बिहिबार, ०३ असोज २०८१

एकीकृत समाजवादीको सचिवमा बाजुराका नरेश शाहीको उम्मेदवारी

बाजुराकै हिक्मत शाहीले पनि गरे पोलिटव्यूरोमा दाबी

बाजुरा : नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव पदका लागि नरेश शाहीले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री शाहीले खुला सचिव पदमा उम्मेदवारी दिएका हुन् । एकीकृत समाजवादीमा आज पदाधिकारी र पोलिटव्यूरोका लागि मतदान हुदैछ । 

महाधिवेशनले अध्यक्ष, सम्मानीत नेता र महासचिव बाहेक अन्य पदाधिकारी र पोलिटव्यूरोमा सहमति गर्न नसकेपछि त्यसको टुंगो केन्द्रीय सदस्यको मतदानबाट लाग्ने भएको छ । पार्टी विभाजन पछिको राष्ट्रिय युवा संघको केन्द्रीय अध्यक्ष समेत रहेका शाहीले नेकपा एमालेमा हुँदा देखि नै युवा राजनीतिमा राम्रो छवी बनाएका छन् । 

२०७९ को चुनावी गठनबन्धमा एकीकृत समाजवादीका तर्फबाट टिकक ल्याएर आफ्नो लोकप्रीय छवीकै कारण प्रदेश सभाको चुनाव समेत जितेका थिए । पार्टी राजनीतिमा पनि राम्रो प्रभाव राख्ने शाहीले समाजवादी पार्टी निर्माणमा युवा पंक्तिलाई पार्टी कमिटीमा जोड्न ठूलो योगदान पुर्याएका छन् । 

सचिव पदका उम्मेदवार शाही बाजुराका स्थायी बासिन्दा हुन् । उनले क्रियाशील र इमानदार नेताको छवी बनाएका छन् । पार्टी कार्यकर्ताबीच पनि लोकप्रीय छन् भने देश भरि युवाको नेटवर्क पनि राम्रो रहेको छ । शाहीले पार्टी निर्माण, सक्रियता र पार्टी भविष्यका लागि आफ्नो उम्मेदवारीमा मतदाताले समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।

शाहीले दिएको खुला सचिव पदमा ५ जनाका लागि मतदान हुदैछ । ५ सिटका २७ जनाको उम्मेदवारी परेका छ । शाहीले दिएको सचिव पदमा सुदूरपश्चिमकै पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।

एक वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेत, महिला उपाध्यक्षमा जयन्ती देवी राई र रामकुमारी झाँक्री, मधेशी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी छ । ४ सिट खुल्ला उपाध्यक्षका लागि ११ जनाले उम्मेदवारी दिएका छन् । ११ जना मध्ये सुदूरपश्चिमबाट बझागका भानुभक्त जोशी र कंचनपुरका उर्वादत्त पन्तको पनि उम्मेदवारी छ । 

४ सिट उपमहासचिवका लागि २० जनाको उम्मेदवारी परेको छ । सुदूरपश्चिमबाट कैलालीकी गरिमा शाहले पनि उम्मेदवारी दिएकी छन् । भने १।१ जना दलित र आदीवासी जनजाती सचिवका लागि ३।३ जनाले उम्मेदवारी दिएका छन् । १०५ सदस्यीय पोलिटव्यूरोका लागि २०४ जनाले उम्मेदवारी दिएका छन् । 

मतदाता जती सबैको उम्मेदवारी देखिएको छ । सुदूरपश्चिमबाटै दलित सचिवका लागि निरुदेवी जैरु र गणेशबहादुर विकले दिएका छन् । पोलिटव्यूरोका लागि निवर्तमान मुख्यमन्त्री दिर्घ सोडारी, बाजुराका हिक्मतबहादुर शाहीले पनि दिएका छन् । निर्वाचनमा केन्द्रीय समितिका ३४४ सदस्यले १८ पदाधिकारी र ८४ १०५ सदस्य पोलिटब्युरो सदस्य चयन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस