बुधबार, २३ माघ २०८१

बझाङकी राधिकाको ढुङ्गा पल्टिदा गयो ज्यान, ४० दिनकी छोरी बनिन् टुहुरो

धनगढी : घर पोत्ने माटो खन्ने ढुङ्गाले च्यापिएर बझाङमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा थलारा गाउँपालिका–३ देवल स्थायी घर भएकी राधिका जोशी ९उपाध्याय० रहेकी छन् ।

सोमबार दिउँसो करिब १ बजेको समयमा गाउँ नजिकै रहेको भगवती आधारभूत विद्यालय नजिकै घर पोत्ने माटो खन्ने ढुङ्गाले च्यापिएर घटना स्थलमै मृत्यु भएको हो । यहाँका गाउँमा सुत्केरी भएकै समयमा पनि काम गर्नु पर्ने र घरको काममा सघाउनु पर्ने बाध्यता छ । 

माटोको खान माथि ठुलो ढुङ्गा रहेको उक्त ढुंगा खसेर खानभित्र च्यापिएर मृत्यु भएको बुझिएको छ ।  मृत्यक उपाध्यायको ४० दिनको नाबालक बच्चा र अढाइ वर्षको एक छोरा टुहुरो भएका छन् ।

आमाको मृत्यु भएपछि नाबालक विचल्लीमा परेका छन् । श्रीमान कुलराज उपाध्याय गौमुल गाउँपालिकामा प्रशासन सहायकको रुपमा कार्यरत रहेका छन् । कार्यालयमा नै रहेका श्रीमान उपाध्याय श्रीमतिको निधनको खबर सुनेसंगै सोमबार बिहानै घरमा गएका छन् । माघी पर्वको मुखमा नै २४ वर्षीया राधिकाको निधनले सिंगो गाउँ शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस