मङ्गलबार, २५ मङि्सर २०८१

प्रदेश मन्त्री थापा बाजुुरा आउँदै, बडीमालिको कोल्ड च्याम्बर तथा कोदो दिवस मेलाको उद्घाटन गर्ने

बाजुरा : सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा  बाजुरा आउने भएका छन् । बडीमालिका नगरपालिकाले निर्माण गरेको कोल्ड च्याम्बर तथा कृषि बजार गृहको उद्घाटनका लागि मन्त्री थापा बाजुरा आउन लागेका हुन् ।

कृषि विकास निर्देशनालय दिपायल डोटी र बडीमालिका नगरपालिकाको सयूक्त सहकार्यमा कृषि उपज संकलनका लागि कृषि च्याम्बर गृह निर्माण गरिएको हो । च्याम्बरको मंसिर १ गते उद्घाटन गर्ने भएका छन् । सोही दिन बडीमालिका नगरपालिकाले कोदो दिवसको नाममा कोदो विस्कुट तथा कोदो परिकार प्रदर्शनी मेला आयोजना गरेको छ ।

कृषि ज्ञान केन्द्र बाजुरासँगको सहकार्यमा बडीमालिकाले पहिलो पटक कृषि उपज बस्तुहरुको संकलन, व्यवस्थापन र भण्डारणका लागि च्याम्बर गृह निर्माण गरि सञ्चालनमा ल्याउन लागेको नगर प्रमुख अमर खड्काले बताएका छन् ।

कृषि बजार सञ्चालनका लागि गएको साउनमा नै आवश्यक संरचनाका भवनहरु निर्माण भइसकेका छन् । कृषि बजार गृहहरुको हस्तान्त्रण र उद्घाटन एकसाथ गरिने भएको छ । उद्घाटन पछि कृषि उपज केन्द्रको सञ्चालन आधिकारीक रुपमा बडीमालिका नगरपालिकाले गर्ने कृषि शाखाका रमेश विकले बताएका छन् ।

कृषि च्याम्पर भवनहरु सञ्चालनमा आए बजारमा डोको बोकेर तरकारी विक्री गर्नु पर्ने समस्या हट्ने विश्वास गरिएको छ । नगरपालिकाले सोही दिन कोदो बालीको प्रवद्र्धन तथा विस्तारका लागि कोदो दिवस आयोजना गर्न लागिएको हो । नगरपालिकाले कोदोको परिकार प्रर्दशनी मेलाको रुपमा प्रत्येक वर्ष मंसिर १ लाई कोदो दिवस मनाउने निर्णय गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस