बिहिबार, ०३ असोज २०८१

गौमुलको कुमारी बैंक चोरी गर्ने तीन विरुद्ध मुद्दा दर्ता, जस्ले राती २ बजे तोडेका थिए बैंक

बाजुरा : गौमुल गाउँपालिकाको केन्द्रमा रहेको कुमारी बैंकमा चोरी गर्ने तीन जना विरुद्ध प्रहरी मुद्दा दर्ता गरेको छ । चोरीमा संलग्न बडीमालिका नगरपालिका १ पिनालेख बस्ने २३ वर्षका जनकराज उपाध्याय, बडीमालिका ७ जिल्ली बस्ने वर्ष २० को किरन विक र बडीमालिका ४ ओलेना बस्ने वर्ष २० कै सन्देश नाथका विरुद्ध चोरी कसुर मुद्दा दर्ता गरेको हो ।

पक्राउ लगत्तै मुद्दा दर्ता गरि जिल्ला अदालतबाट म्याद थप समेत गरिसकेको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायब उपरीक्षक रवीन्द्रसिंह कार्कीले बताएका छन् । चोरीमा संलग्न तीनै जना चोरी र लुटलाट जन्य अन्य घटनामा समेत संलग्न भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । 

उनीहरुले भदौ १५ गते विहान २ बजेको समयमा मार्तडीबाट गएर बैंक सहीत घट्मुना बजारमा रहेका पाँच वटा पसल तोडफोड गरी चोरी गरेको प्रमाणित भएको छ । सिसि टिभी फुटेजको साहारामा प्रहरीले तीनै जनालाई पहिचान गरि पक्राउ गरेको हो । 

बैंकको मुल ढोका तोडफोड गरी सिसी क्यामरा जडान गरिएको मनिटर लिएको सिसी टि।भी।फुटेजमा देखिएको छ । भने गौमुल गाउँपालिका–६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नगद ५० हजार समेत चोरी गरेका छन् ।

यसैगरी गाउँपालिकाको केन्द्र घट्मुना बजारमा रहेका ५ वटा पसलहरु तोडफोड गरी चोरी गरिएका छन् । स्थानीय व्यापारी चन्द्र रोकाया, सरिता रोकाया, गणेश थापा, सुशीला रोकाया र ज्ञान बहादुर सुनारको पसलमा चोरी भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस