वडा अध्यक्ष अर्जुन नाथको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागि स्थानीयले गाउँमा सडक, विजुली, खानेपानी पुगिसकेकोले अब उत्पादन र अवसरसँग जनता जोडिनु पर्ने सुझाव दिएका छन् । विद्यालय सञ्चालनमा छ । स्वास्थ्य सुविधा पनि उपलब्ध छ । खानेपानी बनेकै छ । विजुली बलेकै छ । सडक पुगिसकेको अवस्था छ । अब दैनिक आम्दानी हुने कार्यक्रम र योजनालाई प्राथमिकतामा राख्न स्थानीय विनोद सिंहले आग्रह गरेका छन् ।
शनिबार १७, जेठ २०८२ ०९:४७
उनीहरुले वडाले सञ्चालन गरेका योजनाको काम प्रभावकारी भइरहेको र खानेपानी योजनाको मात्रै दीगोपनामा जोड दिन आग्रह गरेका छन् । उनीहरुले शैक्षिक सुधारमा लगानी गरिदिन माग गरेका छन् । वडामा रहेका दुबै माध्यमिक विद्यालयमा शैक्षिक दरबन्दी नभएको र कैलाश माविलाई अघिल्लो वर्षबाट मात्रै २ कक्षा थपेर १० सम्म बनाएको थप शैक्षिक जनशक्ति र भौतिक संरचना आवश्यक रहेको उनीहरुको माग छ ।
सोमबार १९, जेठ २०८२ ०८:२९
उहाँले पालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना बनाउन सहयोग गर्ने सवै कर्मचारी सरोकारवालालाई सबैलाई धन्यवाद दिएका छन् । गाउँपालिका अध्यक्ष दिलबहादुर रावलले बालबालिकालाई खोप सेवामा समावेश गराउनु मात्रै होइन, यसलाई दीगो बनाउँदै लैजान चुनौति रहेकोले त्यसमा ध्यान दिन स्वास्थ्य कर्मी र सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।
सोमबार १९, जेठ २०८२ ०९:४६
तीनै जनालाई तत्काल उपचारका लागि न्याय हेल्थ अस्पताल, बयलपाटा लगिएको र हाल त्यहीँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
मङ्गलबार २०, जेठ २०८२ ०७:५९
२ हजार २ सय बढी वडामा जनसंख्या छ । ती मध्ये हाल ४ सय ६० जना बढी वैदेशिक रोजगारका लागि भारत सहीत देशमा गएको तथ्याकं वडाकार्यालयसँग छ । स्थायी जागिरे कमै छन् । व्यापारमा पनि संलग्नता कमैको छ । यो अवस्था सुधारका लागि कृषि खेती बाहेक अर्को विकल्प नभएको र त्यसमा पनि प्रमुख खेती केरा नै हुने भन्छन्, वडा अध्यक्ष कृष्ण खड्का ।
मङ्गलबार २०, जेठ २०८२ ०२:३३
बडीमालिका नगरपालिका, पीसविन नेपाल र पलान इन्टरनेशनलको सयुक्त सहकार्यमा नीतिगत बहस र पैरवी सहीत कार्यान्वयनको पाटो बलियो बनाउदै लैजाने नगर प्रमुख अमर खड्काले बताएका छन् । कार्यविधी, कार्यनीति बनाएर बाल कल्याण अधिकारी समेत नियुक्ती गरिसकेको बडीमालिकाले वटा, टोल स्तरमै बाल सञ्जाल गठन सहीत सक्रियता बढाउने योजना अघि बढाएको छ ।
बुधबार २१, जेठ २०८२ ०८:२३
आँखाको मोतीविन्दु हराए,आँखाको अन्य समस्याको परिक्षण सहित शिविर संचालन गरिएको हो । शिविरमा ६ सय जनाले उपचार सेवा लिएका छन् । मोतिविन्दु लागेर दृष्टिविहिन भएका एक सय ४२ जनाको अप्रेसन गरिएको छ । भने चार सय ५८ जनाको सामान्य उपचारपछि परामर्श सहित सेवा लिएका छन् ।
हरेक वर्ष नगरपालिकाले गेटा आँखा अस्पतालसंग समन्वय र सहकार्यमा नगरका नागरिकलाई आँखाको मोतिविन्दुको रोगबाट मुक्त गर्ने गरी शिविर संचालन गर्दै आएको ।
बिहिबार २२, जेठ २०८२ ०८:३४
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले नेपालमै पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरेको छ । अस्पतालका प्लास्टिक सर्जरी विभागका पूर्वविभागीय प्रमुख प्राडा ईश्वर लोहनीले नेपालमा पहिलो पटक सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) सम्पन्न गरिएको जानकारी दिनुभयो । “त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक गत जेठ १३ गते मङ्गलबार अमेरिकाबाट चिकित्सक झिकाएर केटाबाट केटी (मेल टु फिमेल) शल्यक्रिया गरिएको हो,” उहाँले भन्नुभयो, “अब भने नेपालकै चिकित्सकको टोलीले लिङ्ग परिवर्तन शल्यक्रिया गर्ने छन् ।
सोमबार २६, जेठ २०८२ ०७:१६
ती हुन्, बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका–१ की २३ वर्षीया बुट्टा विक । यौनाङबाट पानी बग्न शुरु भएपछि बर्थिङ्ग सेन्टरका स्वास्थ्यकर्मीलाई बोलाइयो । शिशुको नाल निस्किएर बाहिरै आइसकेको हुनाले आमाको स्वास्थ्य अवस्था जटिल हुन थालेको थियो । त्यसपछि हेलिकोप्टर व्यवस्थाका लागि बुट्टाका श्रीमान् किरिन्द्र विकले विभिन्न निकायमा गुहारेका थिए ।
बुधबार २८, जेठ २०८२ ०५:५७
राजनीतिक कामको शिलशिलामा बाजुरा आउँदा अचारको कच्चा बस्तु धेरै उत्पादन भएको देखेँ, र लगत्तै नगर प्रमुख अमर खड्का जीसँग सहकार्य गर्न प्रस्ताव गरेको दुई महिनामै तालिम सञ्चालन गरिएको शान्ताले बताइन् । बाजुरामा मुला, चोतो, टिमुर, पीडालु, खुर्सानी, लसुन, अदुवा, तामा, निगाला लगायत दर्जन बढी प्रकारको अचार उत्पादनको संभावना देखिन्छ ।
बुधबार २८, जेठ २०८२ ०६:१५
सानो लगानीमा पनि राम्रो आम्दानी गर्ने गरि उद्यम विकासका लागि पालिकाले सीप विकास तालिम आयोजना गरेको हो । बिशेष गरि महिलाहरुलाई आयआर्जनमा जोड्न साबुन, हर्पिक र फिनाइल तालिम आयोजना गरिएको उद्यम विकास शाखा प्रमुख रञ्जीता शाहीले बताएकी छन् ।
बुधबार २८, जेठ २०८२ ०७:५७
रितुलाई बुधवार राती आगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेको थियो। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। विहिबार मात्रै गोदावरी नगरपालिका–८ को श्रीपुरमा प्रावि तहमा कार्यरत शिक्षिका अवस्थीलाई सर्पले टोकेको थियो ।
शुक्रबार ३०, जेठ २०८२ १२:५३
विश्वव्यापी रूपमा १० देखि १५ प्रतिशतमा दम्पतीहरू बाँझोपनको समस्याबाट प्रभावित रहेकोमा नेपालमा १३ देखि १५ प्रतिशत दम्पती यो समस्याबाट प्रभावित हुने अनुमान गरिएको छ । सुदूरपश्चिमलाई लक्षित गरी यो सेवा विस्तार गरिएको छ । सेवा सञ्चालनसँगै महँगो खर्च गरेर भारत जानुपर्ने बाध्यता हट्ने छ ।
शुक्रबार ३०, जेठ २०८२ ०१:३४
योजनाको समीक्षामा उनीहरूलाई प्रत्यक्ष सहभागी गराइएको छ । नयाँ योजनाका लागि सुझाव सङ्कलन पनि गरियो । मनलाग्दी योजना माग्ने, काम नगर्ने, भुक्तानीका लागि प्राविधिक, कर्मचारी र जनप्रतिनिधिलाई नै धम्की दिने, थर्काउने, पार्टीको धाक लगाउने परिपाटी अन्त्य गरौं, भनेर नै ‘वडा समीक्षा’ तथा ‘समृद्धि बहस’ सञ्चालन गरिएको नगर उपप्रमुख नन्दा थापाले बताइन् ।
शुक्रबार ३०, जेठ २०८२ ०३:५५
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्ल र खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बीसुदेवी नाथलाई चाबी हस्तान्तरण गरिएको छ । नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स सहयोग गरेको दुतावासले बताएको छ ।
शनिबार ३१, जेठ २०८२ ०६:५६
बडीमालिका नगरपालिका, नर्वेजियन दूतावास, यूएनएफपीए र पीसविन नेपालको सयुक्त सहकार्यमा सिकाइ आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो । पीसविनले नर्वेजियन दूतावास, यूएनएफपीएसँगको सयुक्त सहकार्यमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार परियोजना सञ्चालनल गरिरहेको छ ।
शनिबार ३१, जेठ २०८२ ०८:०२
आइतबार प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बार्षिक बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्षिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको बजेटले कृषि र पूर्वाधार, उद्योग र उत्पादनमा जोडमा जोड दिएको पाइएको छ ।
सोमबार ०२, असार २०८२ ०८:२५
उनी एमालेको नेतृ मात्रै होइनन् । एक सफल उद्यमी पनि हुन् । त्यो पनि विश्वव्यापी बजारमा आफ्नो उत्पादन पुर्याउन सफल नामी उद्यमी । त्यही उद्यमशिलतासँग यहाँका महिलाहरुलाई जोड्न उनी बाजुरा आएकी हुन् । उद्यम विकास तालिमकै लागि बसाइ पनि दश दिन लामो भएको हो । अचार तथा मसेउरा गुन्द्रुक बनाउने तालिमको सीप सिकाउन शान्ता नेतृत्वको चार जनाको टिम बाजुरामै छ ।
सोमबार ०२, असार २०८२ ०३:०९
योगगुरुका अनुसार मानिससँग सूक्ष्म शरीर र स्थूल शरीर दुई प्रकारको हुन्छ । स्थूल अर्थात् बाह्य शरीरलाई धोइपखाली गरेर सफा पार्न सकिएला तर मानिसभित्रको सूक्ष्म शरीरलाई पानीले पखाल्न सकिँदैन । सूक्ष्म शरीरको रक्षा गर्ने अर्थात् रोगको निवारणकारी उपाय योग रहेको खड्का बताउनुहुन्छ । त्यस क्रममा खड्काले थप्नुभयो, “जसरी कुनै कम्प्युटरमा भाइरस लाग्दा हटाउन भित्रै प्रतिजैविक पठाउनु पर्छ, त्यसै गरी योग र ध्यान मानिसका लागि कुनै पनि रोग र शोकका विरुद्धमा प्रतिजैविक संयन्त्र हो ।”
शनिबार ०७, असार २०८२ ०७:१४
व्यवस्थापिका संसदमा मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।
सोमबार ०९, असार २०८२ ०७:२५
पालिकाले वन संरक्षण, जडिबुटी खेती र हरियाली पालिका निर्माणमा लगानी बढाउने नीति लिएको छ । पालिका अध्यक्ष कालीबहादुर शाहीले गाउँ सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विपन्न समुदाय, अल्पसंख्यक, सिमान्तकृत वर्गको जीवन स्तर सुधारका लागि कुल बजेटको १० प्रतिशत रकम उद्यम र सीप विकासमा लगानी गर्ने नीति लिएको छ ।
मङ्गलबार १०, असार २०८२ ११:११
नीतिमा बजेट तर्जुमालाई मध्यमकालीन खर्च संरचनासँग जोडिने र लैंगिक उत्तरदायी बजेट प्रणालीलाई मुख्य शर्तको रूपमा लागू गरिने उल्लेख गरिएको छ। आर्थिक ऐन परिमार्जन गर्दै आन्तरिक श्रोतहरू परिचालन गरेर आम्दानी वृद्धि गर्ने लक्ष्य लिइएको छ। व्यवसायिक कर, घरबहाल कर, सम्पत्ति कर अनिवार्य रूपमा संकलन गरिनेछ भने सरकारी तथा खाली जग्गामा बनेका निजी संरचनाहरूबाट एकीकृत दरमा कर उठाइने नीति लिइएको छ।
मङ्गलबार १०, असार २०८२ ०३:५२
पुर्ण खोप सुनिश्चितताका लागि नियमितता, निरन्तरता दिरहनु पर्ने बताएका छन् । बाजुरा जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिघोपना घोषणा गर्न सहयोग पुर्याउने स्वास्थ्य स्वयमसेबिका, स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवालालाई धन्यवाद दिएका छन् । उहाँहरुले गरेको कामको प्रशंसा गर्दै स्वयम सेबिकाको हकमा सरोकारवाला निकायले ध्यान दिनु पर्ने बताएका छन् ।
शनिबार १४, असार २०८२ ०१:१५