मङ्गलबार, २५ मङि्सर २०८१

पुनः काँग्रेसको सक्रिय राजनीतिमा फर्किदै पूर्व प्रदेश प्रमुख देवराज जोशी

सम्बन्ध नविकरण गर्न जिल्ला व्यापी भेटघाटमा व्यस्त

बाजुरा : सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशी पुनः सक्रिय राजनीतिमा फर्किने भएका छन् । तीन वर्ष प्रदेश प्रमुखको कार्यकाल बिताएका जोशी पुनः नेपाली काँग्रेसबाटै राजनीतिक जीवनमा सक्रिय रहने भएका हुन् । प्रदेश प्रमुख हुन पूर्व पनि जोशी नेपाली काँग्रेसमा सक्रिय थिए । 

सक्रिय राजनीति सुरु गर्ने योजना अनुरुप नै जोशी यतिबेला गाउँ केन्द्रीत बनेका छन् । राजनीतिक र सामाजिक सम्बन्धको नविकरण गर्न गाउँ केन्द्रीत बनेको बताएका जोशीले नेता कार्यकर्तासँगको भेटघाटलाई सक्रिय राजनीति सुरु गर्ने संकेतका रुपमा बुझ्दा फरक नपर्ने बताएका छन् । 

‘साढे तीन दशक लामो समय सक्रिय राजनीतिमा बिताएँ । धेरै अनुभव, योग्यता र सिकाई आर्जन गरेँ, अब प्रदेश प्रमुखको भूमिका सकिएसँगै विश्राम लिन मनले नमाने पछि सक्रिय राजनीतिमा आउने निधो गरेको जोशीले भन्नु भयो ।’ 

‘मलाई भन्दा बढी पार्टी, नेता र कार्यकर्तालाई मेरो अनुभव जरुरी छ । मैले अब केहि फरक र नविन विचारको राजनीति गर्ने सोच बनाएको छु ।’ सबै दल र समाज बीचको सद्भाव र सहकार्यको राजनीति स्थापित गर्नेलक्ष्य सहीत पुनः सक्रिय राजनीतिकमा फर्किएको जोशीले स्पष्ट पारेका छन् । जोशीले नेपाली काँग्रेसको पार्टी क्रियाशिल सदस्यता पनि नविकरणको प्रक्रिया थालिसकेका छन् ।  

Pode ser uma imagem de 8 pessoas e pessoas estudandoप्रदेश प्रमुख हुँदा सबै जिम्मेवारी र आस्था विचारबाट बाहिर बस्नु पर्ने हुन्छ । सोही कानुनी प्रावधान अनुसार जोशीले नेपाली काँग्रेसको सदस्यताबाट राजिनामा दिएका थिए । जोशीले २०३९ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए । २०४७ सालमा नेपाली काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा आएर पहिलो पटक जिल्ला कार्य समिति गठन गरेपछि त्यो समितिको सदस्य भएका थिए ।

शिक्षक पेशामा आवद्ध जोशीले २०४८ सालको निर्वाचन लड्न पर्ने भएपछि राजिनामा दिएका थिए । तीन पटक २०४८, २०५१ र २०६४ सालमा बाजुराबाट चुनाव लडेका जोशी २०४८ र २०६४ सालमा विजयी भए, भने २०५१ सालमा नेकपा एमालेका हिक्मतजंग शाहीसँग पराजित भएका थिए । इमान्दार र प्रष्ट विचार शैलीको व्यक्तित्व बनाएका जोशी यतिबेला जिल्लामा उपलब्ध आफू निकटका नेता कार्यकर्तालाई साथमा लिएर जिल्ला दौडाहमा सक्रिय देखिन्छन् ।

देश र जनताको सेवाका लागि तीन वर्ष प्रदेश प्रमुखको रुपमा विवाद रहीत जिम्मेवारी निर्वाह गरेँ, अब फेरि नेपाली काँग्रेसबाटै सक्रिय राजनीति गरेर पार्टी, र जनताका पक्षमा काम गर्ने प्रतिवद्धता जोशीको छ । प्रदेश प्रमुखबाट बाहिरिएकै दिन जोशीले धनगढीमा पत्रकार सम्मेलन गरि सक्रिय राजनीतिमै फर्किने संकेत गरेका थिए ।

Pode ser uma imagem de 2 pessoas e papagaioजोशीले आफ्नो भेटघाटलाई सामाजिक सम्बन्ध र राजनीतिक जीवनको नविकरण भनेका छन् । दुई पटक गरेर तीन वर्ष प्रदेश प्रमुखको रुपमा बिताएका जोशी नेपाली काँग्रेस बाजुरामा निष्पक्ष, इमान्दार र प्रष्ट अडान भएको नेताको छवीले परिचित छन् । देउवा निकट रहेर काम गरेका जोशीले फेरि देउवाकै समर्थनमा आफ्नो राजनीतिक जीवन सक्रिय बनाएको अड्कलबाजी पनि गर्ने गरिएको छ । 

पार्टी भित्र र संसदीय मोर्चामा कुनै पदीय लोभ र कुनै अभिष्ट पुरा गर्ने नियतले नफर्किएको समेत स्पष्ट पारेका छन् । नेपाली काँग्रेसबाट सक्रिय राजनीति गरेपनि सबैको साझा र सहकार्यको राजनीतिक वातावरण निर्माणमा आफ्नो भूमिका रहने बचन जोशीको छ । 

गौमुल, खप्तड छेडेदह, त्रिवेणी र बुढीगंगा नगरपालिकाको भेटघाट सकाएका जोशीले उपलब्ध नेता कार्यकर्तालाई पनि विकास र सहकार्यको राजनीतिमा जोड दिँदै, समाजको विकासमा जिम्मेवार हुन सुझाव दिइरहेका छन् । जोशीले नेपाली काँग्रेस बाहेक दलका नेता कार्यकर्तालाई पनि भेटघाट गर्ने गरेका छन् । 

Pode ser uma imagem de 2 pessoas e tablado

प्रतिक्रिया दिनुहोस