सोमबार दिउँसो करिब १ बजेको समयमा गाउँ नजिकै रहेको भगवती आधारभूत विद्यालय नजिकै घर पोत्ने माटो खन्ने ढुङ्गाले च्यापिएर घटना स्थलमै मृत्यु भएको हो । यहाँका गाउँमा सुत्केरी भएकै समयमा पनि काम गर्नु पर्ने र घरको काममा सघाउनु पर्ने बाध्यता छ ।
सोमबार ०१, माघ २०८१ ०८:११
उता, शिक्षा मन्त्री क्यामिलो सान्टानाले सोमबार राजधानी ब्रासिलियामा पत्रकारहरूलाई भने, ‘बच्चाहरू सानै उमेरमा अनलाइन जान्छन्, आमाबाबुलाई उनीहरूले के गरिरहेका छन् भनेर हेर्न गाह्रो बनाइरहेका थिए, अब स्कूलमा स्मार्टफोन प्रतिबन्धले अभिभावकलाई सजिलो बनाउनेछ।’
मङ्गलबार ०२, माघ २०८१ ०२:५८
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख रंगबहादुर कार्कीले गाउँघर क्लिनिकसँगै भान्सा सुधार र जेष्ठ नागरिक रसायन तथा स्तनपायी आमाका लागि दुग्घवद्र्धक औषधि वितरण गरिएको बताएका छन् । उनका अनुसार गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रममा वडा भरीका एक सय ८९ जनाले सेवा लिएका छन् । त्यस्तै कार्यालय प्रमुख कार्कीले शनिवारबाट सुरु गरिएको शिविर प्रत्येक महिनाको दोस्रो र चौथो शनिवार गरी महिनाको दुई पटक सञ्चालन चिकित्सकिय आयुर्वेद उपचारात्मक सेवा प्रदान गरिने हुँदा वडा तथा नगरबासीलाई आग्रह गरेका छन् ।
आइतबार १४, माघ २०८१ ०९:४०
जिल्लाका ९ पालिकामा रहेका सामुदायिक र निजी क्षेत्रका विद्यालयमा कक्षा ६ देखि १० सम्म पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षका किशोरीहरुलाई पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोप संचालन भइरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
बिहिबार २५, माघ २०८१ ०७:४८
बयालपाटा अस्पताल अछामको साँफेबगर नगरपालिकामा पर्छ । वि.सं. २०३४ सालमा गाउँमा हैजा फैलिँदा उपचारका लागि अस्पताल बनाउन पहल थालिएको थियो । त्यसरी पहल थालिएको ३१ वर्षपछि बयालपाटामा अस्पताल खुल्यो । नेपाल सरकार र न्याय हेल्थ नेपालबीच सञ्चालन सहमतिपछि वि.सं. २०६५ भदौ ५ गते अस्पताल स्थापना गरिएको थियो ।
आइतबार २८, माघ २०८१ ११:३१
करिब ढेड घण्टाको पैदल दुरीमा स्वास्थ्य केन्द्र छ । सोही दिन गाउँपालिकाले अल्टासाउण्ड भिडियो सहीतको मेसिनले नियमित गर्भजाँच गर्ने संयोग मिल्यो । पालिकाबाट गएको सिअनमी रमा थापा नेतृत्वको टोलीले उनीसहीत १७ जनाको जाँच पनि गर्यो । उनले मापदण्ड अनुसार नियमित गर्भजाँच गरिरहेकी थिइन् । आइरन चक्की समेत खाँदै आएकी थिइन् ।
सोमबार २९, माघ २०८१ ०३:१४
यो भन्दा अघिल्लो कार्यकालमा पनि ३ वटा वडालाई छाउगोठ मुक्त घोषणा गरिएको थियो । बडीमालिका नगरपालिका ३ रजालीलाई पहिलो वडाका रुपमा नगर प्रमुख पदम बडुवाल र उपप्रमुख कविता विष्ट हुँदा घोषणा गरिएको थियो । अमर खड्का र नन्दा थापा नेतृत्वको टीमले सिंगो पालिकालाई नै घोषणा गर्ने अभियान थालेका छन् ।
मङ्गलबार ३०, माघ २०८१ ०७:१३
पौष १२ गते मार्तडीमा आयोजित सातौं जिल्ला सभाबाटै पारित गरि कार्यविधी निर्माणको काम सकिएको छ । जिल्ला भित्रका नौ वटै पालिकाले आफू अनुकुल निर्णय गर्ने गरि व्यवस्थापनका लागि कार्यविधी तयार पारिएको समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताएका छन् । नमुना कार्यविधी तयार भएर, सर्वपक्षिय र सर्वदलिय समीक्षा गरिएको छ, त्यसको अन्तिम रुप तयार पारेर कार्यान्वयनमा लैजाने रोकायाको भनाई छ ।
मङ्गलबार ३०, माघ २०८१ ०७:१४
बडीमालिकामा २०७२ सालदेखि नै छाउगोठमुक्त अभियान सुरु गरिएको हो । २०७४ पछि आएको पदम बडुवाल र कविता विष्ट नेतृत्वको जनप्रतिनिधीको टोलीले त्यसलाई निरन्तरता दिएर ९ मध्ये ६ वटा वडा घोषणा भइसकेका छन् । बाँकी वडा घोषणामा सकस देखिएको छ । निश्चित बस्ती र समुदायकै कारण समस्या उत्पन्न भएको देखिन्छ ।
आइतबार ०५, फागुन २०८१ ०२:५८
भट्टलाई रक्तचाप सम्बन्धी बिरामी भएर आइसीयूमा भर्ना भएका धनगढी उपमहानगरपालिका–१३ का रमतर रानाका कुरुवा बसेका छोराले आक्रमण गरेका हुन् । आक्रमणमा संलग्न २४ वर्षीय कृष्ण रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिएका छन् ।
सोमबार ०६, फागुन २०८१ १०:१२
थापा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्य हुँदै, कोषाध्यक्ष, तत्कालिन शिक्षक युनियनको दुई कार्यकाल सचिव र राष्ट्रिय समिति पार्षद ३ पटक भएका थिए । भने संगठनको १२ औं महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष र १३ औं महाधिवेशनबाट सुदूरपश्चिम इन्चार्जको भूमिकामा छन् । थापा शिक्षकहरुका स्थापित नेता हुन् ।
सोमबार ०६, फागुन २०८१ ०८:३७
संघिय संरचनापछिका चारवर्ष बढी समय पनि अस्पताल चिकित्सक विहिन नै बन्यो । सामान्य चेकजाँच गराउने आउनेहरुले पनि निजि मेडिकल प्रति विश्वास गरे । अस्पताल जानेको संख्या नै घट्यो । त्यो बेला हालको आधारभुत अस्पताल कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा थियो । आएका स्वास्थ्य कर्मी माथि आक्रमण हुने र असुरक्षित ठानेर बस्नै नमान्ने गरेको आरोप समेत लाग्यो ।
बुधबार ०८, फागुन २०८१ ०३:३९
यी नै समस्यालाई संवोधन गर्न दुर्गमका पालिकाले पछिल्लो समय विपन्न समुदाय लक्षित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छन् । त्यसैको निरन्तरता खप्तड छेडेदह गाउँपालिकाले पनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गरिब तथा विपन्न विरामीलाई लक्षित गरेर बिशेषज्ञ सहीतको शिविर सञ्चालन गरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दबहादुर रावतले जानकारी दिए ।
आइतबार १२, फागुन २०८१ ०३:४७
भुकम्प डेढ वर्ष पहिले डोटी र बझाङ केन्द्र बनाएर गएको थियो । साना पराकम्पनहरु बेला बेला गइरहने गरेका छन् । २०७९ मा पनि बझाङ केन्दै बनाएर भुकम्प गएको थियो । एकपछि अर्को गर्दै यहाँका स्थानीय भुकम्पको जोखिम सहन बाध्य छन् । भिरालो जमिन, कच्ची घरसंरचना र विना सर्वे र प्राविधिकको परामर्श नगरि बनाएका संरचना सानै हलचलबाट पनि भत्किने गरेका छन् ।
शुक्रबार २४, फागुन २०८१ ०६:३३
दीक्षान्त समारोहलाई संवोधन गर्दै ओलीले सुदूरपश्चिमलाई सुन्दर मात्रै नभई सम्भावनाको प्रदेशका रुपमा ब्याख्या गरेका छन् । यो सुन्दर मात्रै होइन सम्भावनाले भरिएको समृद्ध बन्न सक्ने प्रदेश हो । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ दीक्षित हुँदै गरेका विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, ‘नयाँ पुस्ताले देशमा सम्भावनाको खोजी गर्नु पर्छ ।’
आइतबार २६, फागुन २०८१ ०५:२३
घाइते भएका उनले आफन्तलाई फोन गरे । हातखुट्टा भाँचिएको र उठ्न नसक्ने अवस्थामा पुगेका भण्डारीले फोन गरेर आफन्तलाई उद्दारको अपिल गरे । गाउँबाट ४ जना पुरुष, एक महिला र ३ जना बालबालिका हतार हतार उद्दारका लागि घटना स्थल पुगे । ४ बजेतिर उनी लडेका हुन् । साँझ पर्दै थियो । ५ बजेपछि आफन्त पुगे । त्यहाँ पुग्दा ३८ वर्षका भण्डारी अचेल भइसकेका थिए ।
सोमबार २७, फागुन २०८१ ०८:३९
ट्याक्टरको ट्रली मुनी च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्याक्टरमा सवार चालकको छोरा १२ वर्षीय छोरा शमशेर रावत घाईते भएका छन् । घाइते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
सोमबार २७, फागुन २०८१ ०८:५८
उद्दारका लागि पुगेका सातै जना भीर पार गर्न नसकेपछि बीचमै अड्किएका थिए । भण्डारीको आइतबार राती नै मृत्यु भइसकेको थियो । मृतक भण्डारीले भीरबाट चिप्लीएर घाइते भएको र ज्यान बचाउन अपिल गरेपछि उनीहरु घटनास्थल गएका थिए । फोन सम्पर्क गरेपनि रातको बीचमा कुनै विकल्प नै थिएन्, उनीहरुपनि मृतकसँगै रातभर भीरमै बसेको स्थानीय जीवन बुढाले जानकारी दिए ।
सोमबार २७, फागुन २०८१ ०१:१३
यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।
बिहिबार ३०, फागुन २०८१ ०९:१९
मृत्यु हुनेमा सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझा रहेको प्रहरीले जनाएको छ । नदीमा डुबेका उनीहरुलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरुसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते भएका छन् ।
शनिबार ०२, चैत २०८१ ०९:०८
आइतबार १०, चैत २०८१ ०९:४४