शुक्रबार, ०२ कार्तिक २०८१

बडीमालिका पुगेर प्रदीपले भने– आहा, ‘भर्खरै खानीबाट बाहिर निकालिएको हीरा जस्तो’

बाजुरा : नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली नेतृत्वको टोलीले धार्मीक पर्यटकीइ गन्तव्य बडीमालिकाको भ्रमण गरेका छन् । भूस्वर्गकै रुपमा परिचित बडीमालिकाको ज्ञवालीले पहिलो पटक पदयात्रा मार्फत भ्रमण गरेका हुन् । तीनदिने भ्रमण सकेर फर्किएका ज्ञवालीले सामाजिक सञ्जालमा आहा, भन्दै बडीमालिका भ्रमणका तस्वीर राखेका छन् ।

पूर्व मन्त्री समेत रहेका ज्ञवालीले फेसबुक पेजमा घुमफिरका तस्वीर राख्दै बडीमालिकालाई भर्खरै खानीबाट बाहिर निकालिएको हीरा जस्तो पर्यटकीय गन्तव्यको संज्ञा दिएका छन् । उसोत बडीमालिकालाई त्यहाँ पुग्ने जतिले प्रकृतिको स्वर्गकै रुपमा वर्णन गर्ने गरेको पाईन्छ । 

ज्ञवालीले तस्वीर राख्दै आहा !  एकान्त, शान्त र प्रसिद्ध आध्यात्मिक शिखर बडीमालिका, फेँदीमा अक्षत र अप्रतिम त्रिवेणी पाटन ! ‘भर्खरै खानीबाट बाहिर निकालिएको हीरा जस्तो पर्यटकीय गन्तव्य’ । भनेर लेखेका छन् । ४ हजार २ सय मिटर बढीको उचाइमा रहेको बडीमालिकालाई देशकै प्रमुख गन्तव्यका रुपमा विकास हुदैं गएको छ । 

ज्ञवाली नेतृत्वको टोलीमा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, जिल्ला अध्यक्ष लालबहादुर ओली, बडीमालिकाका नगर प्रमुख अमर खड्का, बडीमालिका ६ का वडा अध्यक्ष कृष्ण खड्का, युवा संघका नेता गणेश थापा, मिलन ऐडी सहीत सहभागि थिए । ज्ञवालीले ७७ जिल्ला पुगेर धेरै गन्तव्यको भ्रमण गरेपनि बडीमालिका पुग्दा बेग्दै आनन्द आएको बताएका छन् । 

मार्तडीबाट पैदल यात्रा सहीत त्रिवेणी पाटन हुदँै बडीमालिका दर्शन गरेका ज्ञवालीले बडीमालिका जस्तो सुन्दर र संभावना बोकेको पर्यटकीय गन्तव्य अर्को कमै मात्र भेटिने बताएका छन् । ज्ञवालीले भने–‘सबै जिल्ला र संसारका धेरै देश घुमेको छु, धेरै त्यहाँका गन्तव्य हेरेको छु, तर बडीमालिका बिशेष लाग्यो, त्यो पनि दुई कारणले एउटा यस्ता विशाल अनि सुन्दर पाटन कमै भेटिन्छन्, अर्को यो स्तरको मान्छेमा धार्मिक आस्था र विश्वास पनि कमै शक्तिपीठमा हुन्छ ।’ 

May be an image of 1 person, mountain and Machu Picchuहजारौ वर्षदेखि अस्तीत्वमा छ, लाखौं भक्तजनहरुले आस्था र विश्वास राख्छन्, यति महिमा बोकेको गन्तव्यको विकास राज्यको प्राथमिकतामा पर्नु पर्ने र ढिलो नगरिक विकास समिति मार्तडी यस क्षेत्रको विकासमा राज्य जिम्मेजार हुनु पर्नेमा ज्ञवालीले जोड दिए । ज्ञवालीले नेपालको एकीकरणसँग जोडिएको मन्दिर र यहाँको सुन्दरता नै सिंगो मुलुकको सम्पत्ती भएको प्रतिक्रिया दिएका छन् । 

पाटन पुग्दा त्यहीँ बसीरहुँ लाग्छ, पैदल यात्राको सबै थगान मेटिन्छ । केही बेग्लै, केही फरक आनन्दको अनुभूति हुने रैछ, पुगेपछि थाह भयो, ज्ञवालीले भन्नु भयो । उहाँले मन्दिरको पुननिर्माण र पर्यटकका लागि आवास सुविधा, गन्तव्य यात्रामा सहज बाटो हुनु पर्ने भन्दै पहलका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् । बडीमालिका धार्मीक पर्यटनका लागि देशकै संभावना बोकेको गन्तव्य हो । 

May be an image of 10 people, grass, mountain, Arthur's Seat and Saqsaywaman

प्रतिक्रिया दिनुहोस