शनिबार, ०३ कार्तिक २०८१

छेडेदह गोल्डकपको तयारी पुरा, प्रदेश सांसद शाहीले उद्घाटन गर्ने

बाजुरा :  तीन लाख धनराशीको छेडेदह गोल्ड कप २०८१ को तयारी पुरा भएको छ । कार्तिक ३ गतेबाट सुरु हुने गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ । लगातार छैटौं पटक आयोजना गर्दै आएको छेडेदह स्पोर्टस् क्लबले यो पटकबाट गोल्डकपको रुपमा आयोजना गर्न लागेको हो ।

कार्तिक ३ देखि १० गतेसम्म हुने गोल्डकपको उद्घाटन प्रदेश सभा सदस्य पदमबहादुर शाहीले गर्ने खेल सहकार्य गर्ने खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् । खेलको विहान ११ बजे औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिने भएको छ । उद्घाटन समारोहमा बाजुराका नौ वटै स्थानीय तहका प्रमुखहरु, राजनीतिक दलका प्रमुख प्रतिनिधी सहभागिहुने छन् । भने उद्घाटन खेल राजनीतिक दल र नागरिक समाज बीच हुने छ । 

आयोजक बाहेक १० बढी टिम सहभागि रहने खेलमा विजेतालाई २ लाख र उपविजेतालाई २ लाख पुरस्कार राशी राखिएको छ । यो सुदूरपश्चिमको पहाडको सबैभन्दा बढी धनराशीको प्रतियोगिता हो । 

खप्तड छेडेदह गाउँपालिका र छेडेहद स्पोर्टस् क्बलको सयुक्त सहकार्यमा गोल्ड कप आयोजना हुन लागेको गाउँपालिका उपाध्यक्ष बिशुदेवी नाथले जानकारी दिएकी छन् । खेल क्षेत्रको शान, छेडेदह गोल्डकप बाजुराको पहिचान भन्ने नारा दिएर आयोजना गर्न लागिएको आयोजकले बताएको छ । 

खेलको सम्पूर्ण तयारी पुरा भएको सचिव लक्ष्मण ओलीले बताएका छन् । एन्फा रेफ्रीको टिम भोलि विहान आइपुग्ने र गोल नेपालबाट लाइभ गर्ने तयारि गरिएको छ । आटीचौरमा २०७६ सालपछि हरेक वर्ष प्रतियोगिता आयोजना हुने गरेको छ । खेल क्षेत्रको विकासमा सहयोग गर्न र खप्तड छेडेदह गाउँपालिकाको आटीचौर क्षेत्रलाई खेल नगरिका रुपमा विकास गर्नप्रतियोगितालाई निरन्तरता दिइदै आएको छ । 

पाँचौ छेडेदह कपको समापन समारोहमा खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत र उपाध्यक्ष बिशुदेवी नाथले सयुक्त रुपमा छेडेदह गोल्डकपको नामले आयोजना गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार यो वर्षबाट पुरस्कार राशी नै बढाएर छेडेदह गोल्डकप आयोजना गरिएको हो । 

यो पटक जिल्ला प्रशासन कार्यालय दर्ता भएका टिमलाई मात्रै खेलमा सहभागि गराइने आयोजकले निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन नपाएका टिमको हकमा सम्बन्धीत पालिकाको आधिकारीक सिफारिस पत्र हुनु पर्ने छ । 

गोल्डकपमा उत्कृष्ट खेलाडी, उदय मान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल कर्ता गरि पाँच विधामा थप पुरस्कार दिइने छ ।  खेलकुदको उदेश्य बोकेर दर्ता भएका क्लबको हकमा मात्रै मान्य हुनेछ । भने पालिकाको लिखित सिफारिस पत्रमा पनि खेलाडीको समेत नाम उल्लेख गरि पठाउनु पर्ने प्रावधान राखिएको अध्यक्ष लोकेन्द्र खड्काले जानकारी दिएका छन् । खेलाडीले अनिवार्य आफ्नो परिचय खुल्ने प्रमाण बुझाउनु पर्ने छ ।

टिममा १८ जना खेलाडी, १ जना प्रशिक्षण र १ जना व्यवस्थापक सहित २० जना हुनु पर्नेछ । भने दर्ता शुल्क १५ हजार र धरौटी रकम ३ हजार तोकिएको छ । खान र बस्नको प्रबन्धक स्वयम टिम वा क्लबले नै व्यवस्थापन गर्नु पर्ने र विदेशी खेलाडीले समेत भाग लिन पाउने प्रावधान राखिएको छ । 

दशरथ माविको खेल मैदानमा हुने आयोजनाको व्यवस्थापनका लागि करिब १५ लाख बढीको लागत लाग्ने अनुमान गरिएको छ । खेलमा भाग लिने र हेर्न आउनेहरुले प्रेमताल, ऐतिहासिक कुडीकोट दरबार, शिरमा रहेको बडालेक, डाँडासैन जस्ता पर्यटकीय स्थानको अवलोकन गर्न पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस