बुधबार, २४ पुष २०८१

गोदावरीमा एमालेको बद्नाम गराउन किर्ते हस्ताक्षर गरेको पुष्टी, एमाले नत्यागेको विज्ञप्ती मार्फत दिए जवाफ

धनगढी : नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको निर्वाचन क्षेत्रका ४६ जना संगठीत सदस्यले एक साथ पार्टी छोडेको विज्ञप्तीको हस्ताक्षर किर्ते गरिएको पाइएको छ । पार्टीमा असन्तुष्टी राख्ने २ जनाले थप ४४ जनाको हस्ताक्षर नै किर्ते गरेको विज्ञप्ती जारी गरेको पुष्टी भएको छ ।  

नेकपा एमाले र पार्टीका प्रदेश इन्चार्ज लेखराज भट्टको बद्नाम गराउन स्थानीय असन्तुष्ट एकजना एमाले कार्यकर्ताको दम्पत्तीले बाँकी ४४ जनाको नाम सहीत किर्ते हस्ताक्षर र औठाछाप समेत गरेका थिए । केहीलाई धम्की दिएर र केहीलाई जानकारी समेत नदिई आफै हस्ताक्षर गरि पार्टी छोडेको घोषणा गर्न लगाएका थिए । 

तर तीनै ४६ जना मध्ये कल्पना विक एमाले गोदावरी नगर कमिटी सदस्य हुन् । भने कल्पनाका श्रीमान रुपेश विकले पार्टी नेता प्रतिको असन्तुष्टी पोख्न किर्ते हस्ताक्षर सहीतको हर्कत गरेका थिए । गोदावरी नगर कमिटीले त्यसबारे सत्यतथ्य बुझेर सम्बन्धीत व्यक्तिहरुले स्वस्फूर्त रुपमा विज्ञप्तीको खण्डन सहीत किर्तेगर्ने रुपलाल विक माथि कारवाहीको माग गरेका छन् । 

२४ नबित्दै २८ जनाले सामुहिक हस्ताक्षर सहीत पार्टी कार्यालयमा उजुरीका लागि बुझाइसकेको नगर कमिटी अध्यक्ष सन्तोष सिंहले जानकारी दिएका छन् । सार्वजनिक रुपमा सामुहीक विज्ञप्ती पनि जारी गरेका छन् । उनीहरुले नगर कमिटीलाई कारवाहीको माग सहीत उजुरी पनि दिएको अध्यक्ष सिंहले बताएका छन् । पार्टी र नेतृत्वमाथि बद्नाम गराउने योजना सहीत विज्ञप्ती जारी गरेको नगर कमिटीले निष्र्कष निकालेको छ । 

कल्पना विक र रुपबहादुर विक दम्पत्तीले नेकपा एमालेमा बस्ने वातावरण नदिएको आरोप सहीत ४६ जनाको हस्ताक्षर सहीतको विज्ञप्ती मार्फत पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् । सामुहीक रुपमा राजीनमा पत्र दिएर एमालेमा बस्न नसकिने निष्कर्ष सहीत संगठित सदस्यता त्यागेको घोषणा गरेका छन् । संगठित सदस्यता त्याग्ने जति सबैले पुरानै पार्टी नेकपा माओवादीमा फर्किएका छन् । 

नेतृत्वले समेत आफूहरुलाई संरक्षण नगरेको, अपमान बारे नबोलिदिएको र पूर्व माओवादी भन्दै हेप्ने गरेको विज्ञप्ती मार्फत आरोप थियो । किर्ते हस्ताक्षर सहीत विज्ञप्ती जारी गर्न लगाउनेहरु सम्पर्कमा नरहेको गोदावरी नगर कमिटीले बताएको छ । 
Pode ser uma imagem de textoPode ser uma imagem de texto

प्रतिक्रिया दिनुहोस