकहरु माथि छलफल गर्दै पारित गरिएको जनाएको छ ।
नगर सभा तथा १६ औं अधिवेशनमा पेश गरिएका ६ वटा कार्यविधि पारित भएको सूचना तथा सञ्चार प्रविधि अधिकृत नरेशराज पन्तले जानकारी दिएका छन् । उनका अनुसार त्रिवेणी नगरपालिकाको वन सम्बन्धी ऐन २०८१, आपतकालीन कार्य सञ्चालन केन्द्र विधि २०८१, कृषक समुह गठन तथा व्यवस्थापन कार्यविधि २०८१, विपद् कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि २०८१ र सामुदायिक वन संञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ नगर सभाबाट पारित भएका छन् ।
त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको नगर सभामा उपप्रमुख कमला न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी प्रसाद शाह, नगरसभा सदस्यहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस