शुक्रबार, ०२ कार्तिक २०८१

दशैं तिहारको शुभकामना दिन एमाले नेताहरु गाउँमा

बाजुरा : नेकपा एमालेका नेताहरु यतिबेला दशैं तिहारको शुभकामना दिन गाउँ केन्द्रीत बनेका छन् । पार्टी कमिटीका गाउँ, टोल र पालिका स्तरमा आयोजना गरिएका शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि हुन नेताहरु गाउँ केन्द्रीत बनेका छन् । आपसी सद्भाव, सहकार्य र शुभकामना आदान प्रदानका लागि नेताहरु गाउँ गाउँसम्म पुगेको एमाले बाजुरा प्रचार विभाग प्रमुख राजन रोकायाले बताएका छन् ।

May be an image of 5 peopleपालिका कमिटीले आयोजना गरेका कार्यक्रममा लागि नेताहरुको जम्बो टोली गाउँ केन्द्रीत देखिएको छ । असोज १२ देखि १४ गतेसम्म जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण चलाएको एमाले बाजुराले त्यस लगत्तै शुभकामना आदान प्रदानमा व्यस्त देखिएका छन् ।

जनतासँग जोडिने, जनताका समस्या र सवाल बारे जानकारी लिने र उनीहरुको सुझाव सल्लाह लिने गरि नेताहरु कार्यक्रम जुराएर गाउँ केन्द्रीत बनिरहेको एमाले बाजुराका सचिव काशी विकले बताएका छन् । बुढीनन्दा नगरपालिका र जगन्नाथ  गाउँपालिकामा पार्टी केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीकै नेतृत्वमा नेताहरु शुभकामना सहीतका कार्यक्रममा भाग लिन पुगेका छन् । 

प्रशिक्षण लगत्तै देशकै धार्मीक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको भ्रमण गरेका एमाले नेताहरुले त्यस पछि पालिका केन्द्रीत शुभकामना आदान प्रदानमा सक्रिय छन् । पार्टी केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, पार्टी प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही, केन्द्रीय सल्लाहकार समिति सदस्य रंगमान शाही, प्रदेश कमिटी सदस्य चर्तुभुज शाही, सृष्टी रेग्मी, मनलाल विष्ट जिल्ला अध्यक्ष लालबहादुर ओली, उपाध्यक्ष जनक कुमार बोहरा, एमाले नेता बल्देव रेग्मी सहीतका नेताहरु कार्यक्रममा सक्रिय देखिएका छन् ।

May be an image of 5 people, temple and textबुढीनन्दा नगर कमिटीले शुभकामना आदान प्रदान र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीको उपचार केन्द्र भवनको उद्घाटन गरिएको छ । भने जगन्नाथ गाउँपालिकाले निर्माण गरेको १० शैयाको पालिका अस्पताल भवनको उद्घाटन तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ । 

नेताहरु फेरि स्वामिकात्र्तिक खापर गाउँपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि भएका छन् । जिल्ला इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य लालबहादुर थापा र जिल्ला अध्यक्ष लालबहादुर ओली सहीतका नेताहरु कार्यक्रमकै अवसर पारेर गाउँमै पुगेर जनतासँग पनि भेटघाट गर्ने गरेका छन् । एमाले जिल्ला कमिटीले पनि असोज २२ गते शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । 

गाउँमा जनतासँग पार्टीको भविष्य, हालसम्मका काम र आगामी दिनको यात्रा बारे पनि छलफल र समीक्षा हुने गरेको नेताहरुले बताएका छन् । नेकपा एमाले बाजुराले कुनै न कुनै काम र अवसर जुराएर जनताकै काम र जनतासँगै भइरहने नीति लिएको छ । 
जेष्ठमा सम्पन्न अधिवेशनबाट आएको नेतृत्वले पाँच महिना नपुग्दै तीन पटक जिल्ला कमिटीको बैठक, १ पटक पार्टी प्रशिक्षण, ३ पटक पार्टी पदाधिकारी बैठक, नगर सभादलको बैठक गरि सकेको छ । भने यो पटक शुभकामना आदान प्रदानमा नेताहरु सक्रिय देखिएका छन् । 
May be an image of 4 people and templeMay be an image of 8 people and hospital

प्रतिक्रिया दिनुहोस