मङ्गलबार, ०१ असोज २०८१

'बा'का सात सुइना !

कसको कृपाले हो, गाउँका अरू मान्छे जस्तो हाम्रा बा माओवादीको निशानामा पर्नुभएन। फाट्टफुट्ट कार्यक्रम र आन्दोलनमा त जानै पर्थ्यो। विना कारण ज्यान गुमाएका कैयौं शिक्षकका छोराछोरीहरू आज पनि कर्णाली र बुढीगंगा नदीसँग बा फिर्ता माग्दा हुन्। तर नदीको पानीसँगै, उनीहरूका बा बगे। उनीहरूका बाका सपना बगे। उनीहरूका ‘कुशे औंसी’ पनि बगे, कहिल्यै नफर्किने गरी।

सोमबार १७, भदौ २०८१ ०८:०२

सहसचिव डा. रेग्मीले पाए, पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी

बाजुरा घर भएका रेग्मीले लामो समयपछि संघीय निकायमा कार्यकारी प्रमुखको जिम्मेवारी पाएका हुन् । राज्यका माथिल्लो र कार्यकारी निकायमा बाजुराको उपस्थिति पनि बाक्लीदै गरिएको छ । यस अघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धकमा बाजुराकै पदम ओलीले अवसर पाएका छन् ।

मङ्गलबार १८, भदौ २०८१ ०७:४३

अनेमसंघ बाजुराले सद्भावका लागि तीज बिशेष कार्यक्रम गर्ने

अनेमसंघ बाजुराले मन्देवी ओली अध्यक्ष भएको कार्यकालदेखि हरेक वर्ष तीज बिशेष कार्यक्रम आयोजना गर्ने गरेको छ । सबै दलमा आवस्था राख्ने र सबै क्षेत्रसँग सम्बन्धीत महिलाहरुलाई जमघट गराएर नाचगान गर्ने गरिएको छ ।

मङ्गलबार १८, भदौ २०८१ ०८:१८

अनेमसंघ बाजुराले गर्यो सद्भावका लागि तीज बिशेष कार्यक्रम

सबै विचार र आस्था राख्ने महिलाहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष कोपीला सिंहको अध्यक्षतामा आयोजना गरिएको तीज बिशेष कार्यक्रमको सञ्चालन सचिव देबु खातीले गरेकी हुन् । कार्यक्रमको प्रमुख अतिथी नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओली थिए ।

बुधबार १९, भदौ २०८१ ०८:१९

एमाले बाजुराले जारी गर्यो पार्टी नेता कार्यकर्ताका लागि २१ बुँदे आचारसंहिता

जिल्ला इन्चार्ज लालबहादुर थापा सहीतका नेताहरुको पराशर्ममा पार्टी कमिटीको बैठकबाटै आचारसंहिता र नियम पालनाको निर्णय गरिएको छ । अध्यक्षमा लालबहादुर ओली आइसकेपछि पहिलो पटक प्रत्येक नेता कार्यकर्ताका लागि लिखित आचारसंहिता पालनाको निर्देशन गरिएको हो ।

शुक्रबार २१, भदौ २०८१ ०२:४९

पालिकामा दर्ता नगरि अटो सञ्चालन गर्न नपाइने बडीमालिकाको निर्णय, भाडादर पनि तोकियो

पालिकाका प्रमुख उपप्रमुख सहीत प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र अटो व्यवसायी बीचको बैठकले पालिकामा अनिवार्य दर्ता गरिनु पर्ने, इजाजत पत्र र अनुमति पत्र अनिवार्य हुनु पर्ने निर्णय गरेको छ । अनुमति पत्र नभएको चालक र बडीमालिका नगरपालिकामा दर्ता नभएको अटो पालिका क्षेत्रमा सञ्चालन गर्न नदिने नगर प्रमुख अमर खड्काले बताएका छन् ।

शुक्रबार २१, भदौ २०८१ ०३:२२

बडीमालिकाका सबैवडामा फाइबर नेट जडान हुने, मार्तडी बजार क्षेत्रको सडकबाटोको कित्ताकाट गरिदैं

नेट जडानका विषयमा कार्यपालिका भित्र निर्णय भइसकेको छ । भने वडाका कर्मचारी, प्राविधिकसँग पनि थप छलफल र परामर्श गरिसकिएको छ । इबडीमालिका र प्रविधी मैत्री बडीमालिकाको अभियान अन्र्तगत सेवा जडानको काम थालिएको हो । वडाबटै सबैप्रकारका सिफारिस र काम गर्न सकिने प्रविधी जडानका लागि फाइबर नेट जडान गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताएका छन् ।

शुक्रबार २१, भदौ २०८१ ०७:५४

अखिल क्रान्तिकारी बाजुरामा नयाँ नेतृत्व चयन, अध्यक्षमा पंकज बुढा

बाजुरा उद्योग वाणिज्य संघको सभा हलमा आयोजना गरिएको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । जसमा अध्यक्ष पंकज बुढा (पारस), उपाध्यक्ष देवेन्द्र कुमार शाही, तुलसा बुढा, सचिव विष्णु रोकाया, सहसचिव निराजन चदारा र जपेन्द्र शाही, कोषाध्यक्ष सञ्जु तिमिल्सेना सहीत ३१ जना सदस्य रहेका छन् ।

शुक्रबार २१, भदौ २०८१ १०:१३

१२ को मौका परीक्षामा बाजुराबाट १५५५ जना विद्यार्थी सहभागि हुने, २ स्थानमा परीक्षा केन्द्र तोकिए

बाजुुराका २७ वटा माध्यमिक विद्यालयबाट १ हजार ५ सय ५५ जना विद्यार्थी सहभागि हुन लागेका हुन् । उच्च माध्यमिक शिक्षा परिषद्ले २ वटा विषय लागेका विद्यार्थीले पुरक परीक्षा दिन पाउने प्रबन्ध गरेको छ ।

आइतबार २३, भदौ २०८१ ०७:५५

‘बेकामे’ बन्दै गेटामा बनेको ६ अर्बका संरचना, सुदूरपश्चिममा मेडिकल शिक्षा पढाउने लक्ष्य अधुरै

संघीय सरकारले २०८० असारमा ‘न्यूनतम सुविधा’ सहितको एक सय शय्याको अस्पताल सञ्चालन गर्ने नीतिगत निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले ५० शय्याको अस्थायी स्वीकृति मात्र दिएको छ । नीतिगत निर्णय नै गरिएको विषयमा समेत बेवास्ता गरिँदा यहाँका नागरिक सरकारप्रति रुष्ट बन्न पुगेका छन् ।

आइतबार २३, भदौ २०८१ ०७:५७

पार्टीको बलियो जग भएर काम गर्न जनसंगठनलाई एमाले बाजुराको निर्देशन

पार्टी अध्यक्ष लालबहादुर ओली र इन्चार्ज लालबहादुर थापाले उपलब्ध जनसंगठनका प्रमुखलाई बोलाएर छलफल गरेको जिल्ला कमिटी सदस्य हिराबहादुर रोकायाले जानकारी दिएका छन् । पार्टी कार्यालयमा जनसंगठनको काम कर्तव्य अधिकार बारे छलफल र हालसम्म गरेका गतिविधी बारे पनि छलफल गरिएको छ ।

आइतबार २३, भदौ २०८१ ११:१७

सुन लुटपाटको आरोपमा बाजुरा घर भएका प्रहरी जवान सहीत ३ जना पक्राउ

गएको साउन २९ गते उनीहरूले आइफोन दुई, सामसङ मोबाइल दुई, एप्पल कम्पनीको ल्यापटप एकथान र सुनको सिक्री लुटेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का विकास श्रेष्ठ, रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का मनोज भुजेल र बाजुराको त्रिवेणी नगरपालिका–७ का डम्मलाल पाध्याय छन्। लुटपाटमा संलग्न एकजना अझै फरार छन्।

आइतबार २३, भदौ २०८१ ११:२१

२८ लाख रकम हिनामिनाको आरोप सहीत काँग्रेस अछामका सभापतिका बिरुद्ध देउवालाई उजुरी

नेपाली काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुँवरले पार्टी सभापति शाहले पार्टी जिल्ला कोषको लाखौँ रकम हिनामिना गरेको, पार्टी कार्यालय निर्माणका लागी लालपुर्जा नभएको जग्गा खरिद गरी आर्थिक अपचलन गरेको लगायतका विषयमा छानबिनको माग गर्दै देउवा समक्ष निवेदन दिएका हुन् ।

सोमबार २४, भदौ २०८१ ०७:१८

पत्रकार महासंघको निर्वाचन गराउन नसकेपछि अध्यक्ष विपुल पोखरेलद्धारा राजीनामा

पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले भनेका थिए ।

सोमबार २४, भदौ २०८१ ०७:४२

बाजुराको बदेडाका निर्मल कंचनपुरबाट बेपत्ता

महेन्द्रनगरको साधारण माविमा कक्षा १० मा अध्ययनरत रहेका निर्मल भदौ २२ गतेदेखि बेपत्ता भएको उनका दाई राकेश विकले जानकारी दिएका छन् । निर्मलको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा खबर गरिसकेको बताईएको छ ।

सोमबार २४, भदौ २०८१ ०७:५६

शी लिड्स आईकनका २७ प्रतिस्पर्धी सार्वजनिक, गौमुलका उपाध्यक्ष सीता थापा २ नम्बरमा छनोट

जसमा सुदूरपश्चिमबाट ३ जना, कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३ ,लुम्बिनी प्रदेशबाट ७ र कर्णाली प्रदेशबाट ४ जना महिला जनप्रतिनिधिहरु जनमतका लागी छनोट गरिएको छ ।  प्रतिस्पर्धाको लागि खुल्ला रूपमा महिला जनप्रतिनिधिलाई सहभागिताका लागि आव्हान गरिएको थियो ।

मङ्गलबार २५, भदौ २०८१ ०८:३१

१८ लाख यात्रु बोकेको बुद्ध एयरको जहाजको भब्य विदाई

बुद्धका अनुसार जहाजको पूर्ण सञ्चालन अवधि पार गरेर यसरी बिदाइ गरिएको नेपालमै पहिलोपटक हो। अझ एटिआर जहाजको इतिहासमै पहिलोपटक भएको कम्पनीको भनाइ छ। एटिआर सन् १९८१ मा स्थापना भएको फ्रेन्च(इटालियन जहाज निर्माता कम्पनी हो।

मङ्गलबार २५, भदौ २०८१ ०७:५४