बुधबार, २३ माघ २०८१

प्रहरीले गर्यो बुढीगंगामा नागरिक सुनुवाई

बाजुरा : बुढीगंगा नगरपालिकामा नागरिक सुनुवाई कार्यक्रम संचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको आयोजनामा नगरपालिका क्षेत्रमा रहेका जिल्ला प्रहरी कार्यालय बाजुरा मातहतका प्रहरी चौकी र अस्थायी प्रहरी चौकीले गरेको कामको विवरण र शान्ति सुरक्षामा लयागतका विषयमा जानकारी गराउने लक्ष्यका साथ उक्त सुनुवाई कार्यक्रम संचालन गरिएको हो ।

नागरिक सुनुवाई कार्यक्रममा जिल्ला प्रहरीले दिदै आएको सेवाको जानकारी,प्रभावकारी सेवा,जनसेवामा सहभागिता,प्रहरीसंग नागरिकको सहज पहुँच,पारदर्शिता,अन्तरक्रिया, राय सुझाव संकलन र जनगुनासो सुनुवाई कार्य गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताएका छन् ।

नागरिक सुनुवाई कार्यक्रममा प्रहरी नायव उपरिक्षक गिरीले सहजीकरण गरेको कार्यक्रममा जिल्लामा भएका घटना,अपराध,लागु औषध लगायतका विषयमा जानकारी गराएका थिए । 

नागरिक सुनुवाई कार्यक्रममा प्रहरी नायव उपरिक्षक गिरीले प्रहरीले गरेको सकारात्मक काम र चुनौती र आगामी दिनमा नागरिकले प्रहरीलाई गर्नुपर्ने सहयोगको बारेमा सहजीकरण गरेका थिए । 

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँ प्रमुख अतिथी रहेका थिए । नागरिक सुनुवाई कार्यक्रममा नगर उप प्रमुख माया खड्का(कुँवर) विशिष्ट अतिथी रहेकी थिइन् । कार्यक्रममा १० वटै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ,शिक्षक विद्यार्थी लगायत सहभागी थिए ।
 

प्रतिक्रिया दिनुहोस