बिहिबार, ०३ असोज २०८१

गौराले राष्ट्रिय एकता र सामाजिक सद्भावना बढाउने छ : प्रदेश प्रमुख मियाँ

आइतबार बिरुँडा धुँदै नाउलामा गौराको विधिवत् रुपमा पूजा गरिएको छ । यसलाई नाउलाकी गौरा भन्ने प्रचलन रहेको छ । अमुक्ताभरण सप्तमीको दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ । त्यो दिन व्रतालु महिलाहरूले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन रहिआएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा गौराको रौनक अझ बढी हुने गर्छ ।

आइतबार ०९, भदौ २०८१ ०२:२७

देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

सोमबार १०, भदौ २०८१ ०९:५३

सुदूरपश्चिममा गौरा पर्वको रौनक

दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन् ।

सोमबार १०, भदौ २०८१ ०९:५६

नेपाल एयरलाइन्सकाे अवस्था चुनाैतीपूर्ण छ : मन्त्री पाण्डे

मन्त्री पाण्डेले  भन्नू भयाे, नेपाल एयरलाइन्स खस्किएकाे छ।अत्यन्तै कमजोर भएको छ।त्यसलाई सुरक्षित बनाउन सकेका छैनाैं। नागरिक उड्डयन क्षेत्र सुरक्षित बनाउन चुनाैती छ। यस क्षेत्रलाई सुधार गर्न सकेमा पर्यटन क्षेत्रकाे विकासका टेवा पुग्ने छ।

सोमबार १०, भदौ २०८१ ०४:४९

सुदूरपश्चिमको विकास र संवृद्धिको लागि प्रदेश प्रमुखसँग छलफल

एमाले नेता महरले सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावना हुँदा हुँदै पनि पर्याप्त विकास हुन नसेको बताएका थिए । उनले सेती लोकमार्ग हुँदै उरै नाका खोल्न सक्दा सुदूरपश्चिम प्रदेशको मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा नै महत्त्वपूर्ण योगदान पुग्ने बताए। यो सडक मार्फत भारतको राजधानी नयाँ दिल्लीलाई चीनको तिब्बतसँग छोटो दुरीमा जोड्न सक्ने महरको भनाइ थियो ।

सोमबार १०, भदौ २०८१ ०८:१२

'रित्ती जाने बैँसको के गरूँ म घमण्ड...!'

भीम बीसीको शब्द र संगीतमा गायिका मेलिना मैनाली र गायक टेक बीसीले स्वर भरेका हुन् । 'मारुनी डिजिटल रेकर्डिङ स्टुडियो'मा रेकर्ड भएको यो गीतको म्युजिक एरेञ्ज विश्व अधिकारीले गरेका हुन् भने भिडियोको निर्देशन माधव शर्माले गरेका छन् ।

सोमबार १०, भदौ २०८१ ०८:३५

एकीकृत समाजवादीको सचिवमा बाजुराका नरेश शाहीको उम्मेदवारी

सचिव पदका उम्मेदवार शाही बाजुराका स्थायी बासिन्दा हुन् । उनले क्रियाशील र इमानदार नेताको छवी बनाएका छन् । पार्टी कार्यकर्ताबीच पनि लोकप्रीय छन् भने देश भरि युवाको नेटवर्क पनि राम्रो रहेको छ । शाहीले पार्टी निर्माण, सक्रियता र पार्टी भविष्यका लागि आफ्नो उम्मेदवारीमा मतदाताले समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।

मङ्गलबार ११, भदौ २०८१ ११:३७

जितेका सांसदलाई ४ करोड र समानुपातिकलाई २ करोड बाँड्दै, सुदूरपश्चिम सरकार

समानुपातिक सांसदहरू भने प्रत्यक्ष निर्वाचित र समानुपातिकमा विभेद गर्नु उचित नभएको बताइरहेका छन् । त्यसैमा मुख्यमन्त्री शाहले २५ लाखभन्दा कम रकमका योजना नराख्ने र प्रदेश सरकारले कार्यान्वयन गर्ने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगर्ने बताएपछि सांसदहरू रुष्ट छन् ।

मङ्गलबार ११, भदौ २०८१ ०२:४६

जस्ले समाजवादी पार्टी बनाउन विद्रोहको गरे, आन्तरिक चुनावमा आफै बढारिए

व्यक्ति नमान्ने, विधी मान्ने, व्यक्ति पुजा छोडेर पार्टी प्रणालीमा विश्वास गर्ने, एक पद एक व्यक्तिको अवधारणा लागु गर्ने, आचरणमा सफा र गुटरहीत पार्टी बनाउने माधव कुमार नेपालको उद्घोष पार्टी विभाजन गरेका थिए । तर भदौ ११ को चुनावको झल्को हेर्दा तत्कालिन एमालेमा रहँदा भन्दा गुटको पीडा उम्मेदवारहरुले समाजवादीमा सहन पर्यो ।

बुधबार १२, भदौ २०८१ १०:२८

कार्यविभाजन सहीत तीन वर्षे योजना बनाउन एमाले बाजुराको बैठक बस्दै, नेताहरु मार्तडी केन्द्रीत

बैठकका लागि केन्द्र, प्रदेश र जिल्ला कमिटीका नेताहरु बाजुरा आइसकेका छन् । पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज लालबहादुर थापा चारदिन पहिला नै बाजुरा पुगिसकेका छन् । भने प्रतिनिधी सभा निर्वाचन क्षेत्र इन्चार्ज सहदेव बोगटी, निर्वाचन क्षेत्र क का ईन्चार्ज प्रकाश शाह पनि मार्तडी पुगिसकेका छन् ।

बिहिबार १३, भदौ २०८१ ०८:२४

बाजुरामा भीरबाट लडेर महिलाको मृत्यु

कार्कीका अनुसार बुधबार दिउसो १२ बजे गाउँ नजिकैको घोडानाखे जंगलमा घाँस काट्न गएका बेला  साढे ३ बजेतिर लडेर घटनास्थलमै मृत्यु भएको बताएका छन् ।

बिहिबार १३, भदौ २०८१ ०४:४५

एमाले बाजुरामा विभाग र वडा इन्चार्जको जिम्मेवारी तोकियो : संगठनमा खड्का र प्रचारमा राजन

पार्टीको बैठकले असोज १२, १३ र १४ गते मार्तडीमा बृहत पार्टी प्रशिक्षण कार्यक्रम गर्ने मिति तय गरेको छ । भने मंसिर भित्र अधिवेशन गर्न बाँकी सबै वडा, पालिका र जनसंगठनका अधिवेशन गरि सक्न निर्देशन सहीतको निर्णय गरेको छ ।

बिहिबार १३, भदौ २०८१ ०८:१०

एमाले बाजुराको प्रचार विभाग प्रमुखको जिम्मेवारीमा राजन रोकाया

पार्टी आठौं जिल्ला अधिवेशनबाट खुला तर्फको कोटामा चुनाव जितेका रोकाया यस अघि पनि जिल्ला कमिटी सदस्य थिए । सदस्य भएकै बेला बुढीनन्दा नगर कमिटीको इन्चार्जको भूमिका निर्वाह गरेका थिए । वडा अध्यक्ष भएर काम गरिसकेका रोकायाले सानै उमेरमा पार्टीको प्रमुख जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन् ।

शुक्रबार १४, भदौ २०८१ ०४:३४

सुख्खा पहिरो खसेपछि थुनियो कवाडी नदी : कर्णाली आसपासका बासिन्दालाई सतर्क बस्न आग्रह

पहिरो विहान १० बजेपछि लागेको र लगत्तै नदी थुनिएको प्रत्यक्ष दर्सीले बताएका छन् । पहिरोपनि नदीको छेउको पहाड खसेर लागेको हो । कवाडी बाजुराको बुढीगंगा पछिको दोस्रो ठूलो नदी हो । जुन नदी मुगु र हुम्ला कर्णाली हिमाली गाउँपालिकाको कवाडी बजारमा पुगेर मिसिने गरेको छ ।

शुक्रबार १४, भदौ २०८१ ०५:०७

४ किलो चरेससहित बझाङका धामी धनगढीमा पक्राउ

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय, धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोली धामीलाई पक्राउ गरेको हो ।

शनिबार १५, भदौ २०८१ ०७:४८

गौमुलको कुमारी बैंक चोरीको आशंमा तीन जना पक्राउ, पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने प्रहरीको तयारी

आशंका गरिएका तीन जनालाई पक्राउ गरी सोधपुछ गरिरहेको छ । लगाएको हुलिया र सिसि टिभी फुटेजको दृश्य अनुसार नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायब उपरीक्षक रवीन्द्रसिंह कार्कीले बताएका छन् ।

शनिबार १५, भदौ २०८१ ०७:५१

नेकपा एमाले बाजुरामा २३ सदस्यीय सचिवालय गठन, ६९ वटा वडाका इन्जार्चपनि तोकिए

पाँच जना पदाधिकारी सहीत सिनियर जिल्ला कमिटी सदस्यहरु रहने गरि सचिवालय गठन गरिएको अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । एमालेले गठन गरेको सचिवालयमा अध्यक्ष लालबहादुर ओली, उपाध्यक्ष जनक कुमार बोहरा, सचिव काशी विक, उपसचिव हरि रोकाया र राजकला सार्की रहेका छन् ।

शनिबार १५, भदौ २०८१ ०७:५४

धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता

धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न अखिल नेपाल फूटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग र धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपल हमालबिच आज (शनिबार) सम्झौता भएको हो।

शनिबार १५, भदौ २०८१ ०८:१६

एमाले बाजुराले अलपत्र विकासे योजनाको खबरदारी गर्ने, जिल्ला सदस्यले उपभोक्ता समितिमा बसे कारवाही

संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालमा रहेका योजनाको निर्माण अवस्थाको अध्यायन गरि संगठनका कामसँगै मासिक रुपमा पार्टी जिल्ला कमिटीलाई प्रतिवेदन बुझाउन सर्कुलर समेत जारी गरिसकिएको अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । पार्टी जिल्ला कमिटीका ६९ जना सदस्य कसैले पनि उपभोक्ता समितिमा बस्न नपाउने निर्णय समेत एमाले बाजुराले गरेको छ ।

आइतबार १६, भदौ २०८१ ०६:१९

बाजुरामा 'न्यू मिसन' दैनिक पत्रिका विमोचन

बाजुरा सदरमुकाम मार्तडी बाजुर नियमित प्रकाशन गर्ने गरि पत्रिका विमोचन गरिएको प्रकाशक धनकृष्ण विकले बताएका छन् । विक समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य हुन् । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय देखिएका विकले जिल्लामा छापा तर्फका पत्रिका प्रकाशन रोकिएको बेला नयाँ आटँ सहित प्रकाशनको तयारी थालेका हुन् ।

आइतबार १६, भदौ २०८१ ०६:२०

आमसञ्चार नीति छिटो ल्याउन प्रदेश सरकारलाई प्रेस चौतारीको अनुरोध

सुदूरपश्चिम प्रदेशमा आमसञ्चार माध्यमको अवस्था दयनीय बन्दै गइरहेको छ र विश्व बजारमा आएको आर्थिक मन्दी र कोरोनाकालको असर सुदूरपश्चिमका आमसञ्चार माध्यममा पनि परेको भन्दै सञ्चार क्षेत्रका विषयमा गम्भीर बन्न आग्रह गर्दै मन्त्री सार्कीलाई ज्ञापन पत्र बुझाइएको हो ।

आइतबार १६, भदौ २०८१ ०६:२३

आह ! बाजुराको साप्पाटामा लटरम्म फलेका मन रसाउने स्याउका बोटहरु...

कृषि ज्ञान केन्द्रका अनुसार सबै स्याउले बजार पाउन सके र लगायतका जति सबैबोटमा राम्रो उत्पादन हुन सके ३ देखि ४ करोडको स्याउ बाजुरामा मात्रै उत्पादन हुने देखिन्छ । बुढीनन्दा र स्वामिकात्र्तिक पछि हिमाली र जगन्नाथ गाउँपालिकाका केही वडामा पनि स्याउ खेती गर्ने गरिएको छ ।

आइतबार १६, भदौ २०८१ ०६:५१

गौमुलको कुमारी बैंक चोरी गर्ने तीन विरुद्ध मुद्दा दर्ता, जस्ले राती २ बजे तोडेका थिए बैंक

पक्राउ लगत्तै मुद्दा दर्ता गरि जिल्ला अदालतबाट म्याद थप समेत गरिसकेको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायब उपरीक्षक रवीन्द्रसिंह कार्कीले बताएका छन् । चोरीमा संलग्न तीनै जना चोरी र लुटलाट जन्य अन्य घटनामा समेत संलग्न भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

आइतबार १६, भदौ २०८१ १०:२१

२० वर्ष नपुगी सुदूरपश्चिममा ४ हजार बढीले बच्चा जन्माए, बाजुरामा मात्रै ४ सय नाघे

उमेर नपुग्दै बच्चा जन्माउने महिलाको संख्या सबैभन्दा बढी कैलालीमा देखिएको छ । स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कले सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९र८० मा ४ हजार ४५५ महिला २० वर्ष नपुग्दै आमा बनेको देखाएको छ। सो वर्ष प्रदेशभर ४२ हजार ६४२ महिला सुत्केरी भएको तथ्याङ्क छ ।

सोमबार १७, भदौ २०८१ ०३:२६