बाजुरा नजिकै हुम्लामा दिदीको घरमा गएको बेला एकाएक बिरामी भएकी र हिमाली गाउँपालिकाको समन्वयमा कोल्टी आधारभुत अस्पतालमा पुर्याउनै लाग्दा मृत्यु भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।
बिहिबार ०१, कार्तिक २०८१ १०:३१
कार्तिक ३ देखि १० गतेसम्म हुने गोल्डकपको उद्घाटन प्रदेश सभा सदस्य पदमबहादुर शाहीले गर्ने खेल सहकार्य गर्ने खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् । खेलको विहान ११ बजे औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिने भएको छ । उद्घाटन समारोहमा बाजुराका नौ वटै स्थानीय तहका प्रमुखहरु, राजनीतिक दलका प्रमुख प्रतिनिधी सहभागिहुने छन् । भने उद्घाटन खेल राजनीतिक दल र नागरिक समाज बीच हुने छ ।
शुक्रबार ०२, कार्तिक २०८१ १०:०१
नेपाल प्रहरीले ४३ रनको हारसँगै फाइनल खेल्ने यात्रा रोकिएको छ । टस जितेको पहिलो फिल्डीङ्ग रोजेको नेपाल प्रहरीलाई आयोजकले १ सय ४० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटीङ्गमा गरेको प्रहरीले १० ओभरमा ५ विकेटको क्षतिमा ९७ रमा समेटियो । जीतका लागि आयोजकका नविन थापाले ५९ रनको योगदान गरेका थिए ।
बुधबार १४, कार्तिक २०८१ ०६:२९
नेकपा एमालेको लालकिल्लाकै रुपमा रहेको उक्त पालिकामा तत्कालिन नेकपा विभाजन पछि समाजवादी र माओवादी एक भएर लड्ला इतिहासमा पहिलो पटक काँग्रेसले जित हासिल गरेको हो । नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार भरतबहादुर रोकायाले २ हजार ११ मत र उपाध्यक्षमा मैनादेवी जैशीले १ हजार ७ सय ५७ मत ल्याएर जितेका हुन् । निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका अध्यक्षका उम्मेदवार चतुर्भुज शाहीले १ हजार ८ सय १० मत र उपाध्यक्षमा सुलोचलना कुमारी भण्डारी बुढाले १ हजार ६ सय ३७ मत ल्याएका थिइन् ।
मङ्गलबार २०, कार्तिक २०८१ ०७:५४
१० थान भरुवा बन्दुक सहीत बन्दुक बनाउन प्रयोग हुने सामान सहीत बरामत गरेको प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताएका छन् । गाउँमा बर्षै देखि भरुवा बन्दुक बनाउने भट्टी सञ्चालनमा रहेको गोप्य सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
मङ्गलबार २०, कार्तिक २०८१ ०७:५९
क्लब र विद्यालयले खेलेको देउसी भैलो पालिकामै उत्कृष्ट रहेको दाबी समेत गरिएको छ । हरेक वर्ष क्लबले देउसी–भैलोबाट लाखौँ रुपैयाँ संकलन गर्दै आएको छ । यस पटक पनि भैलोलाई निरन्तरता दिँदै क्लबले वडा नम्बर १ भित्रैका विभिन्न टोलमा भैलो मागेको थियो ।
मङ्गलबार २०, कार्तिक २०८१ ०८:२३
स्थानीय तहको मातहतमा रहेर सञ्चालन भइरहेको अस्पताललाई यसैवर्षबाट प्रदेश सरकार मातहतमा सञ्चालन गर्ने नीति बनाएको छ । नीति बनाएपनि निर्णय सहीत कार्यान्वयन भने भएको छैन् । कुण्डा क्षेत्रका चार वटा स्थानीय र छिमेकी हुम्ला, मुगु, कालिकोट जिल्लाका नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि अस्पताल निर्माणको पहल थालिएको हो ।
शनिबार २४, कार्तिक २०८१ ०२:०५
मंसिर १६ गते हुने उपनिर्वाचन तीन दलबीचको सहकार्यको तयारीका लागि वार्ताटोली समेत गठन गरिएको छ । तीनवटै दलका तर्फबाट चुनावी तालमेलका लागि वार्ता टोली गठन गरिएको र त्यसैको आधारमा सहमतिको प्रयास अघि बढेको नेपाली काँग्रेसका सचिव भरत रोकायाले जानकारी दिएका छन् ।
आइतबार २५, कार्तिक २०८१ ०८:०८
मार्तडीको गैरी बजार र दुनि हाटबजारका करिब ३५ बढी महिलाहरुले देउसी भैलो खेलेका थिए । देउसी भैलो खेलेर ६४ हजार रकम संकलन गरेका थिए । त्यो मध्येको १० हजार रकम बाल आश्रमलाई सहयोग गरेको मार्तडी बजार महिला समूहका कमला थापाले जानकारी दिएकी छन् ।
सोमबार २६, कार्तिक २०८१ ०७:३३
सरकारले सन् २०३० सम्ममा १०हजार स्टार्टअप सञ्चालन गरी १लाख व्यक्तिलाई रोजगारी प्रदान गर्ने योजना अन्तरगत चालु वर्षमा उत्साहजनक रूपले काम भइरहेको र यस बर्ष ६ सय बढी फर्मलाई स्टार्टअप कर्जाको रूपमा ५ लाख देखी २५ लाख रकम सम्म प्रदान गरिनेछ ।
बुधबार २८, कार्तिक २०८१ ०७:१८
गौमुल गाउँपालिकाको सिमधारामा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो । सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीति बमोजिम कार्यालय सञ्चालनमा ल्याईएको जिल्ला हुलाक कार्यालयका प्रमुख बुद्ध बहादुर सोमैले बताएका छन् ।
बुधबार २८, कार्तिक २०८१ ०७:२०
विपद प्रतिकार्यका लागि सामुदायिक पहल तालिम चार दिनसम्म आवासीय रुपमा सञ्चालन गरिएको सुरक्षित नेपाल परियोजनाका सामाजिक परिचालक राजेश सुनारले जानकारी दिएका छन् । तालिममा विपदमा परेका व्यक्तिको खोज, उद्दार तथा व्यवस्थापन बारे ज्ञान सीप सिकाइएको छ ।
बिहिबार २९, कार्तिक २०८१ ०६:३२
सक्रिय राजनीति सुरु गर्ने योजना अनुरुप नै जोशी यतिबेला गाउँ केन्द्रीत बनेका छन् । राजनीतिक र सामाजिक सम्बन्धको नविकरण गर्न गाउँ केन्द्रीत बनेको बताएका जोशीले नेता कार्यकर्तासँगको भेटघाटलाई सक्रिय राजनीति सुरु गर्ने संकेतका रुपमा बुझ्दा फरक नपर्ने बताएका छन् ।
बिहिबार २९, कार्तिक २०८१ ०८:०८
नेपाली काँग्रेसले पनि उम्मेदवार घोषणा गरेपछि समाजवादीलाई दबाब बढेको छ । काँग्रेस र समाजवादीबाट एक जनामात्रै उम्मेदवार हुने दाबी गरेको समाजवादीले आफ्नो उम्मेदवार उठाउने वा काँग्रेसलाई नै सघाउने भन्नेमा आधिकारीक निर्णय गरेको छैन् । समाजवादीका प्रवक्ता अनिल शाहीका अनुसार कात्र्तिक ३० गते पार्टीको बैठक बसेर टुंगोमा पुग्ने बताएका छन् ।
बिहिबार २९, कार्तिक २०८१ ०८:११
कृषि विकास निर्देशनालय दिपायल डोटी र बडीमालिका नगरपालिकाको सयूक्त सहकार्यमा कृषि उपज संकलनका लागि कृषि च्याम्बर गृह निर्माण गरिएको हो । च्याम्बरको मंसिर १ गते उद्घाटन गर्ने भएका छन् । सोही दिन बडीमालिका नगरपालिकाले कोदो दिवसको नाममा कोदो विस्कुट तथा कोदो परिकार प्रदर्शनी मेला आयोजना गरेको छ ।
बिहिबार २९, कार्तिक २०८१ ०८:१४
विहान ११ बजेबाट सुरु हुने दिवसको सम्पूर्ण तयारी पुरा भएको नगरपालिकाले बताएको छ । दिवसको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले गर्ने भएका छन् । थापा कार्यक्रमका लागि बाजुरा आइसकेको नगर प्रमुख अमर खड्काले जानकारी दिएका छन् ।
शुक्रबार ३०, कार्तिक २०८१ ०६:५९
समाजवादीले जवा शाहीलाई आफ्नो उम्मेदवारको रुपमा अघि सारेको छ । नेपाली काँग्रेसले पुलतीसरा शाही, नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढा र माओवादी केन्द्रले राजु कुमारी विकलाई उम्मेदवार बनाएको छ । समाजवादीले अन्तिममा आएर आफ्नै उम्मेदवारलाई चुनाव लडाउने गरि उम्मेदवार घोषणा गरेको छ ।
शुक्रबार ३०, कार्तिक २०८१ ०७:०७
जिल्लामा क्रियाशिल ४ राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका शिर्ष नेताहरुको साझा छलफलबाट कुनैपनि निर्वाचनमा कुनैपनि दलका तर्फबाट बल प्रयोग र जबरजस्तीका गतिविधी नहुने गरि समझदारी गरेका हुन् ।
शनिबार १५, मङि्सर २०८१ ०४:५६
बुढीनन्दा नगरपालिकामा नगर प्रमुख जनक कुमार बोहराले सामाजिक सञ्जालमा सार्वजनिक गरिएको समझदारी अनुसार निशुल्क एम्बुलेन्स देखि प्रयोगशाला, एक्सरेसम्मका सेवा उल्लेख गरिएको छ । अस्पतालले नेपालगञ्ज बसपार्क र राझाँ एयरपोर्ट देखि अस्पतालसम्म एम्बुलेन्स निशुल्क गर्ने सहमति गरेको छ ।
शनिबार १५, मङि्सर २०८१ ०७:४९
बडीमालिका नगरपालिका २०७१ मंसिर १६ गते घोषणा गरिएको हो । सरकारले घोषणा गर्दा मार्तडी, जुगाडा र बुढीगंगा गाविसलाई समावेश गरेर नगरपालिका बनाएको थियो । जतिबेला राज्यले बडीमालिका सहीत ६१ वटा नगरपालिका थपेको थियो । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी समेत यही नगरपालिकामा पर्ने गर्दछ ।
आइतबार १६, मङि्सर २०८१ ०५:१३
जसमा १ मा ८ सय ९०, २ मा ७ सय २२, ३ मा १ हजार ६८, ४ मा ७ सय ७८ र ५ मा ४ सय ७० मत खसेको बताइएको छ । फोन सम्पर्क प्रभावकारी नभएकै कारण मतदान बारे थप जानकारी लिन समस्या देखिएको छ । सबै मतदान स्थलबाट मतपेटीका गणना स्थल सुईजिउला वाईमा लगिने तयारी गरिएको छ । रातीनै मतपेटीका पालिका पुर्याएर गणना सुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ ।
आइतबार १६, मङि्सर २०८१ ०६:१५
कञ्चनपुरको भीमदत्त नगरपालिका– ६, दार्चुलाको दुहु गाउँपालिका– ५, डोटीको पूर्वीचौकी गाउँपालिका– ६ र बझाङको सुर्मा गाउँपालिका– ४ मा कांग्रेसले जित हात पारेको छ । यसअघि २०७९ को निर्वाचनमा सुर्मा गाउँपालिका– ४ मा एमालेले जितेको थियो । दुहु गाउँपालिका– ५ मा भने माओवादी केन्द्रले जित हात पारेको थियो ।
सोमबार १७, मङि्सर २०८१ ०६:०८
हरेक चुनावमा सुरक्षा निकाय देखि कर्मचारी प्रशासन र मतदाता विवाद हुने भन्दै त्रासको वातावरणमा मतदानमा सहभागि हुने गरेको प्रचार हुदैं आएको थियो । यो पटक कुनै अवरोध, कुनै विरोध र विवाद नभई चुनाव सम्पन्न भएको एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीको भनाई छ ।
मङ्गलबार १८, मङि्सर २०८१ ०७:१२
विद्यालयले प्यलेकार्ड सहीतको नारा जुलुस सहीत ४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई शैक्षिक सामाग्री सहयोग गरि मनाएको हो । विद्यालयका निमित्त प्रअ जनकराज पण्डितको अध्यक्षता र वडा अध्यक्ष धर्मराज पाध्यायको प्रमुख आतिथ्यतामा दिवस मनाएको हो ।
मङ्गलबार १८, मङि्सर २०८१ ०७:१४