रुपान्तरण कक्षा बडीमालिका नगरपालिका स्थित चोयाकोट मावि, सत्यवादी मावि, लक्ष्मी मावि र ज्ञानोदय माविमा सञ्चालन भइरहेको अवस्था छ । बिशेष गरि किशोर किशोरी शिक्षा, यौन तथा प्रजनन स्वास्थ्य, लैगिंक हिंसा, सरसफाइ, आत्मसुरक्षा, लैगिंक समानता, सामाजिक कुप्रथा र कुरुती विरुद्धको ज्ञान सीप दिइने गरिएको छ ।
शनिबार १३, मङि्सर २०८२ ०३:४६
तालिममा बडीमालिका, बुढीगंगा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकाका १२ जना सहजकर्ता सहीत २२ जना सहभागि थिए । मंसिर १० देखि १४ गतेसम्म पाँच दिन चलेको तालिमपछि चार वटै पालिकामा सिओसी कक्षा सञ्चालन हुनेछन् । किशोरी अधिकार र उत्थानशिलता बारे ज्ञान सीप र क्षमता विकासका गतिविधी सञ्चालन गर्न सिओसी कक्षा सञ्चालन गर्न लागिएको पीसविन आभा परियोजना अनुगमन तथा प्रतिवेदन अधिकृत कुसुम शाहीले बताएकी छन् ।
आइतबार १४, मङि्सर २०८२ ०८:०६
बुढीनन्दा नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड कोल्टीमा सुरु भएको छ । कोल्टी स्थित जनप्रकाश माविको खेल मैदानमा शिल्ड सुरु भएको हो । खेलबाट पालिका स्तरीय प्रतिस्पर्धा गराएर जिल्ला स्तरीय खेलका लागि खेलाडी छनौट गरिने छ ।
शिल्डको नेकपा एमालेका नेता तथा पूर्व प्रदेश सभा सदस्य बल्देव रेग्मीले उद्घाटन गरेका हुन् ।
मङ्गलबार १६, मङि्सर २०८२ ०९:३७
प्लान ईन्टनेशनल नेपालसँगको साझेदारी र पीसविन नेपालसँगको समन्वयमा सञ्चालिन आभा परियोजना जिल्लाका बडीमालिका, बुढीगंगा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकामा सञ्चालित छ । किशोरीको आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्न, यौन तथा प्रजनन स्वास्थ्य सेवा र परामर्श दिन, शिक्षा र आर्थिक सशक्तिकरण गराउने र हिंसा रोकथाम तथा मनोसामाजिक सहयोग गराउने परियोजनाले काम गरिरहेको छ ।
बुधबार १७, मङि्सर २०८२ ०८:३०