बिहिबार, ०३ असोज २०८१

एमाले बाजुराका नवनिर्वाचित अध्यक्ष ओली सहीतका पदाधिकारीले गरे पदभार ग्रहण

पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा सहीतका नेताहरुको उपस्थितिमा पदभार ग्रहण गरिएको सचिव काशी विकले जानकारी दिएका छन् । पार्टी अध्यक्ष लालबहादुर ओलीले निवर्तमान अध्यक्ष भरत थापालाई १५ मतको अन्तरले पराजित गरेका हुन् ।

बुधबार ०९, जेठ २०८१ ०९:१९

ओलीको जीत, पार्टीले गरेको न्याय र योग्यताको सम्मान हो : रावल

सामाजिक विकासको यात्रामा पुर्याएको योगदान नै राजनीतिक जीवनको जग र समाज सेवाको प्रमुख उदारण भएकोले त्यसलाई पार्टीको आठौं जिल्ला अधिवेशनले सही मूल्याकंन गरेको रावलको विश्लेषण छ ।  छलकपट नगरि, कुनै आग्रह पूर्वाग्रह नराखी ओली जनमतबाट प्रमाणित हुनु, उहाँ प्रतिको न्याय भएको रावलको धारणा छ ।

बिहिबार १०, जेठ २०८१ ०४:३०

बाजुराको विकासमा दलिय सहकार्य र बलियो संगठन पहिलो प्राथमिकतामा रहन्छ : ओली

अध्यक्षमा निर्वाचित भइसकेपछि प्रेस चौतारी नेपाल बाजुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ओलीले सबैले उदेश्य नै समृद्धि नेपाल, सुखी नेपाली हुनु पर्ने र त्यसका लागि राजनीतिक दल, दलका नेता र सामाजिक सेवामा जोडिएकाजति सबै बीचको सहकार्यमा जोड दिएका छन् । पत्रकार भेटघाट कार्यक्रम एमाले पार्टी कार्यालय मार्तडीमा आयोजना गरिएको हो ।

बिहिबार १०, जेठ २०८१ ०४:३३

एमाले बाजुराले जेष्ठ भित्र पालिका अधिवेशन सक्ने, विकासमा प्रतिस्प्रर्धी दलसँग सहकार्य गर्ने

अधिवेशन पछिको एमालेको रणनीति र आगामी योजना बारे जानकारी लिन प्रेस चौतारी नेपाल बाजुराले गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव काशी विकले पहिलो बैठकको निर्णय सार्वजनिक गरेका हुन् । पत्रकार भेटघाट कार्यक्रम पार्टी कार्यालयमा आयोजना गरिएको हो ।

बिहिबार १०, जेठ २०८१ ०४:३४

जनप्रकाश मावि कोल्टीबाट रारा भ्रमणमा गएका विद्यार्थी बोकेको जीप दुर्घटना, १४ घाइते

बुढीनन्दा नगरपालिका–२ मा रहेको जनप्रकाश माविमा कक्षा १० मा अध्यनरत विद्यार्थीलाई बोकेर रारा जादै गरेको ग.१ज. ८२४९ नम्बरको जिप दुर्घटना हुँदा शिक्षक सहीत १४ जना घाइते भएको  श्रीकोट रोल प्रहरी चौकीका प्रहरी हवल्दार राजेन्द्र मल्लले जानकारी दिएका छन् ।

बिहिबार १०, जेठ २०८१ ०४:४२

बाजुरादेखि काठमाडौंसम्म सोफा सहीतको सुविधा युक्त एसी बस सेवा सञ्चालन

सुदूरपश्चिम बस व्यवसायी समितिले बाजुरादेखि काठमाडौंसम्मको यात्राका लागि सुविधा सम्पन्न एसी बस सञ्चालनमा ल्याएको हो । धनगढी र बझाङपछि बाजुरामा सुविधा सम्पन्न एसी सोफा बस सञ्चालन गरिएको समितिका अध्यक्ष देवीलाल सापकोटाले जानकारी दिएका छन् ।

बिहिबार १०, जेठ २०८१ ०५:२९

नेपाल किसान महासंघ बाजुरामा नयाँ नेतृत्व, खड्का बने अध्यक्ष

पार्टी कार्यालय बाजुरामा आयोजना गरिएको अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय सचिव तारा खातीले गरेकी हुन् । भने प्रमुख वक्ताको रुपमा नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा रहनु भएको थियो । उद्घाटन सत्रपछिको बन्द सत्रबाट सर्वसम्मत नेतृत्व छनोट गरिएको किसान महासंघका केन्द्रीय सदस्य एवं अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष कृष्ण खड्काले बताएका छन् ।

बिहिबार २४, जेठ २०८१ ०८:२५

मिसन ८४ सफल पार्न पार्टी कमिटी र जनसंगठन दुबै सक्रिय बनाउनु पर्छ : थापा

संगठनका नाममा पद लिने, काम नगर्ने, संगठन बारे जानकारी नै नराख्ने अवस्था देखिएकोले अब त्यो नहुने धारणा राखेका हुन् । थापाले पार्टीले मिसन ८४ सफल पार्न निर्मम निर्णयका साथ पार्टी कमिटी लाग्नु पर्ने बताएका छन् । बाजुरा जिल्ला कमिटीको नवनिर्वाचित टिम पढाइ, लेखाइ, योग्यता क्षमता हरेक दृष्टीकोणबाट सफल र सक्षम भएकोले त्यसको योजना सहीत कार्यान्वयन गर्न सुझाव दिएका छन् ।

बिहिबार २४, जेठ २०८१ ०८:४०

नेपाल औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा बाजुराका ओली नियुक्त

सिफारिस गरिएका ३ जना मध्ये बाजुराका पदम ओलीलाई नियुक्ति दिने मन्त्री परिषदको बैठकले निर्णय गरेको हो । १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै ओली सहीत तीन जना पहिलो चरणमा सिफारिस भएका थिए । महाप्रबन्धकका लागि मन्त्रालयले जेष्ठ २२ गते सिफारिस गरेको थियो । मन्त्रीपरिषद्को बैठकले २ दिन पछि नियुक्तिका लागि निर्णय गरेको हो ।

बिहिबार २४, जेठ २०८१ १०:१९

गौमुलको मञ्चमा एमाले नेताहरुको उद्घोष, सामुहीकतामा विश्वास गरौं, पार्टी बनाउन लागौं

नौ वटा स्थानीय तहमध्ये हालसम्म जगन्नाथ गाउँपालिका र स्वामिकात्र्तिक खापर गाउँपालिकाका पालिका अधिवेशन सकिसकेका छन् । गौमुल गाउँपालिकाको अधिवेशन जारी छ । संगठित सदस्यता नविकरण गरिसकेका पालिका लक्षित अधिवेशन भइरहेको सचिव काशी विकले बताएका छन् ।

सोमबार २८, जेठ २०८१ ११:३४

गौमुल गाउँ कमिटीको नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा मोहन रोकाया

गाउँ कमिटीको दोस्रो अधिवेशनबाट एमाले गौमुल गाउँ कमिटीको अध्यक्षमा मोहन रोकाया चयन भएका छन् । त्यस्तै कमिटीको उपाध्यक्षमा विरेन्द्र बोहरा, सचिवमा धन बहादुर बोहरा, उपसचिवमा कलक बहादुर रोकाया र निर्मला बोहरा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

मङ्गलबार २९, जेठ २०८१ ०२:४१

अछामको बयलपाटा अस्पतालका लागि संघ र प्रदेश सरकारसँग कांग्रेस नेता पाण्डेको बजेट माग

सांसद पाण्डेले सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा सञ्चालन व्यवस्थापनका लागि बजेट विनियोजन गर्न र साथै संघीय सरकारबाट पनि अनुदान प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले आउने असारको १ गतेको बजेटमा अस्पताललाई संवोधन गर्न पनि आग्रह गरेका छन् ।

मङ्गलबार २९, जेठ २०८१ ०३:०३

योजना छनोट र बाजुराका स्थानीयतहको कार्यसम्पादन प्रभावी बनाउन एमाले सभादल सक्रिय

पार्टीको विधान धारा (७४) र स्थानीय तह संचालन निर्देशिका २०७९ बमोजिम प्रत्येक  पालिकामा सभादल गठन गरि सञ्चालनमा ल्याउने व्यवस्था छ । पार्टीको विधानको व्यवस्थापन अनुसार नै पालिका स्तरीय सभादल बजेट निर्माण केन्द्रीय बहस र छलफलमा सक्रिय रहेको एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले जानकारी दिए ।

मङ्गलबार ०५, असार २०८१ ०९:५२

गौमुलको प्राथमिकतामा सडक, शिक्षा र स्वास्थ्य, गाउँ सभाबाट ३४ करोड बजेट प्रस्ताव

गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष सीता थापाले प्रस्तुत गरेको आगामी वर्षको प्रस्तावित बजेट सर्वसम्मत पारित गरिएको छ । गाउँपालिकाका सभा हलमा सञ्चालन भएको गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट, गाउँ सभा सदस्य, कर्मचारी लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।

शुक्रबार ०८, असार २०८१ ०६:५२

गौमुलले ५ लाख भन्दा कमपुँजीका व्यवसायीलाई मदिरा दर्ता अनुमति नदिने

गौमुलमा मदिरा कार्डको व्यवस्थापन नीति प्रभावकारी बन्दै गएको छ । गाउँ सभाले मदिरालाई थप व्यवस्थापन गर्न गाउँपालिका भरी पालिकाको मदिरा ऐन बमोजिम ५ लाख भन्दा थोरै पूजीँ भएको मदिरा व्यवसायलाई दर्ता गर्न नमिल्ने निर्णय गरेको हो ।

शुक्रबार ०८, असार २०८१ ०७:४८

बडीमालिकाको नीति कार्यक्रम : विकासका लागि लगानी सम्मेलन, समृद्धिका लागि विकास कचहरी

पालिकाले यसैवर्ष भित्र कोदोको विस्कुट उत्पादन गर्ने मेसिन खरिद गरि उत्पादन सुरु गर्ने नीति लिएको छ । पालिकाको विकास र समृद्धिका सवाललाई बहसको रुपमा अघि सार्न बडीमालिका विकास कचहरी गर्ने र लगानी सम्मेलनको निर्णय गरेको छ । सबै क्षेत्रका लगानी दाताहरुलाई बोलाएर पालिकाको विकास र समृद्धिमा सहकार्यका लागि लगानी सम्मेलन गर्ने नीति लिएको नगर प्रमुख अमर खड्काले बताएका छन् ।

सोमबार ११, असार २०८१ ०९:१३

बडीमालिकाको बजेट ५० करोड ३९ लाख : पूर्वाधार विकास, कृषि र शिक्षालाई प्राथमिकता

नगर सभा सकिएलगत्तै पत्रकार सम्मेलन गरि पालिकाले जारी गरेको नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको थियो । कुल बजेट मध्ये चालु तर्फ ३२ करोड ५९ लाख ८८ हजार ४ सय अर्थात कुल बजेटको ६४ दशमलव ६९ प्रतिशत र पुँजिगत तर्फ १७ करोड ७९ लाख ३० हजार ६ सय रुपैया अर्थात कुल बजेटको ३५ दशमलव ३१ प्रतिशत बजेट बिनियोजन गरेको छ ।

सोमबार ११, असार २०८१ ०९:१५

खप्तड छेडेदहले ५२ करोड २१ को बजेट प्रस्ताव : प्रथमिकतामा शिक्षा, पर्यटन र पूर्वाधार विकास

गाउँपालिकाले आगामी आर्थिक बर्षको प्रस्तावित बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेको उपाध्यक्ष नाथले बताइन् । बजेट अधिवेशनबाट कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्चका लागि ९ करोड १६ लाख ८७ हजार, शिक्षा युवा तथा खेलकुद २ करोड, स्वास्थ्य सेवा ९० लाख, क्रमागत योजनातर्फ २ करोड, कृषि विकासतर्फ ३० लाख बजेट अनुमान गरेको छ ।

मङ्गलबार १२, असार २०८१ १०:१०

बुढीगंगाको बजेट ५४ करोड ४० लाख, सडक, कृषि र शिक्षा पहिलो प्राथमिकतामा

२०८१/८२ मा नेपाल सरकारबाट समानीकरण अनदुान तर्फ ११ करोड ५३ लाख, राजस्व बाँडफाडबाट रु. ८ करोड ७६ लाख, सम्पूरक अनदुान रु. २ करोड ५० लाख, विषेश अनुदार्न रु. ३ करोड र सशति अनदुानर्ति रु. २४ करोड ३६ लाख ११ हजार प्राप्त हनुे अनमुान गररएको नगर उप प्रमुख खड्काले बताएकी छन् ।

मङ्गलबार १२, असार २०८१ १०:१२

बुढीनन्दाका जनप्रतिनिधी र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने

आगामी आर्थिक वर्षका लागि पालिकाले ५० करोड २८ लाख ४९ हजार ९ सय  ८७ रुपैयाको बजेट प्रस्तुत गरेको छ । त्यो मध्ये सामाजिक विकास तर्फ २४ करोड ८४ लाख ४५ हजार, आर्थिक विकास तर्फ ४ करोड ३५ लाख २ हजार, पूर्वाधार विकासमा ४ करोड ७४ लाख ८५ हजार, सुशासन विकास तर्फ ६९ लाख ९५ हजार, प्रशासनीक खर्च तर्फ १४ करोड, १४ लाख २१ हजार ९ सय ८७ रुपैया विनियोजन गरेको छ ।

मङ्गलबार १२, असार २०८१ ११:०५

मुगुको रारातालमा लक्जरी रिसोर्ट बन्ने

यो रिसोर्टमा हुने वातानुकूलित कोठाको दर प्रतिरात न्यूनतम १५ हजारदेखि २५ हजारसम्म हुने अपेक्षा गरिएको उनले बताए । ‘काठमाडौंका चन्द्रागिरि हिल्स, द टेरेसेस रिसोर्ट लगायतको दरसँग मिल्दोजुल्दो गरी राख्ने सोच बनाएका छौं । रारा पुग्दा पनि कोठाको दर महँगो नहोस् भन्नेमा सचेत छौं,’ उनले भने ।

सोमबार २५, असार २०८१ १०:२९

अछामको बुढाबगरमा पोल ढलेपछि दुई दिन देखि बाजुराको विद्युत सेवा अवरुद्ध

पहिरोले पोल ढलेको बताइएको छ । लगातारको बर्षाका कारण सडकमाथिबाट आएको पहिरोले पोल ढलेको र विद्युत अवरुद्ध बनेको हो । पानी नरोकिएका कारण मर्मत गर्न समस्या भएको वितरण केन्द्रले बताएको छ । छिनछिनमा विजुली जाने समस्याले हैरानी खेप्न बाध्य बाजुराका स्थानीयलाई लगातार दुईदेखि देखि विद्युत अवरुद्ध बनेपछि थप सास्ती खेप्नु परेको छ ।

सोमबार २५, असार २०८१ १०:५०

सरकार ७६(२) कै बन्छ, नजीरै काफी छ

जबकी कांग्रेस र एमालेबीच १७ असारमा भएको सहमति एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने छ । सहमति गरेका दुबै दलका नेताहरु संविधानको धारा ७६(२) अनुसार ओली प्रधानमन्त्री बन्नेमा ढुक्क छन् ।

सोमबार २५, असार २०८१ ०७:५१

बाढी र पहिरोको वितण्डामा सुदूरपश्चिम : ३ हजार बढी प्रभावित, ५ को मृत्यु, २ जना बेपत्ता

केही घण्टा अघिसम्म अवस्था विकराल थियो अहिले अवस्था सामान्य बन्दै गइरहेको छ’ उनले भने । उनका अनुसार कैलालीमा १४८ परिवारका ४५८ जना, दार्चुलामा १६ परिवारका ९९ जना र बैतडीमा ९९ परिवारका ३०० जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

सोमबार २५, असार २०८१ ०७:५५