शुक्रबार, २३ माघ २०८२

खप्तड छेडेदह गाउँपालिका–३ गुदुका माओवादी बाट नेपाली कांग्रेस प्रवेश

बाजुरा : नेकपा (माओवादी केन्द्र) परित्याग गरी दुई जना कार्यकर्ता नेपाली कांग्रेस बाजुरामा प्रवेश गरेका छन्। आफ्नै पार्टीका गतिविधि तथा कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै उनीहरू कांग्रेसमा प्रवेश गरेको जनाइएको छ।
खप्तड छेडेदह गाउँपालिका–३ गुदु निवासी प्रेम बहादुर धामी र खडक बहादुर धामी माओवादी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई स्थानीय कांग्रेस नेताहरूले स्वागत गरेका छन्।
नवप्रवेशी धामीद्वयले पार्टीभित्र अपेक्षित काम हुन नसकेको तथा जनताको हितअनुसार काम गर्न कांग्रेस उपयुक्त ठानेर प्रवेश गरेको बताएका छन्। नेपाली कांग्रेस बाजुराले भने पार्टी प्रवेशले संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
यससँगै जिल्लामा कांग्रेस प्रवेश गर्ने क्रम बढ्दै गएको स्थानीय नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस