धनगढी : नेकपा एमालेमा बस्ने वातावरण नदिएको आरोप सहीत चार दर्जन संगठित सदस्यले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् । सामुहीक रुपमा राजीनमा पत्र दिएर एमालेमा बस्न नसकिने निष्कर्ष सहीत संगठित सदस्यता त्यागेको घोषणा गरेका छन् । संगठित सदस्यता त्याग्ने जति सबैले पुरानै पार्टी नेकपा माओवादीमा फर्किएका छन् ।
संगठित सदस्यता त्याग्ने सबै जना पूर्व माओवादी हुन् । नेकपा एमाले केन्द्रीय सचिव एंव सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टसँगै नेकपा एमालेमा बसेका थिए । एमाले भित्रै पूर्व माओवादी जतिलाई अवसरबाट वञ्चित गर्ने, स्थान नदिने आरोप उनीहरुको छ । एमाले भएर बस्दा आफूहरु पटकपटक अपमानित हुनुपरेको उनीहरुको गुनासो छ ।
कैलालीको गोदावरी नगरपालिका–२ का नगर कमिटी सदस्य लगायत ४६ जना संगठित सदस्यहरुले वडा कमिटी अध्यक्ष समक्ष सामुहीक राजनीतिमा समेत दिएका छन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि बीचमा विभाजन भएको थियो । विभाजनको बेला राजीनामा दिनेहरुले आफ्ना नेता लेखराज भट्ट भएको भन्दै एमाले रोजेका थिए ।
नेतृत्वले समेत आफूहरुलाई संरक्षण नगरेको, अपमान बारे नबोलिदिएको र पूर्व माओवादी भन्दै हेप्ने गरेको आरोप उनीहरुको छ । पूर्व माओवादी खेमाबाट एमाले बनेका नेताहरुका विरुद्ध वडा, टोल तहसम्मै गुटबन्दी गरेर घेराबन्दी गर्न थालिएपछि पुरानै पार्टीमा फर्किने निधो गरेको उनीहरुले राजीनामा पत्रमा खेलेका छन् ।
ती संगठित सदस्यहरुले पुनः माओवादीमै फर्किने समेत बताएका छन् । उनीहरुले तत्कालीन माओवादीले गरेको ठूलो क्रान्ति जनयुद्धलाई कसैले पनि इन्कार गर्न नसक्ने बताउँदै अहिलेको गणतन्त्र, संघीयता, समावेशिता सबै जनयुद्धकै जगमा आएको स्मरणसमेत गराएका छन् ।
यता नेकपा एमाले गोदावरी नगर कमिटीले प्रचार गरिएजस्तो नभएको बताएको छ । नग कमिटी अध्यक्ष सन्तोष सिंहले २ जनाले असन्तुष्टी राखेको र अन्यलाई समेत सँगै नाम राखेर हस्ताक्षर गराएकोले आरोप गलत भएको र पार्टी छोडेर कोही नगएको दाबी सिंहको छ ।
१ जना नगर कमिटीको सदस्य हुन् । उहाँले आफ्नो बुढाबुढीको असन्तुष्टीलाई लिएर गुनासो गरेपनि नेतृत्व र पार्टी प्रति अनावश्यक आरोप लगाएर कसैले पनि पार्टी नछोड्ने भन्दै केही समयमै अर्को विज्ञप्ती आउने बताएका छन् । एकता प्रक्रियामा आएकाहरुलाई पार्टीले स्थान नदिएको, अपमान गरेको भन्ने तर्फ नै झुटो भएको भन्दै प्रदेश इन्चार्ज नै कमरेड लेखराज भट्ट भएको कुरा स्मरण गर्न सिंहले भनेका छन् ।
नाम उल्लेख भएका केहीलाई सम्पर्क गरि बुझ्दा पनि थाहै नदिइ हस्ताक्षर गरिदिएको उल्टो आरोप लगाएका छन् । एमाले नगर कमिटीले पार्टीको जबरजस्त बदनाम गराउने नियत राखिएको प्रति आपत्ती जनाएको छ । व्यक्तिगत स्वार्थलाई लिएर अनावश्यक एमाले माथि प्रहार गर्न खोजिएको निष्कर्ष नगर कमिटीको छ । गोदावरी नगरपालिका–२ कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ ।
उक्त क्षेत्रबाट प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका थिए । बलायर निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । पूर्व माओवादीका नेता रहेका भट्ट नेकपा विभाजन हुँदा एमोलेमै बसेका थिए । भट्ट हाल नेकपा एमालेको केन्द्रीय सचिव र सुदूरपश्चिम इन्चार्ज छन् ।
प्रतिक्रिया दिनुहोस