शुक्रबार, ०२ कार्तिक २०८१

बाजुराको विकट बिच्छ्याकी डाक्टर मल्ल अस्ताइन्

बाजुरा: हिमाली गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ अधिकृत  प्रेमकला मल्लको ५२ वर्षको उमेरमा निधन भएको छ । ३० वर्षदेखि दुर्गम गाउँका नागरिकको स्वास्थ्य सेवामा दिदै आएकी मल्लको बुधबार निधन भएको हो । 

विकट गाउँका नागरिकको स्वास्थ्य सेवामा तल्लिन रहने नर्सिङ अधिकृत मल्लको हृदयघातका कारण मृत्यू भएको हो ।

बाजुरा नजिकै हुम्लामा दिदीको घरमा गएको बेला एकाएक बिरामी भएकी र हिमाली गाउँपालिकाको समन्वयमा कोल्टी आधारभुत अस्पतालमा पुर्याउनै लाग्दा मृत्यु भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।

नर्सिङ अधिकृत मल्लले हाल केही समय देखि हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी समाल्दै आएकी थिइन् ।  बाजुराको अति विकट बिच्छ्या घरघरमा पुगेर सेवा गरिरहेकी अनमी मल्लको निधनले हिमाली गाउँपालिका शोक मग्न बनेको छ ।

प्रतिक्रिया दिनुहोस