बिहिबार, ०३ असोज २०८१

आह ! बाजुराको साप्पाटामा लटरम्म फलेका मन रसाउने स्याउका बोटहरु...

बाजुरा : बाजुरा स्याउ खेतीमा लागि प्रचुर संभावनाको जिल्ला हो । बाजुराको बुढीनन्दा नगरपालिका र स्वामिकात्र्तिक खापर गाउँपालिका स्याउ खेतीमा लागि संभावित क्षेत्र हुन् । स्वामिकात्र्तिकको सबै वडामा स्याउ खेती गरिन्छ । भने बुढीनन्दाको ३, ४, ८, ९ र १० मा स्वाउ अत्याधिक मात्रामा फल्ने गरेका छन् । बुढीनन्दाको तुलनामा स्वामिकात्र्तिकमा बढी मात्रामा स्याउ फल्ने र संभावना पनि धेरै रहेको छ । 

कृषि ज्ञान केन्द्रका अनुसार सबै स्याउले बजार पाउन सके र लगायतका जति सबैबोटमा राम्रो उत्पादन हुन सके ३ देखि ४ करोडको स्याउ बाजुरामा मात्रै उत्पादन हुने देखिन्छ । बुढीनन्दा र स्वामिकात्र्तिक पछि हिमाली र जगन्नाथ गाउँपालिकाका केही वडामा पनि स्याउ खेती गर्ने गरिएको छ । 

बजार र बाटो अभावले स्याउले बजार पाउन सकेको छैन् । स्वामिकात्र्तिक खापर गाउँपालिका १ जोरुमा फलेका स्याउको दृश्य निकै लोभ लाग्दो देखिन्छ । स्याउ बारीमा पुगेर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले सामाजिक सञ्जालमा पोष्ट गरेका स्याउका दृश्यहरु । जहाँ भोक गरिबी र अभावको विषयले स्थान धेरै पाउने र कुपोषणको समस्या भनिएको क्षेत्रमै यस्तो स्याउको संभावना देखिन्छ । मनै साउने गरि फलेका स्याउका दृश्यहरु-
May be an image of stone-fruit tree and shadbushMay be an image of apple, stone-fruit tree, shadbush and grassMay be an image of stone-fruit tree and shadbushMay be an image of apple and treeMay be an image of shadbush and treeMay be an image of apple, shadbush and stone-fruit treeMay be an image of apple, shadbush and stone-fruit treeMay be an image of apple, stone-fruit tree and shadbushMay be an image of apple, stone-fruit tree and shadbush

प्रतिक्रिया दिनुहोस