शुक्रबार, ०२ कार्तिक २०८१

विकासमा प्राथमिकता दिन एमाले बाजुराले बुझायो प्रधानमन्त्रीलाई १४ बुँदे माग पत्र

ओली प्रधानमन्त्री भएपछि जिल्लाको तर्फबाट नेकपा एमाले बाजुराले औपचारिक मागहरु बुझाएको सचिव काशी विकले बताएका छन् । बाजुरा जिल्लाबाट प्रतिनिधीत्व गर्ने एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, दयाल बहादुर शाही सहीत केन्द्र, प्रदेश र जिल्ला कमिटीका नेताहरुले सामुहीक रुपमा भेटेरै जिल्लाको माग प्रेश गरेका हुन् ।

मङ्गलबार ०८, साउन २०८१ ०७:००

बाजुरामा राजमार्गको पहिरो रोक्न अल्पकालिन समाधानका लागि त्रिपाल बिछ्याइयो

पहिरो नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार सुरक्षाकर्मी लगाएर पहिरो गएको ठाउँमा त्रिपाल बिछ्याएको हो । अविरल वर्षाका कारण भिरालो जमिनमा पहिरो नरोकिएपछि जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा पहिरोमाथि त्रिपाल विछ्याइएको हो ।

मङ्गलबार ०८, साउन २०८१ ०७:३२

वाह ! स्वर्ग जस्तै क्या सुन्दर बडीमालिका

१४ हजार फिटको उचाईमा छ । बडीमालिका क्षेत्र ४ महिना हिउँको घुम्टोमा सजिने गरेको छ । र बर्षाद र अन्य मौसममा हरियालीको शोभाले भरिएको हुन्छ । बर्षादको चार महिना भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैसीहरुले बडीमालिका पाटन भरिएका छन् । फूलैफूलको पाटनमा चरिचरनमा लामवद्ध पशुचौपायाहरुको लस्करले झनै लोभलाग्दो देखिन्छ बडीमालिका ।

बुधबार ३०, साउन २०८१ ०३:१३

आह ! तालै तालको पाटन बुढीनन्दा

१५ हजार फिट उचाईको पहाड। जहाँ साउन भदौमा पनि सेताम्य हिउँ देखिन्छ। १० महिना सेतो हिँउको घुम्टोले नै ढपक्क ढाक्ने गर्छ । पहाडै पहाडको शहर छ। थप शोभा बढाएको छ, तालहरूले । जहाँ दर्जनको सङ्ख्यामा साना ठूलो तालहरू छन्। ती तालहरूको विशेषता आ–आफ्नै छ। कोही दानवका लागि महत्वको बोकेका छन्, कोही भगवानका लागि। त कोहीले मानवसँग पनि। पुग्नेहरू स्वर्गकै उपमाको संज्ञा दिन्छन्।

बुधबार ३०, साउन २०८१ ०३:२३

माओवादी र समाजवादीले नदिँदा पनि सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए २ तिहाइ मत

शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन्। ५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन्।

बुधबार ३०, साउन २०८१ ०८:२४

बडीमालिका तीर्थ यात्रा विशेष नगरपालिकामा सार्वजनिक विदाको निर्णय

बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय धार्मिक पिठ बडीमालिका माताको दर्शनका लागि पालिकाबाट सरकारी टोली बडीमालिका मन्दिरमा प्रस्थान गर्ने भएकोले साउन ३१ गते भोलि विहिबारका दिन सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केशीले बताएका छन् ।

बुधबार ३०, साउन २०८१ ०८:५९

‘बडीमालिका र बुढीनन्दा’ तीर्थयात्रा सुरु, बडीमालिकाबाट सरकारी टोली प्रस्थान

दुबै शक्ति पीठमा तीनदिन पहिला नै यात्रा प्रारम्भ गर्नु पर्ने धार्मिक मान्यता छ । सयैको संख्यामा तीर्थयात्राहरु केहीदिन पहिलादेखि नै बडीमालिका, बुढीनन्दा जान थालेपनि औपचारिक यात्रा बिहिबारबाट सुरु गरिएको बडीमालिका नगरपालिकाले बताएको छ । पालिकाका तर्फबाट औपचारिक रुपमा नै सरकारी टोली बडीमालिका पठाएको छ ।

बिहिबार ३१, साउन २०८१ ०९:०९

यो वर्ष १६ लाख पर्यटक भित्राउने लक्ष्य छ : मन्त्री पाण्डे

पर्यटन उधोगमा परिणत गर्नका लागि मन्त्रालयको के कस्तो अल्पकालिन र दिर्घकालीन के छ भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले नेपालको राष्ट्रिय पर्यटन रणनीति गुरुयोजना (२०१६–२५) को आधारमा पर्यटकीय गन्तव्यहरुको विकास विस्तार तथा पहिचान,पदमार्गहरुको निर्माण,पर्यटकीय उपहजहरुको बारेमा स्वदेश तथा विदेशमा पर्यटन प्रवद्र्धन कार्यक्रमहरु निरन्तर हुँदै आएको बताउनु भयो ।

बिहिबार ३१, साउन २०८१ ०३:५३

थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनिन् थाक्सिनकी छोरी ३७ वर्षीया पेतोङत्रान

गत वर्ष भएको थाइल्याण्डको चुनाव त मुभ फरवार्ड पार्टीले जितेको थियो । तर सेनाले नियुक्त गरेका सिनेटहरुले सबैभन्दा ठूलो दललाई सरकार बनाउन रोके । दोस्रो दल फेउ थाइले अरु दलहरुसँग गठबन्धन गरेर थबिसिनलाई प्रधानमन्त्री बनायो ।

शुक्रबार ३२, साउन २०८१ ०२:५२

आर्थिक विकाससँगै जनभावना र समाजका मुद्दामा ध्यान दिनु पर्छ : महासचिव पोखरेल

नेकपा एमाले सामाजिक सेवा विभागको दशौं बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै महासचिव पोखरेलले आर्थिक विकासबाट मात्र मानिस सन्तुष्ट हुनसकेन भन्ने कुराको दृष्टान्त बङ्गलादेशको घटना भएको बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– समाजमा के मुद्दाले असर गरिरहेको छ भन्ने बुझ्नुपर्ने रहेछ ।

शुक्रबार ३२, साउन २०८१ ०२:५७

विपीनको रिहाइ माग गर्दै अनेरास्ववियु बाजुराको हस्ताक्षर अभियान

अनेरास्ववियुको केन्द्रीय सर्कुलर अन्र्तगत बाजुरा सदरमुकाम मार्तडीमा पनि हस्ताक्षर अभियान थालिएको जिल्ला अध्यक्ष दीलबहादुर थापा भोटेले जानकारी दिएका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान  संकाय अन्तर्गत स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी विपिन जोशीको रिहाईको लागि कुटनैतिक पहल गर्न अनेरास्ववियु जिल्ला कमिटी बाजुराले बृहत हस्ताक्षर संकलन गरेको हो ।

शुक्रबार ३२, साउन २०८१ ०३:२२

'हितकी परानी' बाट प्रकाशले गराए छोरा आशिषलाई सांगीतीक यात्राको सुरुवाद

तीनै थापा फेरि चर्चाको शिखरमा छन् । अरुकै गीत गाउने थापाले सायद पहिलो पटक आफ्नै लय शब्द र संगीतमा गीत सार्वजनिक गरेका छन् । त्यो पनि आफ्नै सन्तानलाई साथमा राखेर । आफूसँगै एउटै गीतमा स्वर दिन लगाएर छोरा आशिष कुमार थापालाई पनि संगीतीक दुनियाँमा प्रवेश गराएका छन् ।

शुक्रबार ३२, साउन २०८१ १०:११

बाजुराका चन्दु कार्की, जो हरिद्वारबाट २९ दिनको पैदल हिँडेर पशुपतिनाथ पुगे

१ गते राती पुगेकाले जनैपूर्णिमाको अवसरमा हरिद्वारबाट बोकेर ल्याएको जल चढाएँ’ उनले भने । आफ्नो स्वास्थ्य अवस्था तन्द्रुस्त रहेको बताउने उनले अब एक महिना नेपालमै रहने बताएका छन् । ‘केही दिन आराम गरेपछि यतै पैदल यात्रा गर्ने योजना छ’ उनले भने ।

मङ्गलबार ०४, भदौ २०८१ ०३:३६

एमाले बाजुराको बैठक भदौ १३ गते मार्तडीमा बस्ने

गएको जेष्ठ ७ गते सम्पन्न जिल्ला अधिवेशनको नयाँ नेतृत्व चयन गरेको थियो । पहिलो बैठक अधिवेशन सकिएको पछिल्लो दिन बसेपनि त्यस यता पूर्ण बैठक बसेको छैन् । साउनमा बस्ने गरि तयारी गरेपनि पार्टी संगठनका काम, राजनीतिक समिकरण फेरबदलका कारण बैठक बस्न नसकेको हो ।

मङ्गलबार ०४, भदौ २०८१ ०३:४१

सुदूरपश्चिम सरकार : २५ लाखभन्दा कमका योजना नबनाउने र उपभोक्ता मार्फत काम गर्न नदिने

‘प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीआदिलाई बजेट विनियोजन तोकेर गरिने छैन,’ मुख्यमन्त्री कमलबहादुर शाहद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिने छैन ।’

मङ्गलबार ०४, भदौ २०८१ ०४:०२

बाजुरामा करेन्ट लागेर २ जनाको घाईते, एकको अवस्था गम्भीर

घाइते हुनेमा बडीमालिका ६ कोर्धका वर्ष २९ का रुपक बडुवाल र बडीमालिका ४ रिलाका २८ वर्षका राजेन्द्र नाथ रहेका छन् । घाइते मध्ये बडुवाको अवस्था गम्भीर रहेको बताइएको छ । बडुवाललाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुराले रिफर गरिरहेको छ । भने नाथको अस्पतालमै उपचार भइरहेको छ ।

बुधबार ०५, भदौ २०८१ ११:०४

खप्तड छेडेदह ६ नाइनाको बस्ती नै पहिरोको जोखिममा, ६० बढी परिवार विस्थापितको खतरा

पहिरोका कारण नाइनाका २५ परिवार पूर्णरुपमा विस्थापितमा छन् । भने ६० बढी परिवार उठिबासको चिन्तामा छन् ।  सुरुको वर्ष सामान्यरुपमा पहिरो लाग्यो, पछि विस्तार बस्ती नजिकैबाट पहिरो बग्न थालेको पहिरो प्रभावित जोगी विष्टले बताएका छन् । पहिरो घरको आँगनसम्मै पुगिसकेको छ ।

बुधबार ०५, भदौ २०८१ ०६:०७

अड्किएको फाइलको २४ घण्टा भित्र छिनोफानो गर्न मन्त्री पाण्डेको निर्देशन

बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक  छलफल कार्यक्रममा उक्त निर्देशन दिनुभएको हो । मन्त्री पाण्डेले भन्नुभयो, “मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टा भित्र छिनोफोनो गर्नुहोला ।”

बुधबार ०५, भदौ २०८१ ०६:१७

डोटीमा मोटरसाईकल दुर्घटनामा परी २ जना बाजुराका सहीत ३ जना घाइते

बाजुराबाट धनगढी जाने क्रममा दिपायल सिलगढी नगरपालिका ६ स्थित थाप्लामा मोटरसाइकल एक आपसमा ठोक्कीएका थिए । सुवासको छाती, घुडाँ र पेटमा चोट लागेको छ । भने मायाको पेट र खुट्टामा चोट लागेको छ । विकास खत्रीको पेट, छाती र खुट्टामा चोट लागेको छ ।

बिहिबार ०६, भदौ २०८१ ०२:२७

आठौं धर्म–धम्म सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

मन्त्री पाण्डे शुक्रबारबाट भारतको गुजरतामा हुने तीन दिने आठां धर्म–धम्ब सम्मेलनमा सहभागी हुन त्य तर्फ प्रस्थान गर्नु भएको हो।
भारत फाउन्डेसनको पहल एवम् गुजरात विश्वविद्यालय, अमदाबादसँगको सहकार्यमा  ुन लागेको धर्म–धम्म सम्मेलनमा हिन्दू र बौद्ध सभ्यताहरूबीच निकट रहेका विचारहरुमाथि विमर्श हुने जनाइएको छ । सो सम्मेलनमा भूटान, श्रीलङ्का र नेपाल लगायतका देशका मन्त्रीहरुको सहभागिता रहने छ ।

बिहिबार ०६, भदौ २०८१ ०६:०५

विद्युतिकरण कार्यमा सतर्कता अपनाउन उपभोक्तालाई बाजुरा प्रशासनको आग्रह

जिल्लामा पछिल्लो समय दिनप्रतिदिन करेन्ट लाग्नेक्रम बढीरहेको छ । स्वयम नागरिक नै सचेत नभएसम्म जोखिम बढीरहने भएकोले कुनैपनि व्यक्तिबाट लापरवाही नगर्न भनिएको छ । दुर्घटना बढ्दै गएको भन्दै सचेत हुन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जारी गरेको अपिल पत्रमा उल्लेख छ ।

बिहिबार ०६, भदौ २०८१ ०७:१४

प्रकाश चन्दले पाए कराँतेमा अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता

कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री प्रकाश चन्दले एसियन कराँते महासङ्घबाट रेफ्रीको मान्यता प्राप्त गरेका छन् ।

बिहिबार ०६, भदौ २०८१ ०९:५३

बुढीगंगा बन्यो संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाजुराकै पहिलो, हिमाली र बुढीनन्दा सबैभन्दा कमजोर

पालिकाको कार्यप्रगति नजिताको मूल्याकंन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने गर्दछ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०७९/८० को नजिता सार्वजनिक गरेको हो । सार्वजनिक गरेको स्वमूल्याङ्कन नतिजा प्रदिवेदन अनुसार बुढीगंगा नगरपालिकाले ८४ .५० ल्याएको छ ।

शुक्रबार ०७, भदौ २०८१ ०८:५५

महिना दिन भित्र उपभोक्ता अदालत गठन गर्ने उद्योग मन्त्री भण्डारीको घोषणा

उहाँले अनुगमनलाई प्रभावकारी बनाउने गरी उपभोक्ता अदालत गठन हुने जिकिर गर्नुभयो । सरकारले अत्यावश्यक वस्तु अभाव हुन नदिने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । दुई दिनभित्र भारतको मन्त्रिपरिषद्मा नेपालको विशेष चामलको कोटामा लाग्ने २० प्रतिशतको ड्युटीलाई घटाउने प्रस्ताव लैजाने पनि उहाँको भनाई थियो ।

आइतबार ०९, भदौ २०८१ ०१:५१