बुधबार, २४ पुष २०८१

गौमुलका ७ वटै स्वास्थ्य संस्थाबाट स्मार्ट हेल्थ सेवा सुचारु

बाजुरा : गौमुल गाउँपालिकाका स्वास्थ्य संस्थाबाट स्मार्ट हेल्थ ग्लोवल सेवा सुचारु भएको छ । स्वास्थ्य सेवालाई थप पहुँचयोग्य र गुणस्तरीय बनाउँन स्वास्थ्य संस्थामा स्मार्ट हेल्थ सेवा सुचारु गरिएको हो । 

नागरिकलाई गाउँ, घरमै स्वास्थ्य सेवा उपलब्ध गर्ने उद्देश्यसहित गाउँपालिकाले स्मार्ट हेल्थ ग्लोवल परियोजनासंग सहकार्य गरी निःशुल्क सेवा सञ्चालनमा ल्याईएको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । 

दुरदराजका सेवाग्राहीहरुलाई गुणस्तरीय स्वास्थ्य पहुँचमा र स्वास्थ्य सुधारका लागि यो सेवा सुचारु गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् । सेवालाई सहज रुपमा उपलब्ध गराउँन पालिकाका ७ वटै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र स्वयंमसेविकालाई टेलिहेल्थ अर्थात स्मार्ट हेल्थ ग्लोवल परियोजनाका बरिष्ठ प्रबन्धक दिपीका श्रेष्ठको टोलीले तालिम प्रदान गरेको थियो ।

स्वास्थ्य सेवा पहुँच भन्दा बाहिर रहेका गाउँका मानिसहरुलाई लक्षित गरी प्रविधि मार्फत घरबाटै विशेषज्ञ डाक्टर सम्म जोड्ने र समस्या समाधान गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको श्रेष्ठले बताएकी छन् । 

स्मार्ट हेल्थ कार्यक्रम अन्र्तगत विभिन्न समस्याका बावजुत रोग पालेर बसिरहेका समुदायका मानिसहरुलाई टेलि हेल्थ एप मार्फत विशेषज्ञ डाक्टरसहितको सेवा उपलब्ध हुने र टेलि हेल्थको बारेमा जानाकारीका साथै कसरी चलाउँने भन्ने विषयमा स्वास्थ्यकर्मीलाई तालिम दिईएको बताएकी छन् । 

उनले भनिन् स्वास्थ्य संस्थाला हरेक हप्ता आजको दिन यो बिरामको डाक्टर बस्ने भनेर सेडुलसहित टेलिफोनबाट जानकारी दिने गरिन्छ । थप सहजताका लागि गाउँमै भएका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी मार्फत सम्बन्धित डाक्टर समक्ष समस्या भन्न सकिने उनको भनाइ छ । 

कतिपय दुर्गम क्षेत्रका नागरिकहरुले अझैपनि सहज, सुलभ तथा गुणस्तरीय सेवा पाउँन सकेका छैनन् । भौगोलिक तथा आर्थिक समस्याका कारण रोग लुकाएर बसिरहेका छन् । यसलाई ध्यानमा राख्दै प्रविधिबाट गाउँमै ठुलो हस्पिटलका विषशेज्ञ डाक्टर मार्फत परामर्श र उपचार सेवा प्रदान गर्ने कार्यक्रम लागु गरिएको गाउँपालिका अध्यक्ष रोकाया बताएका छन् । 

सीमान्तकृत नागरिकको सुलभ स्वास्थ्य उपचारका लागि सञ्चालन गरिएको उक्त सेवा लिए वाफत पैसा भने लाग्ने छैन् । टेली हेल्थको एप, अनलाईनबाट डाक्टरलाई आफ्ना समस्या भन्न तथा देखाउन सकिनेछ । जसपश्च्यात डाक्टरले दिएको सल्लाह अनुसार औषधी सेवन गनुपर्ने हुन्छ । 

टेलि हेल्थ मार्फत दिर्घरोगी, नसा तथा हाडजोर्नी, मधुमेह, उच्च रक्तचाप, गर्भवस्थाका समस्या लगायत बिरामको विशषेज्ञ डाक्टरबाट परामर्शका साथै उपचार सेवा लिन सकिनेछ । स्वास्थ्य चौकीमा आएका बिरामीहरुको अवस्थाको बारेमा स्वास्थ्यकर्मीले अनलाइनबाट चिकित्सकलाई जानकारी गराउँने र चिकित्सकले दिएको परामर्शको आधारमा स्वास्थ्य संस्थाले निःशुल्क रुपमा औषधी उपलब्ध गराउँने छ । 

स्मार्ट हेल्थ कार्यक्रमले विशेषगरी टेलि हेल्थ ओपिडी सर्भेस९बहिरंग सेवा०अन्तरगत स्वास्थ्य सेवा नपुगेका दुर्गम क्षेत्रका ब्यक्तिहरुलाई टेलि हेल्थ एप मार्फत विशेषज्ञ डाक्टरसहितको सेवा उपलब्ध गर्ने गरेको छ । यो सेवाबाट विशेषगरी ओपिडीमा आएका बिरामीहरु, गर्भवती, बालबालिका बढी लभान्वित हुने देखिएको छ ।

गौमुलको घट्मुना आधारभूत अस्पताल, अम्लिस आधारभूत स्वास्थ्य केन्द्र, मल्लोदुगून स्वास्थ्य इकाई, दहकोट स्वास्थ्य चौकी, माझपाली स्वास्थ्य केन्द्र, नकराडा आधारभूत स्वास्थ्य केन्द्र, मानाकोट स्वास्थय चौकीबाट स्मार्ट हेल्थ सेवा प्रवाह गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् । 

स्मार्ट हेल्थ सेवाले भैगोलिक विकटता र आर्थिक समस्याका कारण हालसम्म उपचार नपाएका व्यक्तिहरुले उपचार पाउँने र विपन्न परिवारका मानिसहरुलाई सहजता हुने वडा नं।४ का वडाध्यक्ष अमर बहादुर विकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस