बिहिबार, ०३ असोज २०८१

४ किलो चरेससहित बझाङका धामी धनगढीमा पक्राउ

धनगढी : कैलालीमा साढे चार किलो चरेससहित एक जना पक्राउ परेका छन् ।

शनिबार धनगढी उपमहानगरपालिका ८, क्याम्पस चोकनजिकबाट साढे चार किलो चरेससहित बझाङको केदारस्युँ गाउँपालिका ७ का ४२ वर्षीय जनक धामी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय, धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोली धामीलाई पक्राउ गरेको हो ।

धामी सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा रहेको साढे चार किलो चरेस र उनको साथबाट नगद ७५ हजर बरामद गरिएको छ । धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको भइरहेको डीएसपी बोहराले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस