बुधबार, २३ माघ २०८१

क्लाइम्बिङ स्पोर्टस् एशोसिएसनका बागमती र काठमाडौं उपत्यका कमिटीमा नयाँ नेतृत्वको चयन

बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएकी छन्। उपाध्यक्षमा रविन्द्र महर्जन र सुरज बस्नेत चुनिएका छन्। सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यमा दावा टासी शेर्पा, अनूप सुवेदी, चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित भएका छन्।

आइतबार २१, पुष २०८१ ११:१२

जगन्नाथमा न्यायीक क्षमता विकासका लागि अनुशिक्षण कार्यक्रम सञ्चालन

गाउँपालिकाको महिला तथा बालबालिकाको आयोजनामा कार्यक्रम पुस २० बाट सुरु गरिएको हो । वडा स्तरमै पुगेर अनुशिक्षण दिन लागिएको यो पहिलो पटक हो । उपाध्यक्ष मरुकला बिष्टको संयोजकत्वमा न्यायीक समिति सदस्य कर्णवीर नेपाली, लाल बहादुर बिष्ट, वडा कार्यलय जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रतिनिधि, वडाका मेलमिलाप कर्ता सहीत सहभागि छन् ।

आइतबार २१, पुष २०८१ ०४:१६

यस कारण सबैलाई 'ढोग' दिइँदैन

यसको प्रयोग परम्परादेखि नै सम्मान र श्रद्धा प्रकट गर्न गरिन्छ । यद्यपि हालैका केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरू र कलाकारहरूले यसलाई मजाकको रूपमा प्रस्तुत गरेका छन्। यसमा सुदूरपश्चिमको संस्कृतिप्रति देखाएको असंवेदनशीलता र अपमान देखिन्छ। यस लेखमा म यस प्रवृत्तिका विभिन्न पक्ष र यसले सुदूरपश्चिमका जनताको भावनामा कसरी असर गरेको छ भन्ने कुरा चर्चा गर्दै छु ।

आइतबार २१, पुष २०८१ ०४:५७

रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता

सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रा।लि।का तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु ९जिबी० राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ ।

आइतबार २१, पुष २०८१ ०५:०१

धनगढी देशकै सबैभन्दा धेरै प्रदूषित शहर

विभागका अनुसार काठमाडौंको रत्नपार्क, ललितपुरकको खुमलटार, कैलालीको धनगढी र धनुषाको जनकपुरमा वायु प्रदूषणको तह उच्च छ । तीमध्ये धनगढी सबैभन्दा धेरै प्रदूषित हुनुका साथै वायु अति अस्वस्थकर बनेको छ ।

आइतबार २१, पुष २०८१ ०५:२३

सुदूरपश्चिममा ६ महिनाकै अवधीमा लागुऔषध सहीत ४३४ जना पक्राउ

खुला सीमा नाका र भारतीय बजारको प्रभाव प्रमुख कारण देखिएपनि युवाहरुमा बढ्दो तनाब, बेरोजगार समस्या र खराव संगतले भूमिका खेलेको छ । साउन यता ६ महिनाको अवधीमा मात्रै ४ सय ३४ जना युवाहरु लागुऔषधमा संलग्न भएकै कारण पक्राउ परेका छन् । भने यी मध्ये २ सय ९१ जनाले मुद्दा खेपीरहेका छन् ।

आइतबार २१, पुष २०८१ ०६:४८

गौमुलका ७ वटै स्वास्थ्य संस्थाबाट स्मार्ट हेल्थ सेवा सुचारु

दुरदराजका सेवाग्राहीहरुलाई गुणस्तरीय स्वास्थ्य पहुँचमा र स्वास्थ्य सुधारका लागि यो सेवा सुचारु गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् । सेवालाई सहज रुपमा उपलब्ध गराउँन पालिकाका ७ वटै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र स्वयंमसेविकालाई टेलिहेल्थ अर्थात स्मार्ट हेल्थ ग्लोवल परियोजनाका बरिष्ठ प्रबन्धक दिपीका श्रेष्ठको टोलीले तालिम प्रदान गरेको थियो ।

आइतबार २१, पुष २०८१ ०६:५२

भीम रावलमाथिको कारबाहीमा पुनर्विचार गर्न बाजुराका शाह र कैलालीका रावलको आग्रह

आइतबार बैठकमा बोलेका २७ केन्द्रीय सदस्यमध्ये २ जनाले मात्र रावलमाथिको कारबाही पुनर्विचार गर्न नेतृत्वलाई आग्रह गरेका छन् । बैठकमा बोल्नेमध्ये केन्द्रीय सदस्य प्रकाश शाह र झपट रावलले कारबाहीले भीम रावललाई भन्दा पनि पार्टीलाई क्षति भएको बताए ।

आइतबार २१, पुष २०८१ १०:४०

विकासको लय सम्हाल्दै बुढीनन्दा : शिक्षा र स्वास्थ्यमा सुधार

सुरुको वर्ष नयाँ नेतृत्वले पनि त्यो आलोचना र आरोप खेप्नु पर्यो । केही हुदैन्, की भन्ने धेरैमा निराशा समेत देखियो । तर समयसँगै आलोचना र विरोधको श्रृखला कम हुदै गएको छ । कोल्टीमा विजुली नियमित जस्तै छ । त्यसैमा केन्द्रीय प्रशारण लाइन जडानको काम तिब्र पारिएको छ । त्योभन्दा अघि जगन्नाथबाट नै विद्युत ल्याएर थप सहज पार्ने योजनामा पालिका लागि परेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले बताएका छन् ।

सोमबार २२, पुष २०८१ ०३:४६

एमालेमा बस्ने वातावरण नदिएको आरोप सहीत कैलालीमा ४६ जना संगठित सदस्यले पार्टी त्यागेको घोषणा, माओवादीमै फर्किने तयारी

संगठित सदस्यता त्याग्ने सबै जना पूर्व माओवादी हुन् । नेकपा एमाले केन्द्रीय सचिव एंव सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टसँगै नेकपा एमालेमा बसेका थिए । एमाले भित्रै पूर्व माओवादी जतिलाई अवसरबाट वञ्चित गर्ने, स्थान नदिने आरोप उनीहरुको छ । एमाले भएर बस्दा आफूहरु पटकपटक अपमानित हुनुपरेको उनीहरुको गुनासो छ ।

सोमबार २२, पुष २०८१ ०३:५९

चार वर्ष बित्यो : बडीमालिकाका बाढी पीडितले पाएनन् राहत !

स्थानीय ३७ परिवारले घर निर्माण गरिसकेका छन् । कसैले सहकारीमा ऋण निकालेका छन् । कोहीले सापटी मागेका छन् । तर कोहीले साहुलाई पैसा आउने आश्वासन सहीत उदारो मागेका छन् । घर निर्माण गरिसकेको पनि कसैका २ कसैका ३ वर्ष बढी भइसकेको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले घरको अनुगमन समेत गरिसकेको अवस्था छ ।

सोमबार २२, पुष २०८१ ०६:५२

बझाङमा गर्भवती महिला र बच्चाको बाटोमै मृत्यु

गर्भावस्थामा रहेको सवितालाई तत्काल अस्पताल पु¥याउनुपर्ने अवस्था भए पनि समयमै स्वास्थ्य सेवा उपलब्ध हुन नसक्दा बाटोमै बच्चा जन्मिएको थियो । बच्चा जन्मिएको केही समयमै आमा र शिशु दुवैको मृत्यु भएको वडाअध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिएका छन् ।

सोमबार २२, पुष २०८१ ०७:२७

बझाङमा बाटोमै गयो सुत्केरी सविताको ज्यान, बच्चाले आमा र आमाले सासुको काखमै त्यागे प्राण

मध्ये रात उनलाई बढी भयो । सहन सकिनन् । सासुलाई र नन्दालाई पेट दुखीरहेको खबर गरिन् । त्यो बेलासम्म उनलाई सहीनसक्नु गरि पेट दुखिसकेको थियो । श्रीमान विदेश, बुढा सासुससुरा, सानै उमेरकी नन्द । जुत्ती लगाउने घरमा कोही थिएनन् । त्यसैमा ससुरा दृष्टिविहिन छन् । छिमेकीलाई खबर गर्न समेत ध्यान उनको परिवारले दिएन् ।

मङ्गलबार २३, पुष २०८१ ०७:४०

७ म्याग्निच्यूडको भूकम्प स् केन्द्रबिन्दु नेपाल-चीन सीमा

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो ।

मङ्गलबार २३, पुष २०८१ ०७:४६

हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय ध्वजावाहक बलियो हुनुपर्छ : मन्त्री पाण्डे

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आज उनले त्यसका लागि नेपालको आकाश सुरक्षित र भरपर्दो हुनुपर्ने तथा त्यसमा सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरे।

मङ्गलबार २३, पुष २०८१ ०३:१८

गोदावरीमा एमालेको बद्नाम गराउन किर्ते हस्ताक्षर गरेको पुष्टी, एमाले नत्यागेको विज्ञप्ती मार्फत दिए जवाफ

नेकपा एमाले र पार्टीका प्रदेश इन्चार्ज लेखराज भट्टको बद्नाम गराउन स्थानीय असन्तुष्ट एकजना एमाले कार्यकर्ताको दम्पत्तीले बाँकी ४४ जनाको नाम सहीत किर्ते हस्ताक्षर र औठाछाप समेत गरेका थिए । केहीलाई धम्की दिएर र केहीलाई जानकारी समेत नदिई आफै हस्ताक्षर गरि पार्टी छोडेको घोषणा गर्न लगाएका थिए ।

मङ्गलबार २३, पुष २०८१ ०७:४६

बुढीगंगाका तीन विद्यालयले तह घटाउन र समायोजन गर्न नपर्ने, उच्च अदालतले गर्यो विद्यालयको पक्षमा रिट जारी

बुढीगंगा नगर कार्यपालिकाको बैठकले २०८१ बैशाख २५ गते ७ वटा विद्यालयको तह घटाएर कक्षा समायोजन गर्ने निर्णय गरेको थियो । जनप्रभात, कुडीकोट, बजेडी, कुँडीकोट, बसालीकोट, सत्यवादी आधारभुत विद्यालयलाई कक्षा समायोजना र तह घटाउने गरि निर्णय गरेपछि जनप्रभात, बजेडी र राजेन्द्र आधारभुत विद्यालयले उच्च अदालतमा उजुरी गरेका थिए ।

मङ्गलबार २३, पुष २०८१ ०७:५६

सरकारी अनुगमनको थलो बन्यो गेटा, स्वास्थ्य मन्त्री पौडेलले पनि छुटाएनन्  !

हाल गेटामा ५० शैयाको अस्पताल सञ्चालन भइरहेको छ । सुन्दा पनि लाज लाग्ने र लगानीको खिल्ली उडाउने काम राज्यबाटै भएको प्रति यहाँका नागरिक आक्रोशित छन् । कहिले मेडिकल कलेज त कहिले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर सरकार अलमलिदा पटकपटक आन्दोलन समेत भयो । डा.गोविन्द्र केसी धनगढीमै पुगेर गेटाकै बाहनामा दर्जनौ पटक अनशन समेत बसे । तर विश्वविद्यालय बन्ने की, मेडिकल कलेज सुरसार छैन् ।

मङ्गलबार २३, पुष २०८१ ०८:४२

डोटीको जङ्गलमा महिलाको शव भेटियो, बाजुरामा भालुको आक्रमणबाट एक जना घाईते

बाजुरामा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा खप्तड छेडेदह गाउँपालिका ३ धुर्ताेला घर भएका अन्दाजी ३५ बर्षका रणबहादुर रावत रहेका छन् । स्याउला बटुल्ने क्रममा भालुले आक्रमण गरेको बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक  दिलीपकुमार गिरीले बताएका छन् ।

बुधबार २४, पुष २०८१ ०१:४८

बझाङमा आमा समूह र युवा मिलेर श्रमदानबाटै नुहाउने धारा र शौचालय बनाए

तर अहिले ठिक उल्टो भएको देखिन्छ । योजना र बजेट विना सिन्का समेत गाउँमा सारिदैन् । पानीको मुहान सफा गर्न देखि टुटी खरिदसम्म, नहरको पर्खाल, बनाउन देखि आफू हिँड्नेबाटोको ढुंगा हटाउन पनि योजना र बजेट खोज्ने गलत संस्कार हाबी छ । यत्तिसम्मकी गोठछाना छाउन समेत सरकारकै सिफारिस र अनुदान खोज्ने चलन हाबी भएको देखिन्छ ।

बुधबार २४, पुष २०८१ ०२:५८

आन्तरिक एकता बलियो बनाउन गाउँ पस्ने तयारीमा एमाले सुदूरपश्चिम, कार्यकर्तासँगै विकासे योजना केन्द्रीत बहस थालनी गर्ने

बैठकले सुदूरपश्चिमको विकासको ढोका खोल्ने मुख्य सडक चैनपुर ताक्लाकोट भएपनि प्राथमिकता नदिइएकाले राष्ट्रिय गौरवको योजनामा पारेर निर्माण गर्न, प्रदेशममा जडिबुटी प्रशोधन तथा प्रवद्र्धन गर्न माग गर्ने, प्रदेशको पर्यटन विकासमा सरकारको ध्यानाकर्षण गराउने, गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न बनेको विद्येयकको दफाबार छलफल टुंग्याएर अगामी शैक्षिक सत्रद्दबाट चिकित्सा विज्ञानको स्नातक तहको पढाइ सञ्चालन गर्नुपर्ने प्रस्ताव समेत पारित गरेको छ ।

आइतबार २८, पुष २०८१ ०६:४४

प्रहरीले गर्यो बुढीगंगामा नागरिक सुनुवाई

नागरिक सुनुवाई कार्यक्रममा जिल्ला प्रहरीले दिदै आएको सेवाको जानकारी,प्रभावकारी सेवा,जनसेवामा सहभागिता,प्रहरीसंग नागरिकको सहज पहुँच,पारदर्शिता,अन्तरक्रिया, राय सुझाव संकलन र जनगुनासो सुनुवाई कार्य गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताएका छन् ।

आइतबार २८, पुष २०८१ ०६:४५

सत्ता गठबन्धन फेरिने कुुरा हल्ला मात्रै हो, तलमाथि हुँदैन : एमाले सचिव भट्ट

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संसोधन देखि अन्य दुईदल बीचका सहमतिमा कुनै तलमाथि नहुने दाबी गरे । अहिलेदेखि नै छलफल गरेर २०८७ सालमा पूर्ण रुपमा संविधान संशोधन गर्न सकिने कुरा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको रहेको भट्टले स्पष्ट पारे ।

आइतबार २८, पुष २०८१ ०६:४७

अस्पतालले रिफर गरेकी बालिका आफन्तलले पैसा जोहो गर्न नसकेपछि मृत्युसँग लड्दै

अस्पतालले शनिबार साँझ नै रिफर गरेको हो । बालिकाको टाउकोमा गम्भीर चोट लागेको र कान, नाकबाट रगत बगिरहेको अवस्था छ । भने निरन्तर वान्ता समेत भइरहेको छ । चिसो मौसममा अस्पतालको विरामी कक्षमा थप सास्ती भइरहेको देखिन्छ ।

आइतबार २८, पुष २०८१ ०६:४८