दुर्गम क्षेत्रका नागरिकले पनि सहजै उपचार पाउन भन्दै सबै वर्गका मानिसहरुलाई लक्षित गरी प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली सहितको एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् ।
शुक्रबार २३, चैत २०८० ०७:५५
क्रमस ४, ५, ६, ७, ८, ९ र १० नम्बर वडामा पुगेर वितरण गर्ने कार्यक्रम राखिएको छ । राज्यले सत्केरी प्रोत्साहन भत्ता वापतको रकम उपलब्ध गराएपनि पालिकाको तर्फबाट पनि प्रोत्साहनका लागि कोशेली कार्यक्रम राखिएको छ ।
शनिबार २४, चैत २०८० ०७:५६
आठौं बार्षिक उत्सव कार्यक्रम बाजुरामा पनि मनाएको बाजुरा जिल्ला संयोजक तारा रोकायाले जानकारी दिएकी छन् । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीता विषय सरोकारवाला निकाय बीच अन्र्तक्रिया गरि दिवस मनाइएको हो । बाजुरा जिल्ला अस्पतालमा आठ वटा दीप प्रज्वलन गरि औपचारिक कार्यक्रम आयोजना गरिएको हो ।
आइतबार २५, चैत २०८० १२:५२
पुरुष तर्फ बोस बाजुरालाई हराउँदै रानीनवले उपाधी हात पारेको हो । भने महिला तर्फ गौमुललाई हराउँदै आयोजक टिमले उपाधी हात पारेका हुन् । बोस बाजुरा र रानीवनको खेल कडा प्रतिस्पर्धामा सकिएको हो । दुबै टिम उत्कृष्ट खेलाडीले भरिएका थिए ।
बिहिबार २९, चैत २०८० ०७:५९
अनुगमन जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहनु भएको कार्यक्रममा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, बडीमालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, बडीमालिका शिक्षा शाखा प्रमुख रंगमल विक, गौमुल शिक्षा शाखा प्रमुख राम नाथ योगी, शिक्षा समन्वय इकाइमा गोपालदत्त पाण्डे, बडीमालिका २ का अध्यक्ष डम्मर महत, ८ का अध्यक्ष चन्द्र थापा, गैसस अध्यक्ष कृष्ण अधिकारी सहीत सहभागि थिए ।
बिहिबार २९, चैत २०८० ०८:०२
नेपाल सरकार र भारतीय दुतावासले सयुक्त रुपमा आयोजना गरेको औपचारिक कार्यक्रमका बीच एम्बुलेन्स हस्तान्त्रण गरिएको हो । एम्बुलेन्स जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले ग्रहण गरेका हुन् ।
आइतबार ०२, बैशाख २०८१ ०७:०८
सत्ता फेरबदलको महिना दिनमै काँग्रेस नेता शर्माले आक्रोशपूर्ण अभिव्यक्ति सहीत सरकार गैर जिम्मेवार बनेको आरोप लगाएका हुन् । एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि बाजुरा पुगेका शर्माले मार्तडीमा पत्रकार सम्मेलनमा सत्ता गठबन्धनको कडा विरोध गरेका छन् ।
शुक्रबार १४, बैशाख २०८१ ०१:२७
बडीमालिकाले शैक्षिक सुधारलाई पहिलो प्राथमिकतामा राखेको छ । पालिका स्तरीय परीक्षामा धेरै जसो विद्यायल निल हुने अवस्था देखिएको र शैक्षिक गुणस्तर खस्कीदो अवस्थामा रहेकोले त्यसको सुधारका लगि कार्यक्रम आयोजना गरिएको नगर प्रमुख अमर खड्काले बताएका छन् ।
सोमबार १७, बैशाख २०८१ ०८:२१
बुढीगंगाको फालासैन, बाम्का सहीतका बजार क्षेत्रमा युवाहरु लागुऔषध दुव्र्यशनीमा फसेको गोप्य सूचनाका आधारमा प्रहरीले लामो समयदेखि निगरानी गरिरहेको थियो । धनगढी र महेन्द्रनगर भएर भारतबाट खैरो हिरोइन आउने र त्यसको कारोबारमा प्रयोग गर्ने युवाहरु नै देखिएको सूचना अनुसार नै पक्राउ गरिएको प्रहरीको दाबी छ ।
बिहिबार २०, बैशाख २०८१ १२:२४
केही घण्टा अघिसम्म अवस्था विकराल थियो अहिले अवस्था सामान्य बन्दै गइरहेको छ’ उनले भने । उनका अनुसार कैलालीमा १४८ परिवारका ४५८ जना, दार्चुलामा १६ परिवारका ९९ जना र बैतडीमा ९९ परिवारका ३०० जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।
सोमबार २५, असार २०८१ ०७:५५
सेती अस्पतालको फार्मेसीमा हाडजोर्नीको शल्यक्रियामा आवश्यक पर्ने रड लगायतका सामान पाइने भए पनि चिकित्सकले बाहिरबाट किन्न बाध्य पार्ने गरेका छन्। चिकित्सकले भनेको नमान्दा शल्यक्रिया गर्ने पालो नपाउने डर देखाएर चिकित्सकले सिफारिस गरेको व्यक्तिबाट रड किन्न बाध्य पारिँदै आएको छ। साथै शल्यक्रिया गर्नुपर्ने बिरामीसँग रडको मूल्य असुल्ने काम समेत हुँदै आएको छ।
सोमबार २५, असार २०८१ ०८:०२
जिल्ला खोप समन्वय समितिद्वारा मंगलबार आयोजित एक समारोहमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन् ।
मङ्गलबार २६, असार २०८१ ०८:३२
घाइते हुनेमा बडीमालिका ६ कोर्धका वर्ष २९ का रुपक बडुवाल र बडीमालिका ४ रिलाका २८ वर्षका राजेन्द्र नाथ रहेका छन् । घाइते मध्ये बडुवाको अवस्था गम्भीर रहेको बताइएको छ । बडुवाललाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुराले रिफर गरिरहेको छ । भने नाथको अस्पतालमै उपचार भइरहेको छ ।
बुधबार ०५, भदौ २०८१ ११:०४
बाजुराबाट धनगढी जाने क्रममा दिपायल सिलगढी नगरपालिका ६ स्थित थाप्लामा मोटरसाइकल एक आपसमा ठोक्कीएका थिए । सुवासको छाती, घुडाँ र पेटमा चोट लागेको छ । भने मायाको पेट र खुट्टामा चोट लागेको छ । विकास खत्रीको पेट, छाती र खुट्टामा चोट लागेको छ ।
बिहिबार ०६, भदौ २०८१ ०२:२७
कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री प्रकाश चन्दले एसियन कराँते महासङ्घबाट रेफ्रीको मान्यता प्राप्त गरेका छन् ।
बिहिबार ०६, भदौ २०८१ ०९:५३
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
सोमबार १०, भदौ २०८१ ०९:५३
कार्कीका अनुसार बुधबार दिउसो १२ बजे गाउँ नजिकैको घोडानाखे जंगलमा घाँस काट्न गएका बेला साढे ३ बजेतिर लडेर घटनास्थलमै मृत्यु भएको बताएका छन् ।
बिहिबार १३, भदौ २०८१ ०४:४५
पहिरो विहान १० बजेपछि लागेको र लगत्तै नदी थुनिएको प्रत्यक्ष दर्सीले बताएका छन् । पहिरोपनि नदीको छेउको पहाड खसेर लागेको हो । कवाडी बाजुराको बुढीगंगा पछिको दोस्रो ठूलो नदी हो । जुन नदी मुगु र हुम्ला कर्णाली हिमाली गाउँपालिकाको कवाडी बजारमा पुगेर मिसिने गरेको छ ।
शुक्रबार १४, भदौ २०८१ ०५:०७
धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न अखिल नेपाल फूटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग र धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपल हमालबिच आज (शनिबार) सम्झौता भएको हो।
शनिबार १५, भदौ २०८१ ०८:१६
कृषि ज्ञान केन्द्रका अनुसार सबै स्याउले बजार पाउन सके र लगायतका जति सबैबोटमा राम्रो उत्पादन हुन सके ३ देखि ४ करोडको स्याउ बाजुरामा मात्रै उत्पादन हुने देखिन्छ । बुढीनन्दा र स्वामिकात्र्तिक पछि हिमाली र जगन्नाथ गाउँपालिकाका केही वडामा पनि स्याउ खेती गर्ने गरिएको छ ।
आइतबार १६, भदौ २०८१ ०६:५१
उमेर नपुग्दै बच्चा जन्माउने महिलाको संख्या सबैभन्दा बढी कैलालीमा देखिएको छ । स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कले सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९र८० मा ४ हजार ४५५ महिला २० वर्ष नपुग्दै आमा बनेको देखाएको छ। सो वर्ष प्रदेशभर ४२ हजार ६४२ महिला सुत्केरी भएको तथ्याङ्क छ ।
सोमबार १७, भदौ २०८१ ०३:२६
संघीय सरकारले २०८० असारमा ‘न्यूनतम सुविधा’ सहितको एक सय शय्याको अस्पताल सञ्चालन गर्ने नीतिगत निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले ५० शय्याको अस्थायी स्वीकृति मात्र दिएको छ । नीतिगत निर्णय नै गरिएको विषयमा समेत बेवास्ता गरिँदा यहाँका नागरिक सरकारप्रति रुष्ट बन्न पुगेका छन् ।
आइतबार २३, भदौ २०८१ ०७:५७
यस्तै गौमुल गाउँपालिका ४ मा परेको चट्याङ लागेर एक जना घाइते भएका छन् । घाइते कौडाकोटस्थित सयलीकी ४० वर्षीया साउनी रोकाया भएकी हुन् । खुट्टामा चोट लागेकी रोकायाको घटमुना अस्पतालमा उपचाइ भइरहेको छ ।
बुधबार ०९, असोज २०८१ ०३:५४
प्रेम भन्ने कुरा युवा र युवतीबीच एक–अर्कालाई मन पराउँदा उत्पन्न हुने भावना मात्र होइन, कुनै पनि जीवित प्राणीका बीच एक–अर्काप्रति प्रेम भावना जाग्न सक्छ । यो भावनाले सृजना गर्न पनि सक्छ र नष्ट गर्न पनि सक्छ । मानिसले रुखबिरुवालाई दिनदिनै प्रेमपूर्वक सुम्सुम्यायो भने मर्न लागेको बिरुवाबाट पनि नयाँ पात पलाउँछ । यति मात्र होइन, प्रेम भावना कुनै पनि माध्यमबाट पोख्यो भने बिरुवाले राम्रो फूल र फल दिन्छ । यसैबाट बुझ्न सकिन्छ कि प्रेम भावनामा कति ठूलो शक्ति निहित छ ।
आइतबार १३, असोज २०८१ ०१:२८