शुक्रबार, ३० फागुन २०८१

विवाह भोजमा गएका युवकको हत्या, ३ जनाविरुद्ध मुद्दा दर्ता

बुढीगंगा नगरपालिका–८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको कुटपिट पछि उपचारका क्रममा अछामको बयालपाटा अस्पतालमा ज्यान गएको हो । थापा बूढीगंगा नगरपालिका–९ का बासिन्दा हुन् । उनी छिमेकी वडाका आफन्तको छोराको बिहेमा भोज खान गएका थिए ।

शनिबार १०, फागुन २०८१ ०६:२६

वित्तीय जोखिम मूल्याङ्कन एफआरएमा बडीमालिका र हिमाली पहिलो

स्थानीय तहको बित्तिय प्रणाली ब्यबस्थीत, पारदर्सी बिधिसम्मवत र प्रभावकारी बनाउन बित्त ब्यबस्थापन जोखीमका सम्भाबित क्षेत्रको पहिचान गरि लेखाजोखाको माध्यामबाट स्थानिय तहको बित्तीय ब्यबस्थापन गर्न गरिएको मुल्याकंनमा बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकाले समान अंक प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन ।

शनिबार १०, फागुन २०८१ ०६:३१

प्रेस चौतारी सुदूरपश्चिम प्रदेश अधिवेशन माघ १६ गते हुने

अधिवेशन तयारीको लागि प्रदेश अध्यक्ष कृष्ण ओलीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ

शनिबार १०, फागुन २०८१ ०६:४४

खप्तड छेडेदहमा विपन्न विरामी लक्षित निशुल्क स्वास्थ्य शिविर, ५ सय बढीले पाए उपचार सेवा

यी नै समस्यालाई संवोधन गर्न दुर्गमका पालिकाले पछिल्लो समय विपन्न समुदाय लक्षित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छन् । त्यसैको निरन्तरता खप्तड छेडेदह गाउँपालिकाले पनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गरिब तथा विपन्न विरामीलाई लक्षित गरेर बिशेषज्ञ सहीतको शिविर सञ्चालन गरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दबहादुर रावतले जानकारी दिए ।

आइतबार ११, फागुन २०८१ ०३:४७

अनेसास पुरस्कारका लागि पुस्तक आह्वान

पाण्डेयले दिनुभएको जानकारीअनुसार दुई हजार डलर राशीको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार एक जनाले प्राप्त गर्नेछन् । डायस्पोरामा प्रदान गरिने उक्त पुरस्कार सर्वाधिक रााशीमध्येको एक हो । आफैँ पनि विभिन्न विधामा पुस्तक प्रकाशित गरिसक्नुभएका पाण्डेयले लेखकलाई आफूले लेखेको पुस्तकलाई अन्तर्राष्ट्रिय रुपमा पुर्‍याउने माध्यम पुरस्कारले गर्नेगरेको बताउनुभयो । यसैगरी पुरस्कार छनाेट कमिटीले विभिन्न १० वटा विधामा पनि पुरस्कार प्रदान गर्नेछ ।

आइतबार ११, फागुन २०८१ ०५:२९

मुख्यमन्त्री शाहले भने–संघमा गठबन्धन रहेसम्म सुदूरपश्चिममा पनि अहिलेकै सरकार चल्छ

‘एउटा कुुरा मैले तपाईहरुलाई भन्नैपर्छ । संघमा गठबन्धन सरकार जसरी अगाडी बढेको छ । जुन मितिसम्म त्यो सरकार अघि बढ्छ प्रदेशको सरकार पनि त्यही मिती सम्म अगाडी बढ्छ,’ शाहले भने, ‘त्यसकारण अहिलेकै सरकारले बजेट निर्माण गर्छ । कोही पनि माननीय ज्यूहरु भ्रम र दुुविधामा नरहनुुहोला ।’

शुक्रबार २३, फागुन २०८१ ०१:१९

सुदूरपश्चिमको प्रदेश सभा अगाडि स्थानीय तह करार सेवाका कर्मचारीले गरे विरोध प्रदर्शन

‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ हुबहु पास गर्नुपर्ने माग उनीहरूको छ । विरोध प्रर्दशनमा प्रदेश भित्रका सबैजसो स्थानीय स्थानीय तहमा कार्यरत अस्थायी, करार र ज्यालादारीका कर्मचारी सहभागि थिए ।

शुक्रबार २३, फागुन २०८१ ०५:३३

डेढ वर्षपछि सरकारले दिन थाल्यो भूकम्प पीडितलाई अनुदान रकम, पुनःनिर्माणमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

भुकम्प डेढ वर्ष पहिले डोटी र बझाङ केन्द्र बनाएर गएको थियो । साना पराकम्पनहरु बेला बेला गइरहने गरेका छन् । २०७९ मा पनि बझाङ केन्दै बनाएर भुकम्प गएको थियो । एकपछि अर्को गर्दै यहाँका स्थानीय भुकम्पको जोखिम सहन बाध्य छन् । भिरालो जमिन, कच्ची घरसंरचना र विना सर्वे र प्राविधिकको परामर्श नगरि बनाएका संरचना सानै हलचलबाट पनि भत्किने गरेका छन् ।

शुक्रबार २३, फागुन २०८१ ०६:३३

सुदूरपश्चिमका प्रदेश प्रमुखलाई आदिवासी जनजाति आयोगले प्रतिवेदन बुझायो

आदिवासी जनजातिका समस्या समाधानका लागि सम्बन्धित निकायलाई पहल गर्ने बताएका छन् । आयोगले अभौतिक सांस्कृतिक सम्पदा सूचिकरण सम्बन्धी अन्तरक्रिया गरेको छ। आयोगका सदस्य गुरुङले सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा आदिवासीहरूको सङ्ख्या कम रहेको बताएका छन् । उनले आयोगको प्रतिवेदनमा सुदूरपश्चिमको अवस्थाको विषयमा छुट्टै लेखिएको समेत बताएका छन् ।

शुक्रबार २३, फागुन २०८१ ०६:४२

व्यवस्था विरोधी हल्लाहरुले राजतन्त्र फर्किदैन् : गृहमन्त्री लेखक

लेखक डोटी पुग्दा नेपाल प्रेस युनियनले पत्रकार सम्मेलन आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले पछिल्लो समय राजसंस्था फर्काउनु पर्ने माग गर्दै गरिएका प्रदर्शन र ¥यालीहरुको कुनै अर्थ र प्रभाव नहुने धारणा राखे ।

शनिबार २४, फागुन २०८१ १२:५२

सुदूरपश्चिममा प्रस्तावित विधेयकले तनाव : काँग्रेसका झण्डा आन्दोलनकारीले फालेपछि झडप

एकाएक धनगढीमा आन्दोलन गरिरहेका युवा विद्यार्थीले ती झण्डाहरु हटाएपछि दुबैपक्ष बीच झडप भएको छ । युवा विद्यार्थीको मागमा दलहरु जिम्मेवार नभएको र स्वागत सत्कारमै सीमित हुने गरेको आरोप सहीत आक्रोशित आन्दोलनकारीले सबै झण्डाहरु उखेलेर फालेका थिए । पार्टी सभापतिको स्वागतका लागि लगाएका झण्डा हटाएको र राजनीतिक संस्कार समेत नदेखाएको भन्दै तरुण दल र नेविसंघका युवाहरुले आन्दोलनकारी माथि आक्रामणको प्रयास समेत गरेका छन् ।

आइतबार २५, फागुन २०८१ ०२:३८

एमालेबाट जितेका पूर्व वडाध्यक्ष, रास्वपाका सदस्य

ललित ढोली २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेद्वार भइ निर्वाचित भएका थिए । यस विषयमा सामाजिक सञ्जाल फेसबुकमा उनको सदस्यता सार्वजनिक भएपछि विभिन्न चर्चा सुरु भएका छन् । उनले नयाँ पार्टीमा आवद्धताको विषयमा आफ्नो आधिकारिक धारणा अहिलेसम्म दिएका छैनन् ।

आइतबार २५, फागुन २०८१ ०५:२२

सुदूरपश्चिम सुन्दर मात्रै होइन्, संभावनाको प्रदेश हो : प्रधानमन्त्री ओली

दीक्षान्त समारोहलाई संवोधन गर्दै ओलीले सुदूरपश्चिमलाई सुन्दर मात्रै नभई सम्भावनाको प्रदेशका रुपमा ब्याख्या गरेका छन् । यो सुन्दर मात्रै होइन सम्भावनाले भरिएको समृद्ध बन्न सक्ने प्रदेश हो । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ दीक्षित हुँदै गरेका विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, ‘नयाँ पुस्ताले देशमा सम्भावनाको खोजी गर्नु पर्छ ।’

आइतबार २५, फागुन २०८१ ०५:२३

धनगढीमा बन्यो ३२ करोडको सभा गृह, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहमा भाग लिन र सुदूरपश्चिम प्रदेश सभामा बिशेष संवोधनका लागि धनगढी पुगेका प्रधानमन्त्री ओलीले सभा गृहको पनि उद्घाटन गरेका हुन् । धनगढीमा बनेको सभा गृह यो नै पहिलो हो । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा सभा गृह निर्माण गरिएको छ ।

आइतबार २५, फागुन २०८१ ०७:१८

कुर्सीमा राखेर कोहि शासक नहुने सुदूरपश्चिमबाट ओलीको सन्देश

अपेक्षा गरिएका, अनुमान लगाइएका भन्दा बढी जनताको साथ समर्थन सहीत पूर्व राजा ज्ञानेन्द्रलाई हर्षबढाई, अभिनन्दन सहीतको स्वागत गरिएको छ । ओलीको राजधानी बाहिर जाने दिन र पोखरामा रहेका पूर्व राजालाई दरबार भित्र्याउने उद्घोष सहीत स्वागत गर्ने दिन एकै पर्यो । यो संयोग भएपनि पूर्व योजना र राजनीतिक रुपमा फरक सन्देश दिने गरि भयो ।

आइतबार २५, फागुन २०८१ ०८:४०

कर्णाली नदीमा खसेको मान्छे खोज्न गएका आठ जना भीरमै अड्कीए

घाइते भएका उनले आफन्तलाई फोन गरे । हातखुट्टा भाँचिएको र उठ्न नसक्ने अवस्थामा पुगेका भण्डारीले फोन गरेर आफन्तलाई उद्दारको अपिल गरे । गाउँबाट ४ जना पुरुष, एक महिला र ३ जना बालबालिका हतार हतार उद्दारका लागि घटना स्थल पुगे । ४ बजेतिर उनी लडेका हुन् । साँझ पर्दै थियो । ५ बजेपछि आफन्त पुगे । त्यहाँ पुग्दा ३८ वर्षका भण्डारी अचेल भइसकेका थिए ।

सोमबार २६, फागुन २०८१ ०८:३९

बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतमा जोशी

अधिकृत जोशीलाई नगर प्रमुख रामबहादुर बानीया र उपप्रमुख माया कुँवर खड्का सहीतका जनप्रतिनिधी र कर्मचारीले स्वागत गरेका छन् । यस अघि बुढीगंगामा निमित्तको जिम्मेवारी सहीत नरेन्द्र नाथ प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा थिए ।

सोमबार २६, फागुन २०८१ ०८:४७

बाजुरामा ट्याक्टर दुर्घटना, बुवाको मृत्यु, छोरा घाईते

ट्याक्टरको ट्रली मुनी च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्याक्टरमा सवार चालकको छोरा १२ वर्षीय छोरा शमशेर रावत घाईते भएका छन् । घाइते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

सोमबार २६, फागुन २०८१ ०८:५८

खापरदेव क्याम्पस बझाङको स्ववियू निर्वाचन स्थगित

खापरदेव क्याम्पसमा विद्यार्थीहरूले समयमै भर्ना नगरेपछि स्ववियू निर्वाचनको तयारी पूरा हुन नसकेको सिंहको भनाइ छ । क्याम्पस व्यवस्थापन समितिको फागुन २४ गतेको बैठकमा स्ववियू निर्वाचनलाई वैधानिक र नियमअनुसार सम्पन्न गर्न अर्को सूचना प्रकाशित नगरी निर्वाचनको कुनै कार्यक्रम अगाडि बढाउन नसकिने जनाएको छ ।

सोमबार २६, फागुन २०८१ ०९:४९

कर्णाली भीरमा अड्किएका सात जनाको १८ घण्टापछि उद्दार

उद्दारका लागि पुगेका सातै जना भीर पार गर्न नसकेपछि बीचमै अड्किएका थिए । भण्डारीको आइतबार राती नै मृत्यु भइसकेको थियो । मृतक भण्डारीले भीरबाट चिप्लीएर घाइते भएको र ज्यान बचाउन अपिल गरेपछि उनीहरु घटनास्थल गएका थिए । फोन सम्पर्क गरेपनि रातको बीचमा कुनै विकल्प नै थिएन्, उनीहरुपनि मृतकसँगै रातभर भीरमै बसेको स्थानीय जीवन बुढाले जानकारी दिए ।

सोमबार २६, फागुन २०८१ ०१:१३

काँग्रेसको सुदूरपश्चिम सम्मेलन : शेखरको ‘वहिष्कार’, देउवाको पार्टी एक नहुनेमा चिन्ता

यी प्रकारका गतिविधीले काँग्रेस भित्रैदेखि एक हुने स्थिति कमै देखिन्छ । अपवाद बाहेक देउवा र शेखरको एकता संभावना छैन् । आन्तरिक लडाइलाई पनि उनीहरु बीचको ठूलो खाडल बनेको देखिन्छ । २०८४ को चुनावमा एक्लै लड्ने घोषणा गरेको काँग्रेसलाई पार्टी भित्रकै गुटको लडाइले प्रत्यक्ष असर पार्ने देखिन्छ । देउवाले पटक पटक एक हुन, एक भएर जाने विषयमै जोड दिइरहेका छन् । तर संभव हुने संभावना न्यून मात्रै छ ।

सोमबार २६, फागुन २०८१ ०८:०४

बाजुराको मार्तडीमा चैत्र १६ बाट प्रथम कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

बडीमालिका सामुदायिक विकास समाज बाजुराले सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गर्दै महोत्सव संचालन बारे पत्रकारहरुलाई जानकारी गराएको छ । प्रथम बडीमालिका कृषि, पर्यटन तथा साँस्कृितक महोत्सव–२०८१ मा बडीमालिकालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महोत्सवको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

सोमबार २६, फागुन २०८१ ०८:२३

बाजुराका स्थानीय तहमा भूमि समस्या र सवालबारे अभिमुखिकरण सञ्चालन

आयोग र पालिकासँगको आपसी सहकार्य र आयोगको काम कर्तव्य र अधिकार बारे जानकारी दिने गरि अभिमुखिकरण सञ्चालन भइरहेका छन् । भूमिसँग सम्बन्धीत सम्पूर्ण समस्या हल गर्ने गरि आयोगले तोकिएको अवधी भित्र काम सकाउनु पर्ने कार्यतालिका तय गरिएको छ ।

बुधबार २८, फागुन २०८१ ०५:५४

सुदूरपश्चिमका ११ क्याम्पसमा निर्विरोध नेतृत्व चयन , ६ क्याम्पसमा अनेरास्ववियु

सुदूरपश्चिमका निर्विरोध बनेका ११ क्याम्पस मध्ये ६ मा अनेरास्ववियु, ३ मा नेपाल विद्यार्थी संघ (नेविसंघ) र २ मा अखिल (क्रान्तिकारी) का उम्मेदवार निर्विरोध सभापति चुनिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा चैत्र ५ गते स्ववियु निर्वाचन हुने हुदैछ ।

बुधबार २८, फागुन २०८१ ०६:२१