बिहिबार, ०३ असोज २०८१

नेपाल एयरलाइन्सकाे अवस्था चुनाैतीपूर्ण छ : मन्त्री पाण्डे

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सकाे अवस्था चुनाैतीपूर्ण रहेकाे बताउनु भएकाे छ।

साेमबार पर्यटन व्यवसायी राम प्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा सताव्दी लाेकार्पण गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएकाे हाे।

मन्त्री पाण्डेले  भन्नू भयाे, नेपाल एयरलाइन्स खस्किएकाे छ।अत्यन्तै कमजोर भएको छ।त्यसलाई सुरक्षित बनाउन सकेका छैनाैं। नागरिक उड्डयन क्षेत्र सुरक्षित बनाउन चुनाैती छ। यस क्षेत्रलाई सुधार गर्न सकेमा पर्यटन क्षेत्रकाे विकासका टेवा पुग्ने छ।

उहाँले आधा सताव्दी पुस्तकका लेखक सापकाेटाले पर्यटन क्षेत्र भएकाे विकृति,विसंगतिकाे बारेमा समेत उल्लेख गरेकाे बताउँदै यश क्षेत्रकाे सुधारका लागि सम्वद्व सबैले निष्ठा पूर्व लाग्नु पर्ने बताउनु भयाे।

साथै मन्त्री पाण्डेले पर्यटन क्षेत्रकाे विकासका लागि आफू निष्ठापूर्वक तरिकाले अघि बढ्ने समेत दृढता व्यक्त गर्नुभयाे। 

प्रतिक्रिया दिनुहोस