बिहिबार, ०३ असोज २०८१

सुख्खा पहिरो खसेपछि थुनियो कवाडी नदी : कर्णाली आसपासका बासिन्दालाई सतर्क बस्न आग्रह

बाजुरा : हिमाली गाउँपालिकामा पर्ने कवाडी नदी थुनिएको छ । पहिरो खसेपछि नदी थुनिएको स्थानीयले बताएका छन् । हिमाली गाउँपालिका बर २ रुम्दिमा लागेको पहिरोले कवाडी नदी थुनिएको हिमाली गाउँपालिको जानकारी गराएको छ । 

पहिरो विहान १० बजेपछि लागेको र लगत्तै नदी थुनिएको प्रत्यक्ष दर्सीले बताएका छन् । पहिरोपनि नदीको छेउको पहाड खसेर लागेको हो । कवाडी बाजुराको बुढीगंगा पछिको दोस्रो ठूलो नदी हो । जुन नदी मुगु र हुम्ला कर्णाली हिमाली गाउँपालिकाको कवाडी बजारमा पुगेर मिसिने गरेको छ । 

May be an image of textखोलामा एक्कासी अत्याधिक मात्रामा पानीको बहाव घटेपछि स्थानीयबासीले पालिकालाई खबर गरेका थिए । पानी नै कवाडीमा बग्न बन्द भएपछि त्रसित स्थानीयले पालिका र प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नदी थुनिएको स्थानमा प्रहरी र पालिकाको टोली पनि पुगीसकेको बताइएको छ । 

सुख्खा पहिरोले थुनिएको खोलामा करिब १२ बजेपछिबाट केही पानीको सतह बढेको भएपनि पुरै खुल्न नसकेको बताइएको छ । पहिरोले हिमाली गाउँपालिका २, ४ र ५ मा पर्ने नदी किनारका बस्ने जोखिममा पर्ने खतरा छ । 

कवाडी खोला थुनिएपछि जगन्नाथ गाउँपालिका, स्वामिकात्र्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाले सन्देश जारी गर्दै सचेत र सतर्क हुन अपिल गरेको छ । जोखिम नघटेकोले सचेत र सतर्क भएर बस्न पालिकाले जारी अनुरोध पत्रमा भनिएको छ । 

May be an image of ticket stub and text

प्रतिक्रिया दिनुहोस