बुधबार, २४ पुष २०८१

विकासको लय सम्हाल्दै बुढीनन्दा : शिक्षा र स्वास्थ्यमा सुधार

विद्युत र खानेपानी व्यवस्थीत बन्दै

बाजुरा : स्थानीय तह निर्वाचनको पहिलो कार्यकाल आलोचना र विवादमै बित्यो । केही नभएको, केही नगरेको आरोप लागिरह्यो । भन्दा फरक पर्दैन्, बुढीनन्दा नगरपालिका अस्तव्यस्त बन्यो । पालिकाको केन्द्र कोल्टीमा न पानी न बिजुली । कोल्टी बासीले हैरानी व्यहोर्न बाध्य भए । पानी खच्चडमा बोकेर खाने कष्ट समेत सहे । उज्यालोका लागि क्यान्डील खरिदमै ठूलो पैसा गुमाए ।

सुरुको वर्ष नयाँ नेतृत्वले पनि त्यो आलोचना र आरोप खेप्नु पर्यो । केही हुदैन्, की भन्ने धेरैमा निराशा समेत देखियो । तर समयसँगै आलोचना र विरोधको श्रृखला कम हुदै गएको छ । कोल्टीमा विजुली नियमित जस्तै छ । त्यसैमा केन्द्रीय प्रशारण लाइन जडानको काम तिब्र पारिएको छ । त्योभन्दा अघि जगन्नाथबाट नै विद्युत ल्याएर थप सहज पार्ने योजनामा पालिका लागि परेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले बताएका छन् ।

खानेपानी पनि नियमित आइरहेको छ । स्थानीयले कहिले कहिँ मुहानको पाइप बन्द गरिदिने, निकालिने दिने बाहेक अर्को कुनै समस्या छैन् । पानीकै कारण काकाकुल बनेको कोल्टी अहिले समस्या र अभाव बाहिर देखिन्छ । बुढीनन्दा नगरपालिका विमान स्थल भएको पालिका हो । सदरमुकाम मार्तडी पछिको ठूलो बजार र जनसंख्या पनि कोल्टी बजार अर्थात नगरपालिकाको केन्द्रमा बसोबास गर्छ । 

बजार र विमान स्थल भएर मात्र नगरको परिचय पूरा हुन सकेको छैन । अभाव, समस्या र अस्तव्यस्त अवस्था थियो । गाउँ धेरै टाढाको कुरा पालिकाको केन्द्रमै पानी र बिजुली, स्वास्थ्य र खाद्यन्न, फोन र इन्टरनेट कुनै सुविधा पाँच वर्षसम्म सहज भएका थिएनन् । अहिले आएर ती सुविधाहरु स्थानीयले सहज उपयोग गर्न पाएका छन् ।

हाललाई पुरानै पानी व्यवस्थित गरेर सहज आपूर्तिको व्यवस्था गरिएको छ । विद्युतका लागि राष्ट्रिय प्रशारण लाइन जडानको प्रक्रिया जारी छ । फोनको टावरमा सुविधा र क्षमता बढाउने काम गरिएको छ । जनक कुमार बोहरा नेतृत्वको टिम आएको २ वर्ष बित्यो । पहिलेको कार्यकालको ५ वर्षमा नगरिएका कामहरु पुरा भएको अवस्था छ ।  

कोल्टीमा २५ शैयाको अस्पताल निर्माण गर्ने, सबै स्वास्थ्य संस्थामा स्मार्ट हेल्थ सेवा 

केही समय पहिला बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संस्थामा न औषधी पाइन्थ्यो, नत स्वास्थ्य कर्मी नै नियमित भेटिन्थ्ये । भेटिएपनि आधारभूत परामर्श सहीतको सेवा बाहेक दिन सक्ने जनशक्ति र संरचना थिएन् । बीचमा केही वर्ष प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी चिकित्सक विहिन नै बन्यो । आएका स्वास्थ्य कर्मी माथि आक्रमण हुने र असुरक्षित ठानेर बस्नै नमान्ने गरेको आरोप समेत लाग्यो ।

तर त्यो अवस्था अहिले बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संस्थामा देखिदैन् । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी आधारभुत अस्पताल बनिसकेको छ । ३ देखि ४ जना चिकित्सक नियमित बस्ने गरेका छन् । ३५ जना बढी स्वास्थ्य कर्मीले अस्पतालबाट नियमित सेवा दिने गरेका छन् । वर्षेनी २० हजार बढी विरामी उपचारका लागि मात्रै आधारभुत अस्पताल कोल्टी आइपुग्ने गरेका छन् । 

अति जोखिम र जटिल प्रकृतिका विरामी बाहेक सबैजसोले कोल्टीमै उपचार सेवा पाउने गरेका छन् । ल्याप सेवा, फार्मेसी सेवा र अन्य चिकित्सक सेवाहरु नियमित प्रवाह हुने गरेको अस्पतालका प्रवक्ता प्रेम नेपालीले बताए । भवन संरचनाको अवस्थामा व्यापक सुधार भएको छ । सेवा प्रवाहको गुणस्तरमै विश्वास जनस्तरमा छ । ल्याप र फार्मेसी सेवा सहीत अप्रेशन सेवा समेत प्रवाह हुने भएपछि विरामीको चाप समेत बढेको नेपाली बताउँछन् । 

गएको २ वर्षको अवधीमा मात्रै तीन दर्जन बढी सुत्केरीको अप्रेशनबाटै बच्चा जन्माउन कोल्टी अस्पताल सफल भयो । गाउँ गाउँमा स्वास्थ्य संस्था भएपनि कोल्टी आधारभुत अस्पतालमा वर्षेनी साढे ३ सय बढी गर्भवती सुत्केरी सेवा लिनकै लागि आउने गरेका छन् । तीन वटा स्वास्थ्य संस्था र ६ वटा आधारभुत स्वास्थ्य इकाइमा स्मार्ट हेल्थे सेवा पनि सञ्चालन गरिएको छ । न औषधीको अभाव देखिन्छ । नत स्वास्थ्य कर्मीको कमी नै । 

स्वास्थ्य सेवा प्रति यहाँका स्थानीय सन्तुष्ट छन् । पहिला डाक्टर भेटिदैन्, थिए, औषधी पनि पाइदैन्, बाहिर मेडिकल मँहगो किन्नु पर्ने अवस्था थियो । सानै विराम लाग्यापनि मार्तडी जिल्ला पठाउँदा थिए, अहिले सबै समस्या दुर भएको र उपचारमा सहज भएको भन्छन्, स्थानीय कल्की विक । उनी दिर्घ रोगी हुन् । उनले पालिकामा नयाँ मेयर आएपछि स्वास्थ्य, खानेपानी राम्रो भएको प्रतिक्रिया दिइन् ।

गुणस्तरकै कारण कोल्टी क्षेत्रका चार वटा स्थानीय तह र छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका स्थानीय स्वास्थ्य सेवा लिनकै लागि कोल्टी पुग्ने गरेका छन् । यो सबै काम नयाँ व्यवस्थापन समिति र पालिकामा नयाँ नेतृत्व आइसकेपछि भएको दाबी नगर उपप्रमुख रामबहादुर बोहराको छ । अस्पताल व्यवस्थापन समितिको अध्यक्ष नगर प्रमुख जनक कुमार बोहरा स्वयम छन् ।

कुण्डा क्षेत्रकै अस्पतालका रुपमा विकास गर्न पालिका लागि परेको छ । सुदूरपश्चिम प्रदेश सरकारले १५ शैयाको आधारभुत अस्पतालको स्वीकृति दिने बताएपनि पालिकाले २५ शैयाको अस्पताल निर्माण गर्नलागि गरेको छ । छिमेकी जिल्ला र चार पालिकाका जनप्रतिनिधीलाई राखेर २५ शैया अस्पताल निर्माणको सम्झौता बुढीनन्दा नगरपालिकाले गरिसकेको छ । 

अमेरिकी संस्था जिइआइले निर्माण गर्ने लिखित सम्झौता गरिसकेको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । विदेशी संस्थाका प्रतिनिधीसँग १३ वटा स्थानीय तहका जनप्रतिनिधी, स्वास्थ्य कर्मी सहीतले छलफल तथा अन्र्तरक्रिया गरिसकेका छन् ।

कोल्टी बाजुराको सदरमुकाम मार्तडी पछिको ठूलो व्यापारी केन्द्र हो । सुर्खेत,  नेपालगञ्ज, धनगढी जानुपर्ने, हवाइ सहीतको महँगो भाडा तिर्नु पर्ने र दुरी लामो हुँदा बीचमा ज्यान गुमाउनु पर्ने अवस्थाको अस्पताल निर्माण पछि अन्त्य हुने नागरिक समाजका अगुवा सर्पलाल गिरीको विश्वास छ । 

२५ शैया क्षमताको अस्पताल निर्माण गर्न सके कुण्डा क्षेत्र र छिमेकी जिल्लाका नागरिकलाई स्वास्थ्य उपचार सेवा लिन सहज हुने देखिएको छ । सुविधा सम्पन्न अस्पताल निर्माण पछि पालिका स्तरमा थप स्वास्थ्य कर्मीको दरबन्दी राख्न र प्रत्येक पालिकाले डाक्टर नियुक्तीलाई ठूलो आर्थिक भार बेहोर्नु पर्ने बाध्यता अन्त्य हुने देखिन्छ । 

यो सहीत बुढीनन्दा नगरपालिकाले नेपालगन्ज स्थित कान्ति आरोग्य अस्पताल बीच बिमानस्थल (एअरपोर्ट), बसपार्क देखि कान्ति आरोग्य अस्पताल सम्म निशुल्क एम्बुलेन्स सेवा दिने, विशेषज्ञ बहिरंग ओपीडी सेवामा ५० प्रतिशत छुट दिने, प्रयोगशाला, एक्स–रे, शैया(बेड)मा २० प्रतिशत छुट दिने र औसधी, अप्रेसन, इको, भिडियो एक्स–रे मा समेत १० पैतिशत छुट दिने सहमति गरेको छ । 

शैक्षिक गुणस्तरमा सुधार, जिल्लामै पहिलो आवासीय विद्यालय

बुढीनन्दा नगरपालिकामा शैक्षिक गुणस्तरमा सुधार आएको छ । १७ प्रतिशतमा रहेको शैक्षिक उपलब्धी गएको वर्ष यता ६५ माथि पुगेको छ । विगतको तुलनामा यो राम्रो र सकारात्मक उपलब्धी भएको शिक्षा शाखा प्रमुख दयाराम जैशीले बताएका छन् । पालिकामा २० वटा विद्यालय छन् । ती सबैको शैक्षिक उपलब्धी राम्रो छ । कक्षा ८ र १० कक्षाको एसइइको नजितामा तीन गुणा सुधार भएको देखिन्छ । 

बुढीनन्दाले पालिका स्तरीय आवासीय विद्यालय निर्माणको काम थालेको छ । नगर प्रमुख जनक बोहराले विदेशी नागरिकहरुसँगको सहकार्यमा विद्यालय निर्माण गर्न लागिएको हो । १८ कोठे भवनको शिलान्यास समेत गरिसकिएको छ । यो जिल्लाकै पहिलो आवासीय विद्यालयका बन्ने भएको छ । 

बिशेष गरि पालिकामा बसोबास गर्ने भोटे जनजातीका बालबालिका र अनाथ, असाहयक र साहरा विहिन बालबालिकालाई लक्षित गरेर निर्माण गरिएको हो । चुनावी घोषणा पत्रमै बोहराले पालिका स्तरीय आवासीय विद्यालय बनाएर अभिभावक नभएका र साहरा गुमाएका सबैबालबालिकालाई शिक्षा विकास र बाँच्ने अधिकारको ग्यारेन्टी गर्ने गरि आवासीय विद्यालय स्थापना गर्ने उल्लेख गरेका थिए ।

बोहरा नेतृत्वको पालिकाको टिमले निर्वाचित भएको २ वर्षपछि आवासीय विद्यालय निर्माणको काम थालेका हुन् । श्रोत व्यवस्थापनमा केही समय लागेपनि अमेरिकी र स्वीजरल्याण्डका नागरिकले व्यक्तिगत लगानीमा भवन निर्माणको सहमति गरिसकेका छन् । विद्यालय बुढीनन्दा नगरपालिका ९ डप्कमा निर्माण हुन लागेको हो । 

जनजातीका बालबालिका परिवारको मौसमी बसाइ सराइले शिक्षा आर्जन र संरक्षणबाट वञ्चित हुने गरेका छन् । भने अभिभावक गुमाए, साहरा नपाएका बालबालिकालाई जिल्ला बाहिर अन्य सहयोगी निकाय खोजेर जिम्मा लगाउनु पर्ने र बेला बेला समस्या सुनिरहनु पर्ने अवस्थालाई ध्यान राखेर आवासीय विद्यालयको अवधारणा ल्याएको हो ।

पालिकामा नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम राखिएको छ । युवा रोजगार कार्यक्रमलाई जोडेर,विद्यालय भवन निर्माण, घेरवार, शौचालय सुधार, खानेपानी मर्मत र फिल्ड निर्माण सहितका कामहरु नगरप्रमुख शैक्षिक सुधार कार्यक्रम अन्र्तगत राखिएको छ । युवाले काम पाएका छन् । विद्यालयको अवस्था सुधार भएको छ । 

पहिलो कार्यकालमा नगर शिक्षकका रुपमा नियुक्ती गरिएको शिक्षकहरुलाई समेत कार्यसम्पादनका आधारमा निरन्तरता र अवकाश दिने नीति पालिकाले लिएको छ । शैक्षिक सुधारका लागि पालिकाको तर्फबाट गरिएको कडाइपछि अधिकांश समय बन्द हुने, शिक्षक नहुने, नियमित पठन पाठन नहुने बाध्यता पनि हटेको छ । 

धुलो मुक्त विद्यालय, उपचारात्मक ट्यूशन कक्षा, नगर प्रमुख छात्रवृत्ती, कक्षा ११ र १२ को पढाइ पूर्ण निशुल्क सहीतका कार्यक्रमले पनि शैक्षिक सुधारमा सहयोग पुगेको शिक्षा शाखा प्रमुख दयाराम जैशीले बताएका छन् । शिक्षाक्षेत्रको सुधारलाई पलिकाका प्रवक्ता जंगवीर रोकायाले पनि ठूलो उपलब्धीको रुपमा लिएका छन् । 

रनिङ शिल्डमा जित, क्षेत्रीय खेलमा कब्जा 

65bf7b07af149बाजुरा जिल्लामा आयोजना हुने राष्ट्रपति रनिङ शिल्डको १३ वर्षे इतिहासमा पनि बुढीनन्दा नगरपालिकाले गएको ब्रेक लगाएको छ । १४ औं राष्ट्रपति रनिङ शिल्डमा बडीमालिकालाई पछि पार्दै उपाधी बुढीनन्दाले उचालेको हो । यस अघिका सबै राष्ट्रपति रनिङ शिल्डका उपाधी तत्कालिन विद्यालय स्तरीय आयोजनामा मालिका नमुना मावि र पालिका स्तरीयमा बडीमालिका नगरपालिकाको कब्जा रहने गरेको थियो । 

कुण्डा क्षेत्रमा राष्ट्रपति रनिङ शिल्डको आयोजना पनि बुढीनन्दा नगरपालिकाले गएको वर्ष पहिलो पटक आयोजना गरेको हो । कराते, बक्सीङ्ग, सितारियो, उसु सहीतका खेलका विधामा पनि बुढीनन्दाको एकछत्र राज छ । पालिकाले खेल शिक्षक नियुक्त गरेको छ । खेल शिक्षकबाट नियमित प्रशिक्षण पाउने भएपछि अन्य विद्यालय र पालिकाले प्रतिस्पर्धा नै नगरि जित्ने अवसर बुढीनन्दालाई छ । 

क्षेत्रीय खेलमा समेत बुढीनन्दाकै राज चलेको छ । कराते, बक्सीङ्ग, सितारियो, उसु सहीतका खेलमा यो वर्ष २८ जना खेलाडी बाजुराबाट सहभागि भएका थिए । ती मध्ये २६ जना बुढीनन्दा र २ जना मात्रै अन्य पालिकाबाट खेलाडी छनोट भएको जिल्ला खेलकुद विकास समितिसँग रेडर्क छ । बुढीनन्दा खेल क्षेत्रमा पनि अरुभन्दा अगाडि देखिन्छ । 

८ वर्षदेखि अलपत्र विद्यालय भवन बन्दै

Nenhuma descrição de foto disponível.निर्माण सुरु गरेर बीचमै छोडिएको जनप्रकाश माविको १५ कोठे भवन यतिबेला बनिरहेको छ । ठेकेदारले निर्माण कार्य अधुरै छोडेको भवन पुनः टेण्डर सहीत बनिरहेको छ । भारतीय दुतावासले सहयोग गरेको रकमबाट निर्माण हुनु पर्ने विद्यालय भवन बीचमै अलपत्र पारिएको थियो । अलपत्र पारिएको ८ वर्षपछि आवश्यक प्रक्रिया सहीत मेयर सावको प्रयासमा यसवर्षबाट निर्माण जारी राखिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले बताएका छन् ।

भवनको ३ करोड २८ लाखमा नयाँ ठेक्का गरिएको हो । दुतावासको सहयोगमा ८ वर्ष अगाडि ४ करोड ४४ लाख ७२ हजार ४ सय ४४ रुपैयाको लागतमा निर्माण सम्झौता गरिएको थियो । आधा काम पनि भयो । अनलाइन सिस्टमबाट उक्त भवन निर्माणका लागि “ग्याल्वो निर्माण सेवासंग सम्झौता गरेको थियो । २०७२ चैत्र २८ गते सम्झौता भएको थियो सम्झौता मितिको १५ महिनामा सक्नुर्ने सम्झौता भएको थियो । 

तर निर्माण कार्यको ८ बर्ष बितिसक्दा पनि भवनको २० प्रतिशत पनि काम हुन नसकेपछि दुतावासले सम्झौता रद्द गरेको थियो । पछि पालिकामा आएको जनक बोहरा नेतृत्वको टिमले फेरि सम्झौता गराएर निर्माण थालनी गरेको छ । अघिल्लो कार्यकाल पदम गिरी नगर प्रमुख थिए । स्वयम गिरी कै निर्माण कम्पनीले पेटी ठेकामा भवन निर्माणको जिम्मा लिएको थियो । उनकै पालमा भवन अलपत्र परेको थियो ।

भवन निर्माण कम्पनीले १ करोड ६९ लाख १२ हजार १ सय ४१ रुपैया भुक्तानी लिएर पनि निर्माण अधुरै छोडेको थियो । भवन निर्माण हुने भएपनि विद्यालयका लागि पठन पाठनमा सहज हुने भएको छ । भने पालिका प्रति स्थानीय खुसी देखिएका छन् । १५ सय बढी विद्यार्थी अध्ययन गर्ने जनप्रकाश मावि बाजुराकै दोस्रो बढी विद्यार्थी चाप हुने विद्यालय हो । भवन निर्माण कार्यको ढलान कार्य समेत भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस