बाजुरा : शनिबार विहान भीरबाट लडेर घाइते विष्णुमाया रोकायाको थप उपचारका लागि समस्या देखिएको छ । परिवारले जिल्ला बाहिर लिएर उपचार गर्न सक्ने अवस्था नभएपछि १६ वर्षिया रोकाया घटमुना आधारभुत अस्पतालको विरामी कक्षमै मृत्युसँग लडिरहेकी छन् ।
गौमुल गाउँपालिका ५ कोटकी बिष्णुमाया दाउरा लिन जंगल गएको बेला भीरबाट लडेर घाइते भएकी हुन् । परिवार आफन्तले बाजुरा बाहिर लिन आर्थिक नभएकोले सहयोगको अपिल गरेका छन् । तर आफन्तको अनुरोधलाई कसैले सुनेको अवस्था छैन् ।
घटमुना आधारभुत अस्पतालले शनिबार साँझ नै रिफर गरेको हो । बालिकाको टाउकोमा गम्भीर चोट लागेको र कान, नाकबाट रगत बगिरहेको अवस्था छ । भने निरन्तर वान्ता समेत भइरहेको छ । चिसो मौसममा अस्पतालको विरामी कक्षमा थप सास्ती भइरहेको देखिन्छ ।
सीटी स्क्यान अनिवार्य देखिएकोले रिफर गरिएको घटमुना आधारभुत अस्पतालका डाक्टर कुश नेपालीले बताएका छन् । सिटी स्कानका लागि बाजुरा सहीत सुदूर पश्चिमका पहाडी जिल्लाका विरामीले धनगढी जानु पर्ने बाध्यता छ ।
गाउँका महिलाहरुले घाइते विष्णुमायालाई घट्मुना आधारभूत अस्पतालमा ल्याएका थिए । सिटी स्कान गरेर थप उपचारका सहज हुने अवस्था देखिएकोले धनगढी लैजान सल्लाहदिएको अस्पताल श्रोतले बताएको छ ।
उनको परिवारमा सहयोग गर्ने र आर्थिक अवस्थाले बलियो कोही छैनन् । बुबा सुस्त मनस्थिति छन् । सुस्त मनस्थिति भएका बुबा समेत कामको सिलसिलामा भारतमा रहेका छन् । आमा सामान्य साक्षर बाहेक छैनन् । न परिवारलाई आर्थिक जोहका लागि साहरा छ । न साथमा समुदायको सहयोग नै । अवस्था गाह्रो देखिएको उपचारका संलग्न डाक्टरहरुले बताएका छन् । विष्णुमाया मानाकोट मावि कक्षा–७ मा अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस