बिहिबार, ०३ असोज २०८१

बाजुरामा भीरबाट लडेर महिलाको मृत्यु

बाजुरा : भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा खप्तड छेडेदह गाउँपालिका–६ नाइनाकी २२ वर्षीया निर्मला विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरिक्षक रविन्द्रसिं कार्कीले जानकारी दिएका छन् ।

कार्कीका अनुसार बुधबार दिउसो १२ बजे गाउँ नजिकैको घोडानाखे जंगलमा घाँस काट्न गएका बेला  साढे ३ बजेतिर लडेर घटनास्थलमै मृत्यु भएको बताएका छन् ।  

आटीचौर प्रहरी चौकीमा बेलुकी ५ बजे लडेर मृत्यु भएको खबरपछि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक देव चौधरीको नेतृत्वको टोली घटनास्थलमा गएको निमित्त प्रहरी प्रमुख काकीले बताएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस