बाजुरा : नेकपा एमाले बाजुराले राजन कुमार रोकायालाई एमाले पार्टी प्रचार विभागको जिम्मेवारी दिएको छ । पार्टी प्रचार विभाग प्रमुख रहने गरि एमाले जिल्ला कमिटीको दोस्रो बैठकले जिम्मेवारी दिएको हो ।
पार्टी आठौं जिल्ला अधिवेशनबाट खुला तर्फको कोटामा चुनाव जितेका रोकाया यस अघि पनि जिल्ला कमिटी सदस्य थिए । सदस्य भएकै बेला बुढीनन्दा नगर कमिटीको इन्चार्जको भूमिका निर्वाह गरेका थिए । वडा अध्यक्ष भएर काम गरिसकेका रोकायाले सानै उमेरमा पार्टीको प्रमुख जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन् ।
पार्टी कमिटीको विभागीय जिम्मेवारी पाउनेमा युवा पुस्ताका राजन रोकाया एक्ला हुन् । उनी सचिवालय सहीत प्रचार विभागको प्रमुख बनेका हुन् । विद्यार्थी राजनीति गरेका रोकायाले पाएको जिम्मेवारी सफलता पूर्वक सम्हाल्दै आएका छन् ।
पार्टीको दोस्रो बैठकले प्रदेश निर्वाचन क्षेत्र क मा कालीबहादुर धरालालाई निर्वाचन कमिटीको अध्यक्ष र जंगवीर रोकायालाई सचिव बनाएको छ । भने निर्वाचन क्षेत्र ख मा अध्यक्ष दीलबहादुर रावत र सचिवमा धर्मराज पाध्यायलाई जिम्मेवारी दिएको छ ।
पार्टीको महत्वपूर्ण मानिएको संगठन विभाग अमर खड्का पाएका छन् । भने आर्थिक विभाग प्रमुखमा सचिव काशी विकले नै लिने भएका छन् । उपाध्यक्ष जनक कुमार बोहराले स्कुल र उपसचिव हरि रोकायाले जनसंगठन समन्वय मोर्चा प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् ।
स्थानीय तह समन्वय विभागमा रामबहादुर बानीयाँ र सहकारी तथा वित्तीय श्रोत व्यवस्थापन विभागको जिम्मा मन्देवी ओलीले पाएका छन् । पार्टीले ६७ वटा वडाका इन्चार्ज तोकेको छ । ९० जनाको एक तिहाइको सचिवालय कमिटी बनाएको छ ।
प्रतिक्रिया दिनुहोस