मङ्गलबार, २५ मङि्सर २०८१

बाजुरा विपद प्रतिकार्य सम्बन्धी तालिम सञ्चालन

बाजुरा : विपद प्रतिकार्यका लागि सामुदायिक पहल सम्बन्धी बाजुरामा चार दिने तालिम सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाको आयोजना र सुरक्षित नेपाल परियोजनासँगैको सयुक्त सहकार्यमा तालिमका सञ्चालन गरिएको हो । 

विपद प्रतिकार्यका लागि सामुदायिक पहल तालिम चार दिनसम्म आवासीय रुपमा सञ्चालन गरिएको सुरक्षित नेपाल परियोजनाका सामाजिक परिचालक राजेश सुनारले जानकारी दिएका छन् । तालिममा विपदमा परेका व्यक्तिको खोज, उद्दार तथा व्यवस्थापन बारे ज्ञान सीप सिकाइएको छ । 

विपद पूर्व र विपद पछिको तयारी तथा प्रतिकार्य योजनाको नमुना सिकाईका लागि प्रयोगात्मक तालिम सञ्चालन गरिएको कार्यक्रम सयोजक रवीन ढकालले बताएका छन् । तालिममा उपशाखा, जिल्ला शाखा, सामाजिक परिचालक र सामुदायिक विपद व्यवस्थापन समितिका सदस्य सहीत २६ जना सहभागि थिए ।

चार दिनसम्म प्राप्त सिकाईलाई मार्तडीमा रहेको क्रियटर जोन ऐकेडेमीमा प्रयोगात्मक नमुना अभ्यास गरिएको थियो । विपद व्यवस्थापन र त्यसको पूर्व तयारी तथा पछिको व्यवस्थापनको प्रतिकार्य योजना बारे सीप आर्जन गर्न तालिम फलदायी भएको रेडक्रम बाजुराका सभापति मेखराज जैशीले बताएका छन् । 

तालिम सद्घाटन समारोह सभापति जैशीको अध्यक्षतामा सञ्चालन भएको थियो । भने तालिमको उद्घाटन र समापन प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले गरेका हुन् । विपद सुरक्षा र प्रतिकार्य योजना बारे जानकारी सबै नागरिकलाई हुन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् । 

तालिममा दुर्गा भञ्ज्याग गुल्मका सेनानी विनोद श्रेष्ठ सहीत उद्घाटन समारोहका सहभागि थिए । रेडक्रसका उपमन्त्री विपीन विष्टको अध्यक्षतामा समापन समारोह सञ्चालन गरिएको थियो । होटल हिल टपमा आयोजना गरिएको तालिमको सहजिकरण कार्यक्रम संयोजक रवीन ढकाल र कर्णबहादुर साउँदले गरेका हुन् ।
 
 

प्रतिक्रिया दिनुहोस