बुधबार, २३ माघ २०८१

समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य धनकृष्ण विक प्रेस चौतारीमा प्रवेश

बाजुरा : समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य धनकृष्ण विकले प्रेस चौतारी प्रवेश गरेका छन् । नेकपा एमाले बाजुरा जिल्ला अध्यक्ष लालबहादुर ओलीले विकलाई प्रवेश गराएका हुन् । प्रेस चौतारीको बाजुरा जिल्ला कार्यालयमा आयोजिक कार्यक्रममा विकले आधिकारीक रुपमा समाजवादी प्रेस संगठन छोडेको घोषणा गरेका हुन् ।

न्यू मिसन दैनिक पत्रिका सञ्चालन गर्दै आएका विक बीचमा समाजवादी प्रेस संगठनमा आवद्ध भएका छन् । पत्रकार महासंघ बाजुरा शाखा सदस्य समेत रहेका विक स्वामिकात्र्तिक खापर गाउँपालिका ५ का स्थानीय हुन् । 

विकलाई एमाले बाजुरा अध्यक्ष लालबहादुर ओली, प्रेस चौतारीका प्रदेश अध्यक्ष कृष्ण ओली सहीतले स्वागत गरेका हुन् । आजै समाजवादी प्रेस संगठनका अध्यक्ष, महासचिव कोषाध्यक्ष सहीतको टिम पनि चौतारी प्रवेश भएका छन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठनका रुपमा रहेको समाजवादी प्रेस संगठनको २०८० जेठमा सम्पन्न महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए । 

२०७७ पुस ५ मा संसद विघटन भएपछि तत्कालीन नेकपा सम्बद्ध प्रेस संगठनमा प्रचण्ड–समूहअन्तर्गत प्रेस चौतारी पृष्ठभूमिका पत्रकारको नेतृत्व सुवेदीले गरेका थिए । पार्टी विभाजन भएपछि प्रेस चौतारीको उक्त समूहले समाजवादी प्रेस संगठन स्थापना गरेका हुन् ।

सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, बरिष्ठ नेता नरेन्द्र साउँद, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस