एसबिए तालिम प्राप्त स्वास्थ्य कर्मी राख्ने, बर्थिग सेन्टरका लागि सोलार जडान गर्ने, व्यवस्थापन समितिको बैठक नियमित गर्ने, आमा समूहको बैठकमा स्वास्थ्य कर्मीको नियमित अनुगमन र सचेतना कक्षा सञ्चालन गर्ने, परिवार योजनाका साधन प्रयोग कर्ता बढाउने योजनामा राखिएको छ ।
बुधबार १६, असोज २०८१ ०५:२०
गएको वर्ष निर्माण कार्य सम्पन्न गरिएको भवन देशभरकै २६ औं स्थानमा उद्घाटन गरिएको पालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । तत्कालिन नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरकै ७ सय ५३ वटा स्थानीय तहमा पालिका अस्पताल निर्माणको शिलान्यास गरेका थिए ।
शुक्रबार १८, असोज २०८१ ०७:४४
पीसविन, यूएनएफपीए र गौमुल गाउँपालिकाको सयुक्त सहकार्यमा सामाजिक परिक्षण गरिएको स्वास्थ्य चौकी इन्चार्ज प्रेमबहादुर विकले जानकारी दिएका छन् । सामाजिक परिक्षणमा सहभागि स्थानीयले स्वास्थ्य चौकीबाट प्रवाह हुने स्वास्थ्य सेवा सहज र विरामी मैत्री रहेको भन्दै सन्तुष्टी जनाएका हुन् ।
शुक्रबार १८, असोज २०८१ ०८:१५
मार्तडीबाट पैदल यात्रा सहीत त्रिवेणी पाटन हुदँै बडीमालिका दर्शन गरेका ज्ञवालीले बडीमालिका जस्तो सुन्दर र संभावना बोकेको पर्यटकीय गन्तव्य अर्को कमै मात्र भेटिने बताएका छन् । ज्ञवालीले भने–‘सबै जिल्ला र संसारका धेरै देश घुमेको छु, धेरै त्यहाँका गन्तव्य हेरेको छु, तर बडीमालिका बिशेष लाग्यो, त्यो पनि दुई कारणले एउटा यस्ता विशाल अनि सुन्दर पाटन कमै भेटिन्छन्, अर्को यो स्तरको मान्छेमा धार्मिक आस्था र विश्वास पनि कमै शक्तिपीठमा हुन्छ ।’
आइतबार २०, असोज २०८१ १२:५०
जनतासँग जोडिने, जनताका समस्या र सवाल बारे जानकारी लिने र उनीहरुको सुझाव सल्लाह लिने गरि नेताहरु कार्यक्रम जुराएर गाउँ केन्द्रीत बनिरहेको एमाले बाजुराका सचिव काशी विकले बताएका छन् । बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकामा पार्टी केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीकै नेतृत्वमा नेताहरु शुभकामना सहीतका कार्यक्रममा भाग लिन पुगेका छन् ।
आइतबार २०, असोज २०८१ ०६:३३
भिरबाट लडेर खुट्टामा गम्भीर चोट लागेको अवस्थामा उनले आर्थिक अभावका कारण घरमै घरेलु उपचार गराइरहेकी थिइन् । दुई दिन पछि एमाले अध्यक्ष ढुङ्गानाले आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेको थाहा पाएपछि नवजीवन अस्पतालमा बोलाएर उपचार गराएका हुन् ।
आइतबार २०, असोज २०८१ ०९:५४
त्यस्तै, उमेर पुगेका व्यक्तिहरूबीच जबर्जस्ती करणीको १ नं विपरीत नभइ सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको इजलासको ठहर छ ।
मङ्गलबार २२, असोज २०८१ ०९:०२
बाजुरा नजिकै हुम्लामा दिदीको घरमा गएको बेला एकाएक बिरामी भएकी र हिमाली गाउँपालिकाको समन्वयमा कोल्टी आधारभुत अस्पतालमा पुर्याउनै लाग्दा मृत्यु भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।
बिहिबार ०१, कार्तिक २०८१ १०:३१
स्थानीय तहको मातहतमा रहेर सञ्चालन भइरहेको अस्पताललाई यसैवर्षबाट प्रदेश सरकार मातहतमा सञ्चालन गर्ने नीति बनाएको छ । नीति बनाएपनि निर्णय सहीत कार्यान्वयन भने भएको छैन् । कुण्डा क्षेत्रका चार वटा स्थानीय र छिमेकी हुम्ला, मुगु, कालिकोट जिल्लाका नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि अस्पताल निर्माणको पहल थालिएको हो ।
शनिबार २४, कार्तिक २०८१ ०२:०५
कृषि विकास निर्देशनालय दिपायल डोटी र बडीमालिका नगरपालिकाको सयूक्त सहकार्यमा कृषि उपज संकलनका लागि कृषि च्याम्बर गृह निर्माण गरिएको हो । च्याम्बरको मंसिर १ गते उद्घाटन गर्ने भएका छन् । सोही दिन बडीमालिका नगरपालिकाले कोदो दिवसको नाममा कोदो विस्कुट तथा कोदो परिकार प्रदर्शनी मेला आयोजना गरेको छ ।
बिहिबार २९, कार्तिक २०८१ ०८:१४
विहान ११ बजेबाट सुरु हुने दिवसको सम्पूर्ण तयारी पुरा भएको नगरपालिकाले बताएको छ । दिवसको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले गर्ने भएका छन् । थापा कार्यक्रमका लागि बाजुरा आइसकेको नगर प्रमुख अमर खड्काले जानकारी दिएका छन् ।
शुक्रबार ३०, कार्तिक २०८१ ०६:५९
बुढीनन्दा नगरपालिकामा नगर प्रमुख जनक कुमार बोहराले सामाजिक सञ्जालमा सार्वजनिक गरिएको समझदारी अनुसार निशुल्क एम्बुलेन्स देखि प्रयोगशाला, एक्सरेसम्मका सेवा उल्लेख गरिएको छ । अस्पतालले नेपालगञ्ज बसपार्क र राझाँ एयरपोर्ट देखि अस्पतालसम्म एम्बुलेन्स निशुल्क गर्ने सहमति गरेको छ ।
शनिबार १५, मङि्सर २०८१ ०७:४९
शिल्डमा पुग्ने सबैजसोका लागि स्थानीय सयपत्री बाहेक टमाटर, खुर्सानी, कागती, आलु, गाजर, मुला, सुन्तला, मौसमी, बन्दा, रायो सहीतका बालीका मालाले स्वागत सम्मान गरेका छन् । स्थानीय उत्पादनको प्रवद्र्धन र प्रचारका लागि रजानी बासी कृषिबालीका मालाले स्वागत गरेको चोयाकोट माविका विव्यस अध्यक्ष कृष्णबहादुर खड्काले बताएका छन् ।
बुधबार १९, मङि्सर २०८१ ०६:३३
विभागका अनुसार काठमाडौंको रत्नपार्क, ललितपुरकको खुमलटार, कैलालीको धनगढी र धनुषाको जनकपुरमा वायु प्रदूषणको तह उच्च छ । तीमध्ये धनगढी सबैभन्दा धेरै प्रदूषित हुनुका साथै वायु अति अस्वस्थकर बनेको छ ।
आइतबार २१, पुष २०८१ ०५:२३
खुला सीमा नाका र भारतीय बजारको प्रभाव प्रमुख कारण देखिएपनि युवाहरुमा बढ्दो तनाब, बेरोजगार समस्या र खराव संगतले भूमिका खेलेको छ । साउन यता ६ महिनाको अवधीमा मात्रै ४ सय ३४ जना युवाहरु लागुऔषधमा संलग्न भएकै कारण पक्राउ परेका छन् । भने यी मध्ये २ सय ९१ जनाले मुद्दा खेपीरहेका छन् ।
आइतबार २१, पुष २०८१ ०६:४८
सुरुको वर्ष नयाँ नेतृत्वले पनि त्यो आलोचना र आरोप खेप्नु पर्यो । केही हुदैन्, की भन्ने धेरैमा निराशा समेत देखियो । तर समयसँगै आलोचना र विरोधको श्रृखला कम हुदै गएको छ । कोल्टीमा विजुली नियमित जस्तै छ । त्यसैमा केन्द्रीय प्रशारण लाइन जडानको काम तिब्र पारिएको छ । त्योभन्दा अघि जगन्नाथबाट नै विद्युत ल्याएर थप सहज पार्ने योजनामा पालिका लागि परेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले बताएका छन् ।
सोमबार २२, पुष २०८१ ०३:४६
स्थानीय ३७ परिवारले घर निर्माण गरिसकेका छन् । कसैले सहकारीमा ऋण निकालेका छन् । कोहीले सापटी मागेका छन् । तर कोहीले साहुलाई पैसा आउने आश्वासन सहीत उदारो मागेका छन् । घर निर्माण गरिसकेको पनि कसैका २ कसैका ३ वर्ष बढी भइसकेको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले घरको अनुगमन समेत गरिसकेको अवस्था छ ।
सोमबार २२, पुष २०८१ ०६:५२
गर्भावस्थामा रहेको सवितालाई तत्काल अस्पताल पु¥याउनुपर्ने अवस्था भए पनि समयमै स्वास्थ्य सेवा उपलब्ध हुन नसक्दा बाटोमै बच्चा जन्मिएको थियो । बच्चा जन्मिएको केही समयमै आमा र शिशु दुवैको मृत्यु भएको वडाअध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिएका छन् ।
सोमबार २२, पुष २०८१ ०७:२७
मध्ये रात उनलाई बढी भयो । सहन सकिनन् । सासुलाई र नन्दालाई पेट दुखीरहेको खबर गरिन् । त्यो बेलासम्म उनलाई सहीनसक्नु गरि पेट दुखिसकेको थियो । श्रीमान विदेश, बुढा सासुससुरा, सानै उमेरकी नन्द । जुत्ती लगाउने घरमा कोही थिएनन् । त्यसैमा ससुरा दृष्टिविहिन छन् । छिमेकीलाई खबर गर्न समेत ध्यान उनको परिवारले दिएन् ।
मङ्गलबार २३, पुष २०८१ ०७:४०
हाल गेटामा ५० शैयाको अस्पताल सञ्चालन भइरहेको छ । सुन्दा पनि लाज लाग्ने र लगानीको खिल्ली उडाउने काम राज्यबाटै भएको प्रति यहाँका नागरिक आक्रोशित छन् । कहिले मेडिकल कलेज त कहिले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर सरकार अलमलिदा पटकपटक आन्दोलन समेत भयो । डा.गोविन्द्र केसी धनगढीमै पुगेर गेटाकै बाहनामा दर्जनौ पटक अनशन समेत बसे । तर विश्वविद्यालय बन्ने की, मेडिकल कलेज सुरसार छैन् ।
मङ्गलबार २३, पुष २०८१ ०८:४२
तर अहिले ठिक उल्टो भएको देखिन्छ । योजना र बजेट विना सिन्का समेत गाउँमा सारिदैन् । पानीको मुहान सफा गर्न देखि टुटी खरिदसम्म, नहरको पर्खाल, बनाउन देखि आफू हिँड्नेबाटोको ढुंगा हटाउन पनि योजना र बजेट खोज्ने गलत संस्कार हाबी छ । यत्तिसम्मकी गोठछाना छाउन समेत सरकारकै सिफारिस र अनुदान खोज्ने चलन हाबी भएको देखिन्छ ।
बुधबार २४, पुष २०८१ ०२:५८
अस्पतालले शनिबार साँझ नै रिफर गरेको हो । बालिकाको टाउकोमा गम्भीर चोट लागेको र कान, नाकबाट रगत बगिरहेको अवस्था छ । भने निरन्तर वान्ता समेत भइरहेको छ । चिसो मौसममा अस्पतालको विरामी कक्षमा थप सास्ती भइरहेको देखिन्छ ।
आइतबार २८, पुष २०८१ ०६:४८
अस्पताल पुर्याए लगत्तै चिकित्सकले बाहिर लिन सुझाव सहीत रिफर गरिदिए । तर आफन्तले आर्थिक अभावको कारण देखाएर सकेको उपचार गर्न आग्रह गरे । स्वास्थ्य कर्मीले जोखिम मोल्न नसक्ने जानकारी दिदा पनि आफन्तले नमानेपछि उपचार जारी राखे । अन्तत उपचारका लागि भर्ना भएको तीनदिन पछि विष्णुमायाको अस्पतालको विरामी शैयामै मृत्यु भएको छ ।
सोमबार २९, पुष २०८१ ०१:३६
‘संविधानप्रदत्त अधिकार आज आम नेपालीहरुले खाद्य अभावमा बाच्न नपरोस् । खाद्य संप्रुभुत्ता संवैधानिक अधिकार हो । त्यसलाई पूरा गर्ने परिभाषित जिम्मा सरकारले लिएको छ,’ उनले भने, ‘सरकारले खाद्यान्न ढुवानीमा केही अनुदान दिएको छ । चाडपर्वलक्षित सहुलियत मूल्यमा अनुदान दिएको छ । दुर्गम भुगोलमा पनि अनुदान दिँदै आएको छ ।’
सोमबार २९, पुष २०८१ ०७:४३