मङ्गलबार, २५ मङि्सर २०८१

बाजुरा उपनिर्वाचन : एमालेबाट सुलोचना उम्मेदवार, काँग्रेस र समाजवादी गठबन्धनको तयारीमा

बाजुरा : सरकारले उपनिर्वाचनको घोषणासँगै बाजुरामा पनि चुनावी बहस सुरु भएको छ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचनको मिति नजिकिएसँगै छलफल, बहस र दलहरुबीचका आपसी परामर्शहरु बढेका छन् । 

काँग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जैशीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि दलहरुले आफ्ना उम्मेदवार छनोटको कार्यथालनी गरेका छन् । नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढालाई एकल उम्मेदवारको रुपमा घोषणा गरिसकेको छ । भने नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

अर्को दलबाट भएपनि अनिवार्य महिला उम्मेदवार बनाउन निर्वाचन आयोगले निर्देशन जारी गरेपछि सबैदलबाट महिलाउम्मेदवार नै उठाउनु पर्ने देखिएको छ । नेपाली काँग्रेस र नेकपा एमाले एक्लाएक्लै चुनाव लड्ने तयारीमा देखिएपनि समाजवादी र माओवादी गठबन्धनको पक्षमा देखिएका छन् । 

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष पुरबहादुर रावतले काँग्रेस, समाजवादी र माओवादीको एउटै उम्मेदवार हुने संभावना बढ्दै गएको बताएका छन् । माओवादीसँग पनि परामर्श भइरहेको छ । त्यो नभएपनि नेपाली काँग्रेस र समाजवादीको एउटै उम्मेदवार हुनेमा लगभग लगभग पक्कापक्की भएको हो, रावतले भन्नु भयो ।

काँग्रेस र समाजवादी मध्ये जुन दलबाट उठाएपनि एउटै उम्मेदवार उठाउने हो, त्यस माओवादीको पनि सहकार्य रहने बारे छलफल भइरहेकोले सयुक्त उम्मेदवारका रुपमा व्यक्ति घोषणा गरिने रावतको दाबी छ । 

नेपाली काँग्रेसका सभापति रामसिंह रावलले पनि स्थानीय तहबाट गरिएको निर्णयलाई अनुमोदन गरिने बताएका छन् । नरेश शाहीलाई नेपाली काँग्रेसले प्रदेश सभामा साथ दिएको हो, स्थानीय तहको यो उपनिर्वाचनमा साथ दिनु पर्छ, भन्ने मान्यता हाम्रो हो, त्यसै अनुसार चुनावी तालमेल हुन्छ, होला, रावलले भन्नु भयो । 

स्वामिकात्र्तिक खापर गाउँपालिका नेपाली काँग्रेसले जितेको हो । नेकपा एमालेको लालकिल्लाकै रुपमा रहेको उक्त पालिकामा तत्कालिन नेकपा विभाजन पछि समाजवादी र माओवादी एक भएर लड्ला इतिहासमा पहिलो पटक काँग्रेसले जित हासिल गरेको हो । नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार भरतबहादुर रोकायाले २ हजार ११ मत र उपाध्यक्षमा मैनादेवी जैशीले १ हजार ७ सय ५७ मत ल्याएर जितेका हुन् ।

निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका अध्यक्षका उम्मेदवार चतुर्भुज शाहीले १ हजार ८ सय १० मत र उपाध्यक्षमा सुलोचलना कुमारी भण्डारी बुढाले १ हजार ६ सय ३७ मत ल्याएका थिइन् । समाजवादी र माओवादीको सयूक्त उम्मेदवारले १ हजार ३ सय ४८ मत ल्याएका थिए । 

नेकपा एमालेले उपाध्यक्षमा पराजित सुलोचला कुमारी भण्डारी बुढालाई नै फेरि उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस पनि लगभग पुल्तीसरा शाहीलाई अघि बढाउने निष्कर्षमा पुगेको छ । नेकपा एकीकृत समाजवादीले भने कुनै व्यक्तिको नाम अघि सारेको छैन् । 

यता नेकपा माओवादी केन्द्रले ५ जनाका नाम केन्द्र पठाएको पार्टी प्रदेश कमिटी कोषाध्यक्ष कमलकुमारी शाहले जानकारी दिएकी छन् । केन्द्र पठाएका प्रस्तावित उम्मेदवार रमिता विक, राजुकुमारी विक रचना, उपता बुढा, मनादेवी महतरा र रिता बुढा रोकाया मध्ये एक जनाको नाममा २५ गते बस्ने केन्द्रीय सिफारिस समितिको बैठकले निर्णय गर्ने शाहीको भनाई छ । 

चुनावी गठबन्धन बारे भने प्रदेश कोषाध्यक्ष शाहीले कुनै दलसँग तालमेल नगर्ने केन्द्रको निर्देशन अनुसार नै अघि बढ्ने बताएकी छन् । स्वामिकात्र्तिकमा सबै दललाई माओवादीले सहयोग गरिसकेको छ, अब माओवादीको उम्मेदवारलाई सहयोग गरेमात्रै चुनावी गठबन्धन गर्ने, नभए एक्लै लड्ने हो, शाहीले भन्नु भयो ।

स्वामिकात्र्तिकमा नेकपा एमाले र माओवादी एक्लै लडेपनि नेपाली काँग्रेस र समाजवादी बीच गठबन्धन हुने करिब टुंगो लागेको देखिन्छ । एक्लै चुनाव लड्दा जित हासिल गर्न नसकिने निष्कर्षमा काँग्रेस नेताहरु छन् । भने समाजवादीले पनि नेपाली काँग्रेसको साथ विना चुनाव लड्नुको अर्थ नरहेको निष्कर्ष नै निकालिसकेको देखिन्छ । 

अन्तिम समयमा आएर तालमेल नगर्ने केन्द्रीय नीति विपरित समाजवादीको साहरामा चुनाव लड्ने अवस्थामा नेपाली काँग्रेस आइपुगेको छ । आफ्नो अस्तीत्व र साइज मापनका लागि माओवादी मैदान उम्मेदवार पठाउने तयारीमा छ । भने नेकपा एमालेले आफ्नो विरासतलाई फर्काउने रणनीतिका साथ चुनावमा जाने तयारी थालिसकेको छ । 

नेकपा एमाले साथ दिन तयार भए सहकार्य गर्ने र नभए एक्लै लड्ने गरि उम्मेदवार नै घोषणा गरिसकेको छ । यतिबेला नेताहरु चुनावी छलफल र परामर्शका लागि पालिका केन्द्रीत भएको देखिन्छ । बाजुरामा चार दल बाहेक राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा कमै मात्रै हुने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस